Monday, December 19, 2016

रोकिएन महिला कामदारहरुको तस्करी

४, पौष काठमाडौं: सरकारले वैदेशिक रोजगारीका लागि नेपाली महिलालाई पठाउन प्रतिबन्ध लगाएका देशहरुमा तस्करहरुले नयाँ रुटबाट महिला कामदारहरु पठाउने गरेको पाइएको छ । तस्कर समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेपछि तस्करीको नयाँ रुट पत्ता लागेको हो ।

तस्करहरुले स्थलमार्गबाट भारत, श्रीलंका हुँदै कुवेत ओमानलगायतका देशहरुमा देशहरुमा महिलाहरुलाई पठाउने गरेको खुलासा भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तस्करहरुले युवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारेर लैजाने गरेको जनाएको छ ।

नवलपरासी लुम्कीवास ३ का ३५ वर्षीय रजकुमार खरेल, ताप्लेजुङ फुलबारी ७ का ४६ वर्षका पूर्णबहादुर लिम्बु र रुपन्देही गंगोलिया ६का ४१ वर्षीय हरीप्रसाद थारुलाई प्रहरीले पक्राउ गरेसँगै तस्करीको नयाँ रुट पत्ता लागेको हो ।

No comments:

Post a Comment