Latest Post

Showing posts with label टिका-टिप्पणी. Show all posts
Showing posts with label टिका-टिप्पणी. Show all posts

यिनीहरु खाँट्टी नेपाली नै हुन त ?

Written By खांट्टी कुरा on Wednesday, February 03, 2016 | February 03, 2016


मधेस आन्दोलनले मात्र मधेसी जनताहरुको दिन फिर्छ भन्दै दोश्रो संबिधान सभाको चुनाव हारेका सद्भावना पार्टीका नेता राजेन्द्र महतो लगायत केहि थान नेताहरुले गरेको तराईको आन्दोलन नेपाल र नेपालीहरुको हकहितमा छैन भनेर यो पंक्तिकारले बिरोध गर्दै सामाजिक संजाल तथा केहि स्थानीय पत्रपत्रिकाहरुमा समेत लेख प्रकाशित गरेको थियो

नेपालमा जन्मी हुर्की नेपाकमा बसोबास गरेका सबै नेपालीहरु हुन । नेपाली भए पछि रास्ट्रबादको भावनाले ओतप्रोत हुनु पर्दछ । छिमेकमा बसोबास गर्ने नागरिकहरु आफ्नो देसको बिरुद्धमा नकारात्मक टिप्पणी गरेको सुन्न चाहदैनन । ‘मेरा भारत महान’ भनेर आफ्नो देसको सदैब प्रसस्ती गाएको देख्न सकिन्छ ।

यसको ठिक बिपरित हाम्रा तराईमा बस्ने केहि थान नेताहरु आफ्नो देसको साख गिराउन कम्मर कसेर लागेका छन । आफ्नो देसको भेषभुषा, संस्कृति र रास्ट्रिय तथा स्थानीय भाषा भन्दा पराई देशको भाषा, संस्कृति र भेषभुषा अंगाल्न सदैब लालायित भएको देख्न पाईन्छ । नेपालमा बस्नेहरु नेपाली हुन र नेपालको आफ्नो पहिचान छ भने गान्धी टोपी लाउनेहरू कसरि नेपाली भए ? तस्बिरमा हेर्नुहोस ।
तस्बिर साभार: गुगल सर्च


देस र जनताको माया भएको भए सर्ब प्रथम तराईका केहि थान नेताहरुले मधेस र मधेसी भन्ने शब्दको प्रचलनमै ल्याउदैन थिए होलान किनभने अहिले सम्म कोहि कसैको गुलामीमा नपरेको स्वतन्त्र देस नेपालको दक्षिणी भूभागमा तराई भन्ने स्थान पर्दछ र तराईमा बस्नेहरु तराईबासी नभएर के कसरि मधेसी भए भनेर अब तराईका नागरिकहरुले प्रश्न गर्नु पर्दछ ।

आफैले आफैलाई मधेसका मसिहा सम्झिदैं मधेस भन्ने देस स्थापना गर्छु भनेर कम्मर कसेर लागेका नेप[आली नागरिकताधारी केहि थान नेताहरु छिमेकी भारतमा बिलौना बिसाउन जान्छन र छिमेकका पुर्व मुख्य मन्त्रीसंग के कसरि अदब संग कुराकानी गर्दछन तस्बिर हेरेर अनुमान गर्न सकिन्छ ।
हेर्नुहोस हाम्रा तराईका नेताहरुको तस्बिर र तस्बिरले के भन्न खोजेको छ आफै अनुमान गर्न सक्नु हुन्छ !
तस्बिर साभार: गुगल सर्च
यिनै बिदेसि दलालहरुको कुरामा लागेर लामो समय सम्म तराईमा हिंसात्मक आन्दोलन गरेर आफ्नो खुट्टामा आफै बन्चरो हान्ने हाम्रा तराईका जनताहरु अझै पनि होसमा आएनन भने यी बिदेसिका दलालहरुले देसलाई बिदेसिको पोल्टामा अबस्य पनि हाल्नेछन । स्वतन्त्र देसको बीर नेपाली बन्ने की दलालहरुको बहकाउमा लागेर प्रबासी बन्ने त्यो सोच्ने र खुट्याउने जिम्मा तपाईहरुकै ।

सिकर्मीको घरको झ्याल ढोका भत्केको हुन्छरे

Written By खांट्टी कुरा on Friday, January 22, 2016 | January 22, 2016

जनक मान डङ्गोल/janakdangol@gmail.com

२०७२ साल बैसाख १२ तथा २९ गते आएको विनासकारी भूकम्पले नेपालमा ताण्डबलिल्ला मच्चाएर गयो । भूकम्पले राजा देखि रंक सम्म कसैलाई पनि छोडेन ।

यो पंक्तिकारले सरकारी सेवामा लामो समय सम्म जवानी र पसिना खैचेको हुँदा सरकारी सुविधास्वरूप प्राप्त हुने पेन्सन बुझ्नको लागी महिनाको एक पटक नेपाल बैंक लिमिटेड साखा कार्यालय हेटौडा औधोगीक क्षेत्र पुग्नु पर्ने हुन्छ ।

पंक्तिकारको स्थाही वासस्थान हेटौडा उपमहानगर पालिका भित्र रहेको औधोगिक क्षेत्र नजिकै भएकोले आते जाते गर्ने स्थल पनि नेपाल बैंक अगाडिको बाटो भएर हो ।

व्यक्तिको सम्पति जसरि सरकारी तथा संस्थानको सम्पति हुन्न तर पनि भूकम्पले क्षेतिग्रस्त बनाएको संरचना लामो समय सम्म मर्मत नभएको देखेर आज पंक्तिकारले बैंकको कर्मचारीलाई ‘यो बैंकको भवन किन मर्मत भएनभनेर प्रश्न गर्दा बिमा कम्पनीले आएर बल्ल निरिक्षण गरेर गयो । भवन पुन: निर्माण वा मर्मतको काम कहिले हुन्छ भनेर यसै भन्न सकिन्न ।

पंक्तिकारको पिताज्युले पनि उक्त बैंकको नगद विभागमा सुरु नियुक्ति लिएर कामकाज गरेको समयमा उक्त बैंकमा समय समयमा जाने अवसर प्राप्त गरेको थियो । एक किसिमले भन्ने हो भने उक्त पंक्तिकारको भावनात्मक साईनो समेत रहेको छ । बिभिन्ना स्थानमा सरुवा भएर सेवा अबधि समाप्त हुने बेलामा मेरो पिताज्युले सोहि बैंकमा आएर सेवा समाप्त गर्नु भएको थियो ।

नेपालीमा धेरै उखान्हारू छ । त्यसै मध्ये चलन चल्तीको उखान ‘सिकर्मीको घरमा झ्याल ढोका कहिले पनि गतिलो हुन्न भन्ने भनाई छ । आफ्ना ग्राहकहरु संग दैनिक लाखौ करोडौमा खेल्ने नेपाल बैंक लिमिटेडको हकमा सिकर्मिकै उखान सतप्रतिसत लागु भएको देखिन्छ ।

हग्नेलाई भन्दा देख्नेलाई लाज भनेजस्तो उक्त बैंकमा कार्यरत कर्मचारीहरुले भवन पुन:निर्माण वा मरम्मतको लागी आफ्नो तालुक कार्यालयलाई समय समयमा घच्घच्याउने काम किन गरेन ? गरेको भए समयमै मरम्मत हुनु पर्ने हो कि हैन ?

निजि बैंक तथा वित्तीय संस्थाहरु चिल्ला चमकदार सुविधाजनक कार्यालयमा बसेर काम काज गर्छन तर सरकारी स्वामित्वमा रहेको नेपालको एकमात्र बुढो बैंकले आफ्नो रुप अनुसारको ब्यबहार देखाएर जग हसाई गर्नु के त्यो जायज हो ?

ज्यानै जोखिममा हालेर भूकम्पले क्षति बनाएको भवनमा बसेर कामकाज गर्ने हाम्रा नेपाल बैंकका कर्मचारीहरुको हिम्मतलाई मान्नै पर्छ किनभने नेपालीहरु भनेको बीर गोर्खालीको सन्तान हो नि !

'बाबुराम रिकुटे रैछन'

Written By खांट्टी कुरा on Monday, December 28, 2015 | December 28, 2015

-जनकमान डङ्गोल/janakdangol@gmail.com
फौजबाट भाग्नेलाई भगौडे भनिन्छ भने सुरुकालाई रिकुटे ! माओबादी पार्टीमा भर्ति भएका बाबुरामले संस्थापन पार्टी छोडेर नयाँ शक्ति गठन गर्दैछन त्यसैले उनि भगौडे र रिकुटे भए ! अहिले बाबुराम भटराई कम्युनिस्ट हुन कि कांग्रेस जस्तै समाजबादी त्यो उनिनै जानुन !

फौजमा हरेक कलामा निपूर्ण हुनेहरुलाई गुरुबा देखि वस्ताज भनिन्छ ! सुरुका रिकुटेहरुलाई निपूर्ण बनाउन गुरुबा र वस्ताजहरुको ठुलो भूमिका हुन्छ ! यो फौजी भाषा हो र यसलाई अहिलेको चलन चल्तीको निजामती भाषामा भने प्रशिक्षक भनेर भनिन्छ !

नेपालको १ नम्बरे सिरोहिया साउको कान्तिपुरे पत्रिकामा सरकारको नेतृत्व कमल थापाले गरेजस्तो लाग्छ : त्यसैले ‘अब नयाँ चुनावमा गए हुन्छ भनेर गोरखामा गएर बाबुराम भटराईले भने भनेर डामेको रैछ ! हेर्नुस लिंक
तस्विर साभार: गुगल सर्च
मैले यहाँ कसैको बढाई चढाई गरेर लेखेको हैन ! खाँट्टी कुरा डाम्ने यो डाम्नाकारले जे देख्यो त्यहि लेख्ने भएकोले देखेको कुरा डाम्ने जमर्को मात्र गर्दैछु !

हिजो पंचेती सासनमा अहिलेका गाई पार्टीका अध्यक्ष उप-प्रधानमन्त्री मा.कमल थापा पनि पंचेती राजनीतिक स्कुलमा रिकुटे थिए ! आफ्नो कला र गला देखाएर मन्त्रि बने ! तिनका वस्ताजहरु खुंखार थिए ! टपक्क टिप्ने कला भाको भएर पंचायेत देखि प्रजातन्त्र हुँदै गणतन्त्रमा समेत पटक पटक मन्त्रि बन्न सफल भएका छन !

अहिलेको मन्त्रि मण्डलमा प्रधानमन्त्री देशकै ठुला कम्युनिस्ट पार्टीका नेता छन तर निमित्तको भूमिकामा जस्तै देखिन्छ ! प्रधानमन्त्रीले गर्ने सबै काम कार्य उप-प्रधानमन्त्री कमल थापाले सम्हालेको भान भएर होला बाबुराम भटराईले उक्त उद्गार ब्यक्त गरेका होलान !
तस्विर साभार: गुगल सर्च

कुर्ची ओगटेर मात्र हुन्न त्यो कुर्ची अनुसारको काम गरेर देखाउन सकिएन भने त्यो पदको कुनै मुल्य हुन्न ! खारिएका नेता हुन देस देखि बिदेस सम्म गएर आफ्नो क्षमता देखाउने खुबी राखेका छन कमल थापाले !

हिजो एकै कलेज पढेका बाबुराम र कमल थापा दुवै अहिले नेपालको राजनीतिमा चर्चित छैनन भनेर भन्न सकिन्न तर बाबुरामले गणतन्त्र लागु भए पछी मात्र दुई पटक मन्त्रि बन्ने सौभाग्य पाए तर तालिम नपुगेर होला अहिले पनि भगौडे रिकुटेकै भूमिकामा छन भनेर भन्न सकिन्छ ! नयाँ शक्ति नामको गठन गरिदै रहेको पार्टी त्यसको प्रमाण हो !

राजनीतिमा कला देखि गला समेत प्रयोग गर्न जान्न सकिएन भने त्यो मान्छे जिन्दगीभर रिकुटेनै हुन्छ ! यसलाई बाबुराम भटराईले प्रमाणित गरेर देखाई दिएका छन ! बाबुराम मात्र हैन बाबुराम जस्तै थुप्रै अनाडी रिकुटेहरु छन जसको कारणले गर्दा देस आज दलदलमा फस्दैछ भने नामको अगाडी डाक्टरको फुर्को झुण्ड्याएर म बिद्द्वान हु भनेर गर्वित हुनु मिथ्या हो !

'खेल खत्तम पैसा हजम'

Written By खांट्टी कुरा on Saturday, December 12, 2015 | December 12, 2015

-जनकमान डङ्गोल/janakdangol@gmail.com
केहि महिना अगाडी नेपालको बिभिन्न राजनीतिक पार्टीमा आस्था राख्ने युवा युवतीहरुको जमातलाई छिमेकी मित्र रास्ट्र चीनले चीनको आर्थिक बिकास के कसरि भयो भनेर हेर्न आउन निम्ता पठाए । यस्तो निम्तो छिमेकी चीनले समय समयमा पठाउने गर्दो रैछ ।
चिनको ग्रेटवाल तस्बिर साभार: गुगल सर्च


मेरा जिल्लाबासी युवा नेता पनि उक्त भ्रमणमा मिस्सिन पाएका रैछन । भ्रमण सकेर आए पछी मैले भलाकुसारी गर्ने मौका पाएको थिए । चिन भ्रमण कस्तो भयो त मित्र ? मैले प्रश्न गरे । मित्रले जवाफ दिए राम्रै भयो । संसारको आश्चर्य ग्रेटवाल देखि कामरेड माओको घर सम्म हेर्ने मौका पाईयो ।

अनि चिन भ्रमण बाट अरु के के सिकेर आउनु भयो त ? मित्रले जवाफ दिए हामि सिक्न हैन घुम्न गएका हौ । सबै खर्च पानि चीनले नै बेहोरेको हो । हाम्रो सुको पनि खर्च भएन । जाहाज चढेर चाईना गईयो, घुमियो र फर्केर आईयो ।

स्तै एकपटकको भ्रमणमा बहालवाला सरकारी कर्मचारी साथि पनि परेका थिए । उमेरले म भन्दा साना त्यै माथि नजिकको छिमेकी भएको नाताले चिन भ्रमणको बारेमा सोधे तर ति भाईले अलि अनौठो जवाफ दिए ।

भ्रमणमा लैजाने पथप्रदर्शकले ठुला ठुला सहरहरूमा लगेर घुमाए । चाईनाले के कसरि छोटो समयमा बिकास गर्यो भनेर बिकासको पुलिन्दानै देखाई दिए । हामि नेपालीहरुले सुन्यौ मात्र तर हामीहरुले सोधेको प्रश्नको उत्तर भने पाईदैन थियो । हामीहरु मात्र उसको देस हेर्न गएका हौ र त्यो भन्दा फगत अरु केहि हैन ।

अहिले पनि छिन् भ्रमणको निम्तो आएको रैछ । नेपालमा २९७२ साल बैशाखमा आएको ठुला कम्पनको भूकम्पलाई मुख्य बिषय बनाएर आएको अहिलेको भ्रमणमा नेपालबाट जाने भूकम्प पीडितलाई भ्रमणमा जाने निम्तो आयो वा आएनन त्यो सम्बन्धित निकाएका सम्बन्धित ब्यक्तिहरु नै जानुन तर भ्रमणले भने ठुलै चर्चा पाएको छ ।

एमाओबादीका अध्यक्ष कामरेड प्रचण्डको राजधानीमा घर छैन रे ! उहाँ पार्टीले खोजि दिएको घरमा बहाल तिरेर बस्नु हुन्छ रे । समाचारले यस्तै भनेर लेख्ने गरेको छ । घर नै नभए पछी प्रचण्ड परिवार भूकम्प पिडित हुने कुरै भएन ।

यो पटकको चिन भ्रमणमा कामरेड प्रचण्डको नातिनीहरू पनि परेछ्न । यहि विषलाई बढाई चढाई गरेर हाम्रा सबै किसिमका खबरेहरुले तात्तातो समचार बनाएर पस्किए । यहि समाचारले गर्दा माननीय गृहमन्त्रीज्यु चिन्तामा पर्नु भएको छ भनेर समेत समाचारमा पढियो ।

