-जनकमान डङ्गोल/janakdangol@gmail.com
केहि महिना अगाडी नेपालको बिभिन्न राजनीतिक पार्टीमा आस्था राख्ने युवा युवतीहरुको जमातलाई छिमेकी मित्र रास्ट्र चीनले चीनको आर्थिक बिकास के कसरि भयो भनेर हेर्न आउन निम्ता पठाए । यस्तो निम्तो छिमेकी चीनले समय समयमा पठाउने गर्दो रैछ ।
यस्तै एकपटकको भ्रमणमा बहालवाला सरकारी कर्मचारी साथि पनि परेका थिए । उमेरले म भन्दा साना त्यै माथि नजिकको छिमेकी भएको नाताले चिन भ्रमणको बारेमा सोधे तर ति भाईले अलि अनौठो जवाफ दिए ।
केहि महिना अगाडी नेपालको बिभिन्न राजनीतिक पार्टीमा आस्था राख्ने युवा युवतीहरुको जमातलाई छिमेकी मित्र रास्ट्र चीनले चीनको आर्थिक बिकास के कसरि भयो भनेर हेर्न आउन निम्ता पठाए । यस्तो निम्तो छिमेकी चीनले समय समयमा पठाउने गर्दो रैछ ।
चिनको ग्रेटवाल तस्बिर साभार: गुगल सर्च |
मेरा जिल्लाबासी युवा नेता पनि उक्त भ्रमणमा
मिस्सिन पाएका रैछन । भ्रमण सकेर आए पछी मैले भलाकुसारी गर्ने मौका पाएको थिए ।
चिन भ्रमण कस्तो भयो त मित्र ? मैले प्रश्न गरे । मित्रले जवाफ दिए राम्रै भयो
। संसारको आश्चर्य ग्रेटवाल देखि कामरेड माओको घर सम्म हेर्ने मौका पाईयो ।
अनि चिन भ्रमण बाट अरु के के सिकेर आउनु भयो त ?
मित्रले जवाफ दिए हामि सिक्न हैन घुम्न गएका हौ । सबै खर्च पानि चीनले नै बेहोरेको
हो । हाम्रो सुको पनि खर्च भएन । जाहाज चढेर चाईना गईयो, घुमियो र फर्केर आईयो ।
यस्तै एकपटकको भ्रमणमा बहालवाला सरकारी कर्मचारी साथि पनि परेका थिए । उमेरले म भन्दा साना त्यै माथि नजिकको छिमेकी भएको नाताले चिन भ्रमणको बारेमा सोधे तर ति भाईले अलि अनौठो जवाफ दिए ।
भ्रमणमा लैजाने पथप्रदर्शकले ठुला ठुला सहरहरूमा
लगेर घुमाए । चाईनाले के कसरि छोटो समयमा बिकास गर्यो भनेर बिकासको पुलिन्दानै
देखाई दिए । हामि नेपालीहरुले सुन्यौ मात्र तर हामीहरुले सोधेको प्रश्नको उत्तर
भने पाईदैन थियो । हामीहरु मात्र उसको देस हेर्न गएका हौ र त्यो भन्दा फगत अरु केहि
हैन ।
अहिले पनि छिन् भ्रमणको निम्तो आएको रैछ । नेपालमा २९७२ साल बैशाखमा आएको ठुला कम्पनको भूकम्पलाई मुख्य बिषय बनाएर आएको अहिलेको भ्रमणमा नेपालबाट जाने भूकम्प
पीडितलाई भ्रमणमा जाने निम्तो आयो वा आएनन त्यो सम्बन्धित निकाएका सम्बन्धित
ब्यक्तिहरु नै जानुन तर भ्रमणले भने ठुलै चर्चा पाएको छ ।
एमाओबादीका अध्यक्ष कामरेड प्रचण्डको राजधानीमा घर
छैन रे ! उहाँ पार्टीले खोजि दिएको घरमा बहाल तिरेर बस्नु हुन्छ रे । समाचारले
यस्तै भनेर लेख्ने गरेको छ । घर नै नभए पछी प्रचण्ड परिवार भूकम्प पिडित हुने कुरै
भएन ।
यो पटकको चिन भ्रमणमा कामरेड प्रचण्डको नातिनीहरू
पनि परेछ्न । यहि विषलाई बढाई चढाई गरेर हाम्रा सबै किसिमका खबरेहरुले तात्तातो
समचार बनाएर पस्किए । यहि समाचारले गर्दा माननीय गृहमन्त्रीज्यु चिन्तामा पर्नु
भएको छ भनेर समेत समाचारमा पढियो ।
चीनको भ्रमणमा कामरेड प्रचण्डका परिवारहरु जाउन
वा अन्य सर्वसाधारण नागरिक तर चिन भ्रमण गएर आए पछी उक्त भ्रमणले के सिकायो र के
के सिके भनेर त्यसलाई आत्मसात कसैले पनि गर्दैनन भने यो पटकको चिन भ्रमणको बिषयलाई
लिएर रडाको मच्चाउनु पर्ने कुनै कारण देख्दिन म चाहि ।
छिमेकी चीनले भ्रमणको निम्तो पठाए । टाठाबाठा पहुँचवालाको सन्तानहरु गए ।
हिजो पनि त्यसै गरि निम्तो आउथ्यो र त्यसै गरि जान्थे । यो पाली पनि त्यस्तै गरि जान्छन र फर्केर
आउछन । न तिनिहरु केहि उपयोगी कुराहरु सिक्न गएका हुन न सिकेर नै आउछन । खेल खत्तम पैसा हजम भनेकै यहि नै हो ।
0 Comments:
Post a Comment