४ पुस, काठमाडौं: बिदेस जाने टन्न पैसा कमाउने र राजधानीमा एउटा गतिलो घडेरी जोडेर घर बनाएर परिवारलाई सुखले पाल्ने । बिदेस जाने प्राय नेपालीहरुले मनमा साँचेको सपना यस्तै हुन्छन ।
एकपटक राम्रो स्थानमा काज सरुवा जान पाए केहि सम्पति जोड्न सकिन्थ्यो । त्यसैमा संचयकोषको रकम थप्दा एउटा जाबो घडेरी जोडन कसो नसकिएला । घर भनेको बिस्तारै बनाउदै जाउँला । रास्ट्र सेवक कर्मचारीहरुले मनमा पाल्ने सपनाहरु पनि यस्तै हुन्छन ।
ब्यापारी देखि राजनीतिगर्नेहरु त झन् अनिवार्यरुपमानै राजधानी बस्नु पर्ने भएकोले तिनीहरुले पनि बाध्यतामै परेर भए पनि घर घडेरी जोड्नु पर्ने हुन्छ ।
तर,
सबैजना राजधानीमै बसेर घर बनाउने, सुबिधाको लागी गाडी खरिद देखि व्यापारीहरुले कलकारखाना उधोग धन्दा खोल्दा राजधानी काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुमा वायुु प्रदुुषण
भने निकै बढेको पाइएको छ ।
वातावरण विभागले गरेको वायुु गुुणस्तर अनुुगमनले
उपत्यकामा व्यापकरुपमा प्रदुुषण बढेको देखाएको छ ।
अनुुगमनअनुुसार बिहानको समयमा सबैभन्दा बढी वायुु प्रदुुषण हुने गरेको छ ।
‘बिहानको समयमा धुुलोको कणहरु अत्याधिक मात्रामा देखिएकाले त्यसलाई मानिसले
श्वास लिदा मुखबाट भित्र छिरी स्वास्थ्यमा असर पारिरहेको जनसंख्या वातावरण
मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले बताएका छन ।
घर बनाएर सुखको जिवन बिताएर राजधानी बस्ने लालसामा मानिसहरुले आफ्नै आयु छोट्याउदै विभिन्न रोगहरुको सिकार हुनु परेको तथ्य जान्दाजान्दै पनि सबैको रोजाई राजधानी बन्नु भनेको जानाजानी आफ्नै खुट्टामा बन्चरो हान्नु हो ।
0 Comments:
Post a Comment