Saturday, December 17, 2016

प्रजातन्त्र देखि गणतन्त्रको उपहार

खांट्टी कुरा     December 17, 2016    

पुरुष विदेश गएपछि गाउँमा मलामी जाने कोही भएनन्

वैदेशिक रोजगारी र भारतमा कमाइका लागि यहाँका महिला तथा पुरुष गएपछि गाउँ नै खाली हुँदै गएका छन्। युवा रोजगारीका लागि गएपछि जाजरकोटका दुरदराज गाउँ पुरुष विहीन अवस्थामा पुगेका छन् ।

मान्छे मर्दा, बिरामी हुँदा र अन्य सामाजिक काममा अहिले पुरुष नहुँदा निकै समस्या हुने गरेको पञ्चभयार माविका शिक्षक वीरबहादुर खत्रीले बताए।गाउँमा विद्यालय उमेरका बालबालिका र वृद्ध मात्र भेटिने गरेको उनको भनाइ छ। विकास निर्माणका काममा समेत युवा पुरुष नहुँदा महिला तथा विद्यालय उमेरका बालबालिका जुट्नुपर्ने बाध्यता रहेको खत्रीको भनाइ छ।

तस्बिर: अन्नपूर्ण पोस्ट डटकमबाट साभार
गाउँमा भएका केही मानिस सहर, बजार अनि सडकको नजिक सरिसकेका छन्। अहिले गाउँमा मान्छे विहीन बन्दै जाने खतरा बढेको खगेनकोटकी विष्णुकुमारी खत्रीले बताए। विवाह गर्दासमेत जन्ती जाने मानिस नहुँदा, मानिस मर्दा मलामी जाने पुरुष नहुँदा अहिले सबै काम महिलाले गर्दै आएको खत्रीको भनाइ छ। 'हाम्रो गाउँमा जन्ती, मलामी महिलालाई नपठाउने चलन थियो, अहिले पुरुष नै नभएपछि महिलाले त्यस्ता कार्यमा सक्रिय सहभागिता जनाइरहेका छन्,' खत्रीले भने।

घरको काम बालबालिका र वृद्धले गर्दा विद्यालयमा नियमित उपस्थित हुन नसक्ने विद्यार्थीको सङ्ख्या पनि ठूलो रहेको रग्दाका कमल ध्यारले बताए। स्थानीय सबै कार्यमा बालबालिका नै सहभागिता जनाउँछन् अनि यसले गर्दा पढाइमा समस्या आउने गरेको ध्यारको भनाइ छ।

घरव्यवहारदेखि गाउँमापर्ने सबै काम विद्यालय उमेरका बालबालिका र वृद्धको जिम्मामा रहेको पाइएको छ । अहिले जिल्ला प्रशासन र गाविसमा वैदेशिक रोजगारीका लागि राहदानी बनाउनेको सङ्ख्या ठूलो रहेको छ भनेर रास्ट्रिय समाचार समितिले जनाएको छ । 

प्रजातन्त्र देखि गणतन्त्रले देशमा शान्ति सुरक्षा अमन चयन कायम हुन्छ, युवाहरुलाई रोजगार दिन्छु भनेर सबै पार्टीका नेताहरुले चुनावको बेलामा भन्ने गर्छन तर पुरै गाउने रित्तिने गरि युवाहरु रोजगारीको लागी बिदेस पलायन हुनु भनेको अहिलेको शासन ब्यबस्था पूर्णरुपमा असफल भै सकेको छ भनेर किन नभन्ने ?

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .