-जनक मान डगोल
२०३६/३७ साल तिर तत्कालीन नेपाल कम्युनिस्ट
पार्टी माले हालको एमालेको बिधार्थी संगठन ‘अखिल नेपाल
रास्ट्रिय स्वतन्त्र बिधार्थी युनियन’ का बिधार्थीहरुले गाउँ गाउँमा सभा सम्मेलन
गर्दै हिड्दा सभा सम्मेलनको बिचमा गीत संगीत बाट जनतालाई मनोरंजन प्रदान गर्ने
गर्दथे । त्यसो गर्नुको मुख्य कारण जनतालाई आफ्नो पार्टी प्रति आकर्षित गराउनु हो
र त्यहि चलन अहिले सबै राजनीतिक पार्टीहरुले सिकेका छन ।
त्यो बेला अर्थात मेरो उमेर १४/१५ बर्षको हुँदा
बिधार्थी फाँटका कलाकारहरुले गाउँदै नाच्दै गरेको गीतहरु मध्येको दुई गीतको शिर्षक
मैले आज सम्म अनि भुलेको छैन । गाउँका शोषित, पिडित नारीहरुलाई
गीत संगीतको माध्यमबाट चेतना दिने उद्धेश्यले गाईएको गीत मध्ये ‘लौ उठ
नारि अब एकजुट भई देउ, कति संधै दासी हुने’ भन्ने गीतले आजको
४० बर्षमा आईपुग्दा के कति नारीहरुमा चेतना जाग्यो र त्यो चेतनाले घर, टोल
समाज हुँदै देसमा के कति आमुल परिवर्तन भयो त्यो पनि बताउनु पर्ला र ?
‘साउको ऋण तिर्न भनि गाको मेरो छोरो, मेरो
बाबा हर्कजित फेरी फर्केन’ भन्दै गाउँको शोषक र सामन्तले गरेको
अत्याचारको पृष्ठभूमिलाई आधार मानेर गाईएको हिजोको त्यो गीतले गाउँ समाजमा के
कस्तो सकारात्मक सन्देस दियो त्यो पनि प्रस्ट देखिएकै छ । हिजो अर्थात मेरो बाबु,
बाजेको
पालामा साउको ऋण तिर्न भारत अर्थात मुग्लान भासिने चलन थियो । आज मेरो पालामा पनि
साउको ऋण तिर्न खाडी मलेसिया भासिन बाध्य छौ भने नेपालमा २०२८ साल देखि
कम्युनिस्टहरुले जगाएको राजनीति शिक्षा दीक्षाले को कसलाई कति फाईदा पुग्यो त्यो
गाउँ समाजको तस्बिरले प्रस्ट पार्ने हुँदा यो पंक्तिकारले बयान गर्नु जरुरि छैन ।
आफ्नो राजनीतिक फाईदाको लागि हाम्रा कांग्रेस
देखि कम्युनिस्ट हुँदै २०४७ साल पछी जन्मिएका मदेसी दलका नेताहरुले खासगरी भाषण,
प्रशिक्षण
देखि गीत संगीतको मद्धतले जनताहरुमा जोस भर्ने काम गरे, खास गरि युवा ताहा
युवतीहरुमा । धर्म, जातपात मान्नु हुन्न भन्दै हरेक कुरामा ‘जनबादी’
भन्ने
सब्द राखेर दिइएको प्रशिक्षणले गर्दा यो ४० बर्षमा देस यो समयमा जातीय आन्दोलनले
सखाप हुने भय दिन प्रतिदिन बढ्दै गएको छ ।
धर्म मान्नु हुन्न भनेर जनतालाई उचाल्ने हाम्रा
कम्युनिस्ट पार्टी खास गरि अहिलेको एमाले देखि माले हुँदै बिभिन्ना नामधारी
कम्युनिस्ट पार्टीहरूले धर्म मान्छन कि मान्दैनन भन्ने कुरा दोश्रो पटक
प्रजातन्त्र स्थापनाको २ बर्ष पछी जनताले महसुस गर्न थालि सकेका थिए । भनाई र
गराईमा आकास जमिनको फरक देखाउने नेपालको कम्युनिस्ट पार्टीहरुको चरित्र कोहि कसैले
बिस्वास गर्न सक्दैन ४० बर्षमा देखिएको सत्य घटना यहि नै हो ।
हिजो माले पछी एमालेहरुले जे जे गरे जुन जुन
बाटोमा हिडे आज त्यसैको सतप्रतिसत नक्कल गर्दै माओबादी नामका अतिबादी पार्टीहरु
हिडेका छन । माले एमाले देखि माओबादी हुँदै तिन दर्जनको हाराहारीमा रहेको नेपालको
सबै कम्युनिस्ट पार्टीहरुको झण्डा, रंग देखि पहिचान एकै हो कि हैन ?
