Home » » 'बाबुराम रिकुटे रैछन'

'बाबुराम रिकुटे रैछन'

Written By खांट्टी कुरा on Monday, December 28, 2015 | December 28, 2015

-जनकमान डङ्गोल/janakdangol@gmail.com
फौजबाट भाग्नेलाई भगौडे भनिन्छ भने सुरुकालाई रिकुटे ! माओबादी पार्टीमा भर्ति भएका बाबुरामले संस्थापन पार्टी छोडेर नयाँ शक्ति गठन गर्दैछन त्यसैले उनि भगौडे र रिकुटे भए ! अहिले बाबुराम भटराई कम्युनिस्ट हुन कि कांग्रेस जस्तै समाजबादी त्यो उनिनै जानुन !

फौजमा हरेक कलामा निपूर्ण हुनेहरुलाई गुरुबा देखि वस्ताज भनिन्छ ! सुरुका रिकुटेहरुलाई निपूर्ण बनाउन गुरुबा र वस्ताजहरुको ठुलो भूमिका हुन्छ ! यो फौजी भाषा हो र यसलाई अहिलेको चलन चल्तीको निजामती भाषामा भने प्रशिक्षक भनेर भनिन्छ !

नेपालको १ नम्बरे सिरोहिया साउको कान्तिपुरे पत्रिकामा सरकारको नेतृत्व कमल थापाले गरेजस्तो लाग्छ : त्यसैले ‘अब नयाँ चुनावमा गए हुन्छ भनेर गोरखामा गएर बाबुराम भटराईले भने भनेर डामेको रैछ ! हेर्नुस लिंक
तस्विर साभार: गुगल सर्च
मैले यहाँ कसैको बढाई चढाई गरेर लेखेको हैन ! खाँट्टी कुरा डाम्ने यो डाम्नाकारले जे देख्यो त्यहि लेख्ने भएकोले देखेको कुरा डाम्ने जमर्को मात्र गर्दैछु !

हिजो पंचेती सासनमा अहिलेका गाई पार्टीका अध्यक्ष उप-प्रधानमन्त्री मा.कमल थापा पनि पंचेती राजनीतिक स्कुलमा रिकुटे थिए ! आफ्नो कला र गला देखाएर मन्त्रि बने ! तिनका वस्ताजहरु खुंखार थिए ! टपक्क टिप्ने कला भाको भएर पंचायेत देखि प्रजातन्त्र हुँदै गणतन्त्रमा समेत पटक पटक मन्त्रि बन्न सफल भएका छन !

अहिलेको मन्त्रि मण्डलमा प्रधानमन्त्री देशकै ठुला कम्युनिस्ट पार्टीका नेता छन तर निमित्तको भूमिकामा जस्तै देखिन्छ ! प्रधानमन्त्रीले गर्ने सबै काम कार्य उप-प्रधानमन्त्री कमल थापाले सम्हालेको भान भएर होला बाबुराम भटराईले उक्त उद्गार ब्यक्त गरेका होलान !
तस्विर साभार: गुगल सर्च

कुर्ची ओगटेर मात्र हुन्न त्यो कुर्ची अनुसारको काम गरेर देखाउन सकिएन भने त्यो पदको कुनै मुल्य हुन्न ! खारिएका नेता हुन देस देखि बिदेस सम्म गएर आफ्नो क्षमता देखाउने खुबी राखेका छन कमल थापाले !

हिजो एकै कलेज पढेका बाबुराम र कमल थापा दुवै अहिले नेपालको राजनीतिमा चर्चित छैनन भनेर भन्न सकिन्न तर बाबुरामले गणतन्त्र लागु भए पछी मात्र दुई पटक मन्त्रि बन्ने सौभाग्य पाए तर तालिम नपुगेर होला अहिले पनि भगौडे रिकुटेकै भूमिकामा छन भनेर भन्न सकिन्छ ! नयाँ शक्ति नामको गठन गरिदै रहेको पार्टी त्यसको प्रमाण हो !

राजनीतिमा कला देखि गला समेत प्रयोग गर्न जान्न सकिएन भने त्यो मान्छे जिन्दगीभर रिकुटेनै हुन्छ ! यसलाई बाबुराम भटराईले प्रमाणित गरेर देखाई दिएका छन ! बाबुराम मात्र हैन बाबुराम जस्तै थुप्रै अनाडी रिकुटेहरु छन जसको कारणले गर्दा देस आज दलदलमा फस्दैछ भने नामको अगाडी डाक्टरको फुर्को झुण्ड्याएर म बिद्द्वान हु भनेर गर्वित हुनु मिथ्या हो !
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger