Home » » 'गणतन्त्रमा देस हैन जाति, सम्प्रदाय र क्षेत्रीयता दुख्दो रैछ'

'गणतन्त्रमा देस हैन जाति, सम्प्रदाय र क्षेत्रीयता दुख्दो रैछ'

Written By खांट्टी कुरा on Monday, December 28, 2015 | December 28, 2015

२०६४ को उपेन्द्र यादबले मच्चाएको मदेस आन्दोलन नामको कथित आन्दोलनले गर्दा बर्षौ बर्ष जनकपुरमा स्थाही बसोबास गरीबसेका मेरा ससुराली खलक देखि धेरै पहाडी समुदायका जनताहरुले जनकपुर लगायतका तराईबाट अन्यत्र स्थानमा बसी सर्नु पर्यो तर पनि आज सम्म हामीहरुले मदेसमा बस्नेहरु माथि कुनै रिस राग पालेका छैनौ !

अहिले सबै मदेसी पार्टीका नेता तथा तिनका भरौटेहरु एक भएर सिमा नाका थुनेर नेपालमा बस्ने सबै नेपालीहरुलाई दुख दिने काम गर्दै छन ! दुख दिने तिनै हुन जो हिजो श्री ३ को पालामा दाम राखेर दर्शन गर्न जान्थे ! श्री ५ को पालामा धनुषटन्कार मुद्रामा दर्शन गर्न माहिर थिए ! प्रजातन्त्र देखि लोकतन्त्रमा पटक पटक मन्त्रि पद पड्काएर वारि देखि पारि सम्मका साली पट्टिका सात पुस्ता र भिनाज्यु पट्टिका नौ पुस्ता सम्मलाई पुग्ने गरि सम्पति जोडन समेत भ्याई सकेका छन ! तिनले खडा गरेको आलिसान बंगला देखि गाडी घोडाले त्यहि पुस्टि गरेको छ !

मदेस आन्दोलन गर्न उक्साउने सबै मधेसका जमिन्दार हुन र त्यसमा प्राय उच्च कुलका जातिहरु छन ! जातीय छुवाछुत र कुरीति देखि बिकृति र विसंगति कस्तो छ भन्ने कुरा यो पंक्तिकारले राम्रै संग देखेको छ भने मदेसको कुरीति र बिकृति देखि विसंगति हटाउन आज सम्म के के गरे ?

गरिब मधेसीको नाम बेचेर सिमा थुन्नेहरु बिदेसिका दलाल हुन भन्ने कुरा राम्रै संग देखिया छ किनभने यिनीहरु संच्चिक्कै मदेस र मदेसी जनताको हित गर्थे भने २०४६ देखि आजको मिति सम्ममा पटक पटक मन्त्रि देखि उच्च पदमा पुग्दा के हेरेर बसे ?

सत्ता र पदमा पुग्दा माखो नमार्ने अनि सत्ताबाट बाहिर पुग्नासाथ पाहाडीले मदेसिलाई हेप्यो ! सत्तामा
अहिले पाहाडी बाहुनको रजाई छ भनेर कुर्लिन सुरु गर्छन !
बाहुन भनेको के मदेसी के पाहाडी सबै एकै हुन भने मदेसमा बस्ने ठाकुर, मिश्र, झा, त्रिपाठीहरु कट्टर बाहुन हुन कि हैनन ?

होस गर मदेसी जनताहरु तिमीहरुले भन्ने गरेको मदेस्का मसिहाहरु भन्ने गरेका पात्रहरु बिदेशका दलाल हुन किनभने यिनीहरु सक्कली नेपाल आमाको छोरा भए देस टुक्राउने कुरा गर्दै हिड्दैनथे !

अझ दुखको कुरा के छ भने जुन दिनबाट कथित मदेस आन्दोलनको नाटक रचियो जनताको त के कुरा गर्नु बुद्दिजिबिहरु देखि कलमेहरुलाई समेत देस नदुखेर जाति र क्षेत्रीयता देखि सम्प्रदाय दुखेको देख्दा हिजाज यो पंक्तिकारको मनै कटक्क खाको छ ! नेपालमा बस्नेहरु नेपाली हुन भन्ने भावना नभएकाहरु भए पछी हुनेनै यस्तै हो !
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger