मधेस आन्दोलनले मात्र मधेसी जनताहरुको दिन फिर्छ भन्दै दोश्रो संबिधान सभाको चुनाव हारेका सद्भावना पार्टीका नेता राजेन्द्र महतो लगायत केहि थान नेताहरुले गरेको तराईको आन्दोलन नेपाल र नेपालीहरुको हकहितमा छैन भनेर यो पंक्तिकारले बिरोध गर्दै सामाजिक संजाल तथा केहि स्थानीय पत्रपत्रिकाहरुमा समेत लेख प्रकाशित गरेको थियो ।
नेपालमा जन्मी हुर्की नेपाकमा बसोबास गरेका सबै नेपालीहरु हुन । नेपाली भए पछि रास्ट्रबादको भावनाले ओतप्रोत हुनु पर्दछ । छिमेकमा बसोबास गर्ने नागरिकहरु आफ्नो देसको बिरुद्धमा नकारात्मक टिप्पणी गरेको सुन्न चाहदैनन । ‘मेरा भारत महान’ भनेर आफ्नो देसको सदैब प्रसस्ती गाएको देख्न सकिन्छ ।
यसको ठिक बिपरित हाम्रा तराईमा बस्ने केहि थान नेताहरु आफ्नो देसको साख गिराउन कम्मर कसेर लागेका छन । आफ्नो देसको भेषभुषा, संस्कृति र रास्ट्रिय तथा स्थानीय भाषा भन्दा पराई देशको भाषा, संस्कृति र भेषभुषा अंगाल्न सदैब लालायित भएको देख्न पाईन्छ । नेपालमा बस्नेहरु नेपाली हुन र नेपालको आफ्नो पहिचान छ भने गान्धी टोपी लाउनेहरू कसरि नेपाली भए ? तस्बिरमा हेर्नुहोस ।
तस्बिर साभार: गुगल सर्च |
देस र जनताको माया भएको भए सर्ब प्रथम तराईका केहि थान नेताहरुले मधेस र मधेसी भन्ने शब्दको प्रचलनमै ल्याउदैन थिए होलान किनभने अहिले सम्म कोहि कसैको गुलामीमा नपरेको स्वतन्त्र देस नेपालको दक्षिणी भूभागमा तराई भन्ने स्थान पर्दछ र तराईमा बस्नेहरु तराईबासी नभएर के कसरि मधेसी भए भनेर अब तराईका नागरिकहरुले प्रश्न गर्नु पर्दछ ।
आफैले आफैलाई मधेसका मसिहा सम्झिदैं मधेस भन्ने देस स्थापना गर्छु भनेर कम्मर कसेर लागेका नेप[आली नागरिकताधारी केहि थान नेताहरु छिमेकी भारतमा बिलौना बिसाउन जान्छन र छिमेकका पुर्व मुख्य मन्त्रीसंग के कसरि अदब संग कुराकानी गर्दछन तस्बिर हेरेर अनुमान गर्न सकिन्छ ।
हेर्नुहोस हाम्रा तराईका नेताहरुको तस्बिर र तस्बिरले के भन्न खोजेको छ आफै अनुमान गर्न सक्नु हुन्छ !
तस्बिर साभार: गुगल सर्च |
0 Comments:
Post a Comment