चीनको भ्रमणमा कामरेड प्रचण्डका परिवारहरु जाउन वा अन्य सर्वसाधारण नागरिक तर चिन भ्रमण गएर आए पछी उक्त भ्रमणले के सिकायो र के के सिके भनेर त्यसलाई आत्मसात कसैले पनि गर्दैनन भने यो पटकको चिन भ्रमणको बिषयलाई लिएर रडाको मच्चाउनु पर्ने कुनै कारण देख्दिन म चाहि ।

छिमेकी चीनले भ्रमणको निम्तो पठाए । टाठाबाठा पहुँचवालाको सन्तानहरु गए । हिजो पनि त्यसै गरि निम्तो आउथ्यो र त्यसै गरि जान्थे । यो पाली पनि त्यस्तै गरि जान्छन र फर्केर आउछन । न तिनिहरु केहि उपयोगी कुराहरु सिक्न गएका हुन न सिकेर नै आउछन खेल खत्तम पैसा हजम भनेकै यहि नै हो
 

धान खाने मुसा चोट पाउने भ्यागुता

Written By खांट्टी कुरा on Saturday, September 19, 2015 | September 19, 2015

जनकमान डङ्गोल/janakdangol@gmail.com
भारतको बिहारमा यतिखेर बिधान सभाको निर्वाचन हुदैछ ! यो निर्वाचनमा भारतिय जनता पार्टीलाई हराउन सम्पूर्ण बिपक्षी सक्तिहरु एक भए लागेका छन ।

मोदीको दुत बनेर भारतीय बिदेस सचिब आए तर यो बिषयलाई धेरैले आ-आफ्नै तरिकाले बिश्लेष्ण गरे र गर्नु पनि स्वाभाविकै हो ।

नेपाल संग सिमाना जोडिएको पश्चिम बङ्गाल, बिहार देखि उत्तरप्रदेश हुँदै उत्तराखण्डको भारतीय राजनीति अलि भिन्नै प्रकारको छ । खुल्ला सिमानाको फाईदा उठाउदै दोहोरो नागरिकताधारीहरुले यता उता दुवै तर्फ निर्वाचनमा भोट हाल्छ्न ।

खुल्ला सिमाना कतिको घातक हुन्छ बल्ल आएर भारत सरकारले बुझ्दैछ भने हिजो दोहोरो नागरिकताको लागि हाम्रा देसका राजनीतिक सक्तिहरुले किन उक्सायौ भन्ने व्यहोरा  अहिले हल्का रुपमा बुझे भने पूर्णरुपमा समय आए पछी भारतले पक्कै बुझ्ला ।

अपराधी र नेताहरुको कुनै धर्म तथा मानबियता हुन्न । आफु सत्तामा पुग्नको लागि जे जस्तो निच घटिया काम गर्न पनि पछी हट्दैनन ! जुन दुवै तर्फ्ना हामी नागरिकहरुले बर्षौ देखि देख्दै र भोग्दै आएका छौ ।

नेपालमा एक मदेसको नारा लाउन सिकाउने भारतीय कांग्रेस आई हुन र भारतीय कांग्रेस आई पश्चिमाको पुच्छर हो । स्वयंम यो कुरा भारतका राजनेता दखि बुद्धिजिबी नागरिकहरुले राम्रो संग बुझेका छन किनभने कांग्रेस आईका सोनिया गान्धी जन्मसिद्ध भारतीय नागरिक  हैनन ।

मोदीको दुत बनेर आउने जय संकर सरकारी कर्मचारी हुन र आफ्नो सरकारको निमकको सोझो गर्नु तिनको कर्तब्य पनि हो । दुत बनेर आए पछी दुतको धर्म मात्र निर्वाह गरेका हुन र त्यो भन्दा अरु केहि पनि हैनर तिनले गर्न पनि सक्दैनन ।

हाल बिहारमा हुँदै गरेको बिधान सभाको निर्वाचनमा नेपालको दोहोरो नागरिकताधारीहरुले भा.ज.पा लाई मत दिएन भने बिहारको चुनावमा भा.ज.पा नराम्रो संग पराजय हुन्छ र आफ्नोपार्तिको साख गिर्छ भन्ने कुरा पनि भारतीय जनता पार्टीका नेताहरुलाई राम्रै संग थाहा छ ।

हिजो आफ्नै देसका एउटा सक्तिसाली राजनीतिक शक्ति भारतीय कांग्रेसले ले उचालेको समस्या आज आएर सत्तामा बस्ने आर्को सक्ति भा.ज.पा लाई तातो पिडालु जस्तै भएको छ । नेपालमा गिद्धे दृस्टी लाउन सिकाएका भारतीय कांग्रेसीहरुले हुन ।

नेपालमा बस्ने मदेसिको आवाज नसुनौ भने हालको बिहार निर्वाचनमा आफ्नो पार्टीलाई अप्ठ्यारो पर्छ तर नेपालको हालको वर्तमान समयमा हस्तक्षेप गर्ने हो भने भारत बिश्व जगतमा नराम्रो संग नागिन्छ भन्ने कुरा के मोदी सरकारलाइ थाहा नभएको र ?

नेपाल स्वतन्त्र रास्ट्र हो र उतिबेला सिक्किम बिलय गराएको जस्तो समय अहिले छैन । नेपालको तराईमा बस्ने अंगिकृत नागरिकताधारी मदेसीहरुमा जति असन्तोष फैलिन्छ त्यतिनै घाटा नेपाललाई हैन आफैलाई हुन्छ भन्ने भेउ पाएर नै भारत सरकारले बिशेस दुत बनाएर आफ्ना बिदेस सचिब पठाएका हुन भन्ने मेरो विश्लेषण हो ।

भारतको कांग्रेसी सरकारले गरेको जति पनि नराम्रा कामहरु छन तिनलाई मोदी सरकारले समयमै सुधारेन भने घाटा नेपाललाई हैन स्वयम भारतलाई नै हुन्छ । यस्ता कुरा भारतका सबै राजनीतिक पार्टीहरुले समयमै बुझ्नु  जरुरि छ किनभने सत्तामा सधै भरि एकै पार्टीको बर्चस्व कायम हुन्न ।

छिमेकी भनेको मर्दाको मलामी र ज्यूँदाको जन्ती हो भन्छन त्यहि माथि नेपाल संग भारतको रोटि देखि बेटी सम्मको साईनो छ ।   आफ्ना सबै छिमेकीहरु संग सम्बन्ध बिगारेको फल कस्तो हुन्छ भारतले अहिले आएर देख्दैछ र भोग्दैछ भने छिमेकी संग दुस्मनी हैन मित्रताको हात बढाउनु पर्छ । भारतिय राजनेताहरुले यस्ता कुराहरु समयमै बुझुन ।

एउटा ठिक आर्को बेठिक कसरी भयो ?

Written By खांट्टी कुरा on Saturday, September 12, 2015 | September 12, 2015



-जनकमान डंगोल/janakdangol@gmail.com
बिगत केहि दिन देखि नेपालको दक्षिणी भूभाग तराई असान्त छ । तराईलाई २०६४ साल पछी केहि मदेसका मसिहा हौ भन्नेहरुले मदेस भनेर न्वारान गर्देका छन । यी मदेस्का मसिहा हौ भन्नेहरु सत्ताको स्वादमा हुन्जेल माखो मार्दैनन । भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेर मदमत्त हुँदै आफुलाई अमरावतीको देवराज ईन्द्र सम्झेर भोगविलासमा रमाएर बस्छन ।

२०४६ साल भन्दा अगाडी हुन या पछी नेपालको राजनीतिक पार्टीका असंख्य नेताहरु बिदेसिको ईसारामा नाच्ने रिमोटरुपी पुत्ला हुन भनेर ति पार्टीका नेताहरुले देखाएको हाउभाउ देखि गतिबिधिबाट प्रस्ट भै सकेको छ । उदाहरण थुप्रै छन के गन्ति गराई भो । यी पार्टीका नेताहरु देखि तिनका भेडारुपी कार्यकर्ताहरुले देस र जनताको लागी सोच्थे भने नेपाल पनि आज सक्तिसाली र सम्पन्न देसमा गनिन्थ्यो होला ।

दोश्रो पटकको संबिधान सभाको निर्वाचनमा आसा गरे अनुसार बिजयी हुन नसके पछी मदेस्बादी देखि जनजातिका नेता भनौदाहरुले नेपालमा अराजक र हिंश्रक गतिबिधि मच्चाउदै आएका छन । यस्ता हिंस्रक गतिबिधिमा परेर सुरक्षाको लागि खटेका नेपाल आमाका बीर सन्तानहरु देखि नागरिकहरु सम्मले मृत्यु बरण गर्न पुगेका छन ।
प्
रहरीको काम भनेको समाजमा शान्ति सुरक्षा प्रदान गर्ने निकाय हो भनेर बुझिन्छ र यस्तै काम र कार्य गर्न भनेर नेपाली नागरिकहरु द्द्वारा आफ्नो आम्दानीको केहि हिस्सा तिरो मार्फत तिर्ने गरिएको हुन्छ ।

लोकतन्त्रमा आफ्नो भनाई राख्न सबैलाई छुट छ । भनाई राख्ने भन्दैमा अराजक देखि हिंश्रक गतिबिधि गर्न हुन्न भन्ने चेत भएको भए आफैले तिरो तिरेर पालिएको सुरक्षा फौज माथि कदापी आक्रमण गर्दैनथे ।

बिगत केहि दिन देखि नेपालको विभिन्न स्थानहरुमा मच्चिएको उपद्रो नेपाली नागरिकहरुले आफु खुसि गरेका हैनन । कम्युनिस्टको सब्द सापटी लिंदै भन्ने हो भने तराईका नव पुजीपति सामन्ती दलालहरुले आफ्नो पुस्तैनी सम्पतिको हिफाजतको लागी गरिब जनताहरुलाई उचालेर गराईएको आन्दोलन हो भन्दा फरक पर्दैन ।

तराईमा मच्चाइएको आन्दोलनको केहि मदेसी नेताहरु सक्कली नेपाली पनि हैनन । तिनि हरु मौकामा चौका हान्नको लागी अनेक तिकडम गरेर अंगिकृत नेपाली नागरिकता लिएक कथित नेपाली नागरिकधारीहरु बनेका हुन । यस्ता व्यक्तिहरु नेताको भेषमा सबै पार्टीमा मज्जै संग अटाएर खेल्ने खाने मौका पाएका छन ।

सक्कली नेपाली नागरिकहरुलाई देश दुख्छ । आफ्नो देसको लागी पसिना र रगत बगाउन हरदम तयार हुन्छन । बिस्वास लाग्दैन भने नवलपरासीको सुस्ता ईलाकामा बस्ने नेपाली नागरिकहरुलाई हेर्नुस किनभने ति नेपालीहरु भने सच्चा नेपाली मदेसी नागरिकहरु हुन । 

आफ्नो फाईदाको लागी मदेसको हक हित देखि पहिचानको लागी भनेर कथित युद्धको लागी उक्साईएको मदेसमा बस्ने नेपालीहरु यतिखेर दोहोरो चेपुवामा परेका छन । आन्दोलनको लागी प्रत्येक घरबाट निस्किनु भन्ने मदेसी नेताहरुको उर्दी छ । नजाउ भने मदेस बिरोधि भन्दै समाज बहिष्कार देखि हज्जारौ हज्जारको दण्ड जरिवाना लिन समेत पछी परेका छैनन । जाउँ भने सुरक्षाकर्मिको गोलि लागी कतिखेर कालको गाँस हुने था पत्तो नहुने ।

मिति २०७२ भाद्र २५ गते तराईको केहि स्थानमा हिंश्रक आन्दोलन भयो । ससस्त्र प्रहरीका १ जना सुरक्षाकर्मीलाई महोत्तरीमा आन्दोलनकारीहरुले घेरेर निर्धात कुटपिट गरे । कुटपिटबाट घाईते भएका ति सुरक्षाकर्मीलाई उपचारको लागी एम्बुलेन्स मार्फत जनकपुर लैजाँदा पुन बाटोमा घेरेर एम्बुलेन्सबाट थुतेर क्रुरतापुर्वक हत्या गरे भने एम्बुलेन्स समेत जलाएर ठुलो बहादुरी प्रदर्शन गरे ।

