Sunday, December 18, 2016

नेपाले नेताहरु राजनीति देखि कुटनीतिमा जिरो रेछन’


-जनकमान डंगोल
केहि दिन देखि एमालेका नेताहरुले सत्य र खाँट्टी कुरो गर्न थालेका छन नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले संघीयता स्वीकार गरेर एमालेले गल्ती गरेको बताएका छन् भन्नेकुरा त्यसैको एउटा छनक हो भन्ने महसुस हुन्छ  

एमाले निकट युवा संघ नेपालले आइतबार राजधानीको हार्दिक होटलमा गरेको कार्यक्रममा गौतमले हामिले कुरा नबुझेर संघीयतामा गएका रैछौ यसमा हाम्रो पार्टी एमालेले गल्ति गरेकै हो माओवादी र मधेसवादी दलहरुले संघीयताको कुरा उठाएका थिए । हामीले नबुझेर त्यसलाइृ स्वीकार गरेर हामीले भयङ्कर गल्ति गर्यौं । अब हामीले गल्ती स्वीकार गर्नुपर्छ

२०६४ सालमा मधेसी जनाधिकार फोरमको नाउँमा उपेन्द्र यादवहरुले मधेस आन्दोलनका नाममा तराईमा पहाडीया लेखेट्ने काम सुरु भएपछि देशलाई द्वन्द्वमा जानबाट रोक्न एमालेले संघीयतालाई दबाबमा स्वीकार गरेको भनेर एमाले नेता क.बामदेव बताउदैछन

त्यसबेला संघीयताका विषयमा पार्टीमा समेत कुनै बहस र छलफल नभएको खुलासा गर्दै कमरेड माधव नेपालजी छलफलका लागि जानु भएको थियो, तत्कालीन कांग्रेस  सभापति स्व. गिरिजाप्रसाद कोइरालाले संघीयताका पक्षमा सहमति गर्न बाध्य भइयो भनेर भन्नुभयो

नेपालमा चलेको एउटा उखान छ ‘हगी सके पछी दैलो देख्यो’ भन्ने र त्यो उखानलाई एमाले पार्टीका नेताहरुले चरितार्थ पारेर देखाई दिएका छन

जनताको लागी राजनीति गरेका हौ भनेर भन्न नछाड्ने एमाले पार्टीका नेताहरुले हिजो पंचायती शासनकालमा लाल पुस्तक घोक्ने र घोकाउने बाहेक अन्य कुनै काम गरेका रैनछन भन्ने कुरा आज आएर पुस्टि भएको छ
‘घोकन्ति विधा धावान्ति खेति’ कहिले पनि सफल हुन्न भन्न जानेका भए र राजनीतिमा दुर दृस्टी राख्ने क्षमता भई दिएको भए देसको आज यो दुर्गति पक्कै पनि हुँदैनथियो

पटकपटक देसको ठुला मन्त्रि पदमा आसिन भए व्यक्ति हुन एमाले नेता बामदेव गौतम तर जिन्दाबाद र मुर्दाबाद भन्न बाहेक अरुय केहि पनि जानेका रैनछन क.बामदेव गौतमले अहिले आएर बोलेको कुराले त्यस्तै पुस्टि गर्छ

नेपाल जस्तो बहु भाषा, बहु सांस्कृतिक र भूगोलको हिसाबले हिमाल, पहाड र तराई भएको ईलाकामा कुरै नबुझिकन पहिचान र संघियताको नाउँमा देशलाई १४ प्रदेस बनाउनु पर्छ १४ नभए पनि १० म्प्रदेस सम्म बनाउनु पर्छ भनेर हिजो एमालेका नेताहरु कुर्लेका थिए

२०४६ साल पछी नेपालका नेताहरु आफ्ना स्वविवेकले हैन बिदेसिको ईसारामा चल्छन  र जनतालाई भ्रमित बनाउने बाहेकका अन्य कुनै काम गर्दैनन् राजनीती देखि कुटनीतिमा सुन्य रहेका नेताहरु हुन्जेल न त देस बन्छ न त जनताले सुखनै पाउछन यस्तै पाराले चल्दै गएमा देस कुनै बेलाको स्वतन्त्र देस  सिक्किम पछी गएर भारतको कुनै एउटा प्रान्त भएझैँ नहोला भनेर भन्न सकिन्न

देसको आफ्नै माटो सुहाउँदो पंचायती ब्यबस्था बिरुद्ध किन लागेका रैछन भन्ने कुरा आज आएर प्रस्ट भै सकेको अबस्थामा अब पनि नेपालको जनताहरुले यिनै पार्टी र यिनै पार्टीका नेताहरु पछी लाग्नु भनेको आफ्नै खुट्टामा आफैले बन्चरो हान्नु हो
‘बेलैमा चेतना भया’

No comments: