छिमेकी भारत सरकारको तर्फबाट नेपालमा राजदुत
नियुक्ति भएर आएका हुन महामहिम राजदुत रणजित राय । राजदुत जस्तो गरिमामय पदमा नियुक्ति
भएर आएका महामहिमहरुले नेपाली राजनीतिमा ठाडो हस्तक्षेप गर्न मिल्छ कि मिल्दैन
त्यो आचार संहिताले नै बताउला तर नेपालमा राजदुत नियुक्त भएर आउने महामहिमहरू
मध्ये सक्रिय राजनीति हस्तक्षेप गर्नेमा भारत अग्र पंक्तिमा पर्दछ भने अन्यमा
पश्चिमा देसका राजदुतहरु पर्दछन ।
नेपालमा जुनबेला संबिधान सभाबाट संबिधान घोषणा
हुने तरखर हुँदै थियो त्यो बेला भन्दा अगाडिनै अर्थात संबिधान लेखिंदै गरेको
अबस्थामा मित्र रास्ट्रका महामहिम राजदुतहरुले हाम्रो देसको संबिधानमा यस्तो
लेखिएको छ । तपाईको देसमा हाम्रो देसको जस्तै संबिधान लेख्न मिल्ला वा नमिल्ला
त्यो बिषयमा हामि देसको प्रतिनिधिहरुले के कस्तो सहयोग गर्न सक्छौ भनेर सोध्न सम्म
सकिने थियो । मित्र देसको संबिधान भित्र रहेको धाराहरु देशलाई उपयोग हुने भएमा
त्यसै अनुसार गर्न सकिने कुरालाई भने नकार्न मिल्दैन ।
संबिधान सभाले संबिधान जारी गर्नु भन्दा अगाडी देखिनै
छिमेकी देस भारतका राजदुतले यो यो बुँदा संसोधन गर भनेर सल्लाह र सुझावको निउँ
बनाएर दिनरात ठुला ठुला नेताहरुको दैलो दिनरात चाहार्दै हिडेको खबर पनि नेपालको
रास्ट्रिय खबर नेपालको ठुला रास्ट्रिय खबर पत्रिकाको मुख्य समाचार बनेर छापिएकै हो
।
भारतीय राजदुत रंजित रायको हुकुमी आदेशलाई तामेल
हुने छाँटकाँट नदेखे पछी नेपालको क्षेत्रीय पार्टीहरुलाई उचालेर सिमा नाका थुन्न
लगाएको घटना पनि नेपालीहरु मात्र नभएर सारा बिस्वले थाहा पाई सकेकै छ ।
हालको सत्तासिन पार्टीका ठुला नेताहरु तथा केहि
थान मदेसी मोर्चा बाहेकको बिपक्षी पार्टीहरुको समेत समर्थनमा संबिधान घोषणा भएको
दिन देखि नेपालको सिमानाकाहरुमा अघोषित नाकाबन्दी लगाईयो र सो नाकाबन्दी लगाउनुमा
भारतीय राजदुत रणजित रायले मुख्य भूमिका खेलेको हैन भन्ने कुरालाई नकार्न पनि
सकिदैन किनभने तिनैको सल्लाह र ईसारामा नेपालको मधेसी मोर्चाको नेताहरुले तराइमा
मच्चाएको बबण्डर अझै पनि मौन साक्षी बनेर उभिएको छ ।
राजदुत रायकी अगुवाईमा केहि दिन अगाडी मात्र
भारतमा मदेसी मोर्चाको नेताहरुले भारत सरकारको प्रतिनिधिहरु संग वार्ता तथा छलफल
गरेको थियो । उक्त छलफलमा नेपालमा नाकाबन्दी लामो समय सम्म लगाउदा नेपाललाई नभएर
भारत स्वयमको हित हुन्न भन्ने कुरा भारत सर्खारले प्रस्ट संग बुझी सकेको थियो ।
हिजो आफ्नै अगुवाईमा मदेसी मोर्चाले गरेको सीमाको
नाकाबन्दी सजिलै संग टुंगिने अबस्था पनि छैन किनभने दर्जनौ ब्यक्ति झडपमा परेर
मृत्यु बरण गरि सकेका छन भने घाईतेको संख्या पनि थुप्रै पुगी सकेको छ ।
मिति २०७२ मंगसिर २९ गते नेपाल–भारतमैत्री
सङ्घद्वारा राजधानी काठमाण्डौमा आयोजित 'नेपाल
भारत सम्बन्ध र वर्तमान
सन्दर्भ' विषयक अन्तक्रियामा नेपालका
लागि भारतीय राजदूत रणजीत रेले "सीमामा जारी अवरोधबाट नेपालीले दुःख पाएकामा भारत सरकार निकै दुःखी
भएको" भनेर मन्तब्य दिएका रैछन ।
भारतीय राजदुताबास लैनचौरमा मदेसी मोर्चाको
नेताहरुलाई पटक पटक बोलाएर सिमा थुन्ने देखि बन्द र हड्ताल गराउन उक्साउने र
त्यतिले मात्र नपुगेर लेखक देखि अधिकारबादिका खोल ओढेका केहि ब्यक्तिहरुलाई सीमा
थुनी बसेका ब्यक्तिहरु माथि एक्यबद्धताको नाउँमा खटाई पठाउने राजदुत रंजित रायले आज
आएर यस्तो मन्तब्य दिनु भन्दा अगाडी नै आफ्नो कारणले गर्दा नेपालीहरुले पाएको दुख्
कस्ट र हैरानी भने किन देखेनन ?
आज नेपालमा भएको नाकाबन्दीको बिषयलाई लिएर सारा
बिस्वजगतमा भारतको बदनामी भएको छ र त्यो हुनुमा राजदुत रायको ठुलो भूमिका छ भन्ने
कुरा भारत सरकारले महसुस गर्छ भने राजदुत रणजित रायलाई तुरुन्त आफ्नो देसमा फिर्ता
बोलाउनु नै उत्तम हुनेछ । जानाजानी नेपालमा नाकाबन्दी लगाएर करोडौ नेपालीहरुलाई
दुख र हैरानी दिने अनि नेपालीहरुले दुख पाएकोमा भारत सर्खार दुखि छ भनेर भारतीय
राजदुत रणजित रायले खोक्रो सहानुभूति देखाउनु त्यो मनासिब हैन ।
..
हेटौडा टुडे रास्ट्रिय दैनिकको मिति २०७२ पौष १ गते बुधवारको अंकमा प्रकाशित
0 Comments:
Post a Comment