जनताको बीचमा जाँदा बडो आत्मियताको साथ मधुर
बचनले बोलिने सब्दहरुमा केहि भिन्नता छ ? अभिवादन सबैले ‘लाल सलाम’ देखि
नामको अगाडी ‘कमरेड’ जोड़ेर सबैले प्रयोग गर्छन भने नेपालमा
कम्युनिस्ट पार्टीहरु ३ दर्जन किन ?
कुनै पनि देसले सरकार चलाउन सुरुमा फौजको दरकार
पर्छ र त्यस्ता फौजलाई पाल्नको निमित्त जनताले तिरेको कुत, तिरो देखि करको
सदुपयोग गर्छन । नेपालका सबै राजनीतिक पार्टीहरुको पनि आ-आफ्नै फौज जस्तै संगठन छ
भने त्यसलाई संचालन गर्न रकमको जरुरत पर्छ कि पर्दैन ? यदि पर्छ भने ति
रकमहरुको श्रोत के हो ?
गरिब जनताले सरकारलाई अनिवार्य कर तिर्नु पर्छ र
कर तिर्नु नागरिकको दायित्व भित्र पनि पर्छ तर जनताले कर सरकार देखि राजनैतिक
पार्टीहरुलाई समेत तिर्दा तिर्दा लखतरान हुन्छन भने ति गरिब जनताको सन्तान ‘मुग्लान’
भासिन
बाध्य हुन्छन कि हुन्नन ?
मुग्लान भासिन बाध्य बनाउने अनि ‘साउको
ऋण तिर्न भनि गाको मेरो छोरो, मेरो बाबा हर्कजित फेरी फर्केन’ भनेर
गीत गाउदै हिड्नु त्यो जस्तो हास्यापद अरु के हुन्छ ? ‘साउको ऋण तिर्न जाने
हाम्रा हर्कजितेहरु’ मध्येको केहिलाई भए पनि हिजो कांग्रेस देखि
कम्युनिस्टहरुले भन्ने गरेको निरंकुस एक दलीय पंचायती सासनमा रोजगार दिन लाई उधोग
धन्दा खोलेको थियो कि थिएनन ?
त्यहि उधोग धन्दाहरुलाई पनि बन्द गराउन दिनहु
बन्द हड्ताल देखि तोडफोड गर्न हर्कजितेहरुलाई उक्साको कारणले गर्दा आज ति उधोग
कलकारखानाहरु सहि सलामत छन ? निजीकरणको नारा दिंदै सबै कल कारखाना स्वाहा
बनाईए र पछी बिदेसीले खोलेका कल कारखानामा २०४६ साल पछी सबैमा ठेकेदारी प्रथा
हुलेर नेता देखि तिनका आसेपासे मात्र मोटाउने तर गरिब नेपालीहरुको छोरा
हर्कजितेहरुलाई साउको ऋण तिर्न मुग्लान जान बाध्य बनाउने कांग्रेस कम्युनिस्ट देखि
अन्य विभिन्न नामका नेताहरुले ‘साउको ऋण तिर्न भनि गाको मेरो छोरो, मेरो
बाबा हर्कजित फेरी फर्केन’ भनेर गीत गाउन किन लगाए ?
हिजो साउको ऋण तिर्न नजिकको छिमेकी मुलुक भारतमा
सयमा एक्कादुक्का जान्थे भने अहिले गाउँ टोलनै खालि हुने गरेर लाखौ लाख गरिब
हर्कजितेहरु र तिनै हर्कजितेका दिदि बैनी हरु समेत युवतीहरु काम र मामको सिलसिलामा
ऋण काढेर बिदेस जान बाध्य पारेका छन भने कांग्रेस तथा कम्युनिस्टहरुले जनता जगाएर
गरेको परिवर्तनले आखिरमा देस र जनताले के पायो ?
0 Comments:
Post a Comment