सोहि दिनमै महोत्तरीको जलेश्वरमा प्रहरीले चलाएको गोली लागेर एक महिलाको मृत्यु भयो । मृत्यु हुनेमा महोत्तरी जिल्ला महेन्द्र राजमार्गमा पर्ने ब्यस्त बजार बर्दिबास देखि दक्षिण हातीलेट घर भई जलेश्वर२ मा डेरा लिएर बस्दै आएका प्राविधिक सहायक शम्भु मण्डलकी पत्नी रामशिलादेवी मण्डल हुन भन्ने बुझियो । उनी राप्रपा नेपालकी स्थानीय नेता समेत रैछिन ।

निषेधाज्ञाको अवज्ञा गरी प्रदर्शनमा उत्रेका राम शिला देबी मण्डललाई जलेश्वरको शङ्करचोकमा प्रहरीको गोली लागेको हो । मण्डलको टोउकामा गोली लागेको र उनको घटनास्थलमै मृत्यु भएको हो भने त्यसैगरी, सोही ठाउँमा स्थानीयवासी शम्भु चौधरीकी पत्नी शैलदेवी चौधरी पनि प्रहरीको गोली लागेर गम्भीर घाइते भएकी छिन ।

रास्ट्रसेवक सरकारी कर्मचारीको पत्नी तथा रा.प्र.पा नेपालको स्थानीय नेता भएर ति महिला किन आन्दोलनमा भाग लिन गईन ? यो प्रश्न अब गर्ने बेला भयोकि भएन ? साथै रा.प्र.पा नेपालले सबै प्रकारको बन्द हड्ताल देखि हिंश्रक गतिविधिलाई समर्थन गर्दैन भनेर स्पस्टरुपमा भनिएको छ ।
आफ्ना पार्टीका स्थानीय नेताको मृत्यु भए पछी रा.प्र.पा नेपालका समर्थकहरुले सामाजिक संजाल फेसबुकमा गृहमन्त्री बिरुद्ध तथानाम लेखेको पनी देखियो तर २०६२/६३ को आन्दोलनताका रा.प्र.पा नेपालका अध्यक्ष मा.कमल थापा गृहमन्त्री थिए । भिड तथा दंगा नियन्त्रणको लागी सुरक्षाकर्मीले गोलि चलाउँदा केहि प्रदर्शनकारिहरु मृत्यु तथा घाईते भएका थिए । सोहि बिषयलाई लिएर आज सम्म पनि कांग्रेस, कम्युनिस्ट देखि मदेसी नेताहरुले मा.कमल थापालाई 'हत्यारा गृहमन्त्री' भनेर भन्न छोडेका छैनन । आफ्नो ठिक आर्काको बेठिक भन्ने बानि किन त्याग्दैनौ ?

पंक्तिकारले अहिलेको कुनै पनि राजनीतिक पार्टीलाई समर्थन गर्दैन किनभने जुन पार्टीहरुले देस र जनताको हितमा आज सम्म एउटा पनि सिन्को भाँचेको छैन भने त्यस्ता पार्टीहरुको पछी लागेर किन भेडे प्रवृतिको संख्या बढाउनु ।

गृहमन्त्री हुन या सुरक्षाफौज यी व्यक्ति बिशेष देखि पार्टीका निजि गहना हैनन । जुनसुकै पार्टीका हुन व्यक्ति हैन पदलाई सार्बजनिक हो भनेर बुझ्ने क्षमता जबसम्म राख्दैनन तब सम्म राजनीतिक पार्टीका नेताहरु देखि तिनका दीक्षित भेडा कार्यकर्ताहरुले देस र जनतालाई गुमराहमा पार्छन भनेर बुझ्ने बानि किन बसाल्दैनौ ? त्यसैले एकै प्रकृतिको घटनामा एउटा गृहमन्त्री बेठिक तर आर्को गृहमन्त्री ठिक चै कसरि भए
कान्तिपथ डटकममा प्रकाशित
प्रकाशित मिति: २०७२ भाद्र २६ गते सनिबार
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger