Home » » 'नैतिकता बेचुवाहरु'

'नैतिकता बेचुवाहरु'

Written By खांट्टी कुरा on Thursday, December 03, 2015 | December 03, 2015

कुनै पनि काम कार्य दुई किसिमको हुन्छ । एउटा घोषित अर्को अघोषित ।
नेपालमा अहिले छिमेकी भारतले नेपालको मुख्य सीमानाका रक्सौल बन्द गरी दिएको छ । नेपाल तर्फ पर्सा जिल्लाको इनरुवा तथा छिमेकी भारतको पश्चिम चम्पारण जिल्लाको रक्सौल सीमा नाकामा पर्ने यो स्थान बाट नेपालमा ७०% भन्दा बढ़ी मालसामानहरु निकासी पैठारि हुन्छ ।
यो मुख्य नाका बाहेक भारतले अन्य नाकाहरुमा त्यति कड़ाई गरेको पाईदैन किनभने उसले दुनियालाई नेपालमा नाकाबन्दी गरेको छैन भनेर देखाउनु समेत परेको छ त्येसैले भारतले गरेको यो कार्य अघोषित तर अर्थपुर्ण नाकाबन्दी हो ।
नाकाबन्दी नेपालमा अहिले मात्र हैन यो भन्दा पनि पहिला पटक पटक भइसकेको थियो भने छिमेकी भारतले गरेको नाकाबन्दी नेपालीहरुको लागी नयां र नौलो भने पक्कै पनि हैन ।
२०४५ सालमा पनि छिमेकी भारतले ब्यापार पारबहनको नबिकरण सक्किएको भन्दै नेपालले भारत छूने सम्पुर्ण २६ जिल्लाको सीमानाका बन्द गराई देको थियो भने त्यों समयको नाकाबन्दीलाई घोषित नाकाबन्दी भनेर भनिन्छ ।
त्यो बेलाको समयमा सिमानाका सबै नाकाहरुमा भारतले आफ्नो दीर्घकालीन हितलाई हुनेगरि नेपालका कांग्रेस तथा कम्युनिस्टहरुको आग्रहमा सीमा बन्द गरी दिएको थियो किनभने त्यों बेला नेपालमा पंचायेति ब्यबस्थाको खारेजि तथा प्रजातंत्रको माग गर्दै कांग्रेस तथा कम्युनिस्टहरुको बथानले आंदोलन गरेका थिए ।
जुनबेला नेपालमा सासन ब्यबस्था परिवर्तन गर्नु पर्ने हुन्छ त्यों बेला नेपालका चर्चित बिभिन्न क्षेत्रका ब्यक्तित्वहरु अगाडी देखा परेका हुन्छन । यिनिहरु अगाडी नबढे सम्म नेपालमा परिवर्तन हुन सक्दैन भन्ने मानसिकता राजनितिक पार्टीका नेताहरुले राखेका छन । यस्ता चर्चित ब्यक्तिहरुको बथानलाई 'नागरिक अगुवा' देखि 'नागरिक समाज' को नामले चिनिन्छ ।
नागरिक अगुवा देखि समाजका बथानहरुमा नेता, पूर्व राष्ट्र सेवक, पत्रकार, ब्यापारी देखि कलाकारहरु सम्म मज्जैले अटाएका छन ।
सीमा मिचियो, एकतर्फी नाकाबन्दी गरियो आदि जस्ता मानब हित बिरुद्धको बिषयमा नागरिकहरुले पाएको दुःख कस्ट हैरानीमा यी नागरिक समाजका अगुवाहरुले एकसब्द किन बोल्दैनन भनेर आजसम्म कोही कसैले प्रश्न गरेको देखिदैन ।
अहिले नेपालमा छिमेकी भारतले मुख्य गौडों थुनेको छ भनेर सारा बिश्वले चाल पाइसकेको अबस्थामा भारत दिन प्रतिदिन संसारको सामू नांगिदै गयेकोले आफ्नो मान प्रतिष्ठा कायम राख्न आफ्ना राजदूतहरु लाई परिचालन गरेको छ ।
सोही सिलसिलामा नेपाल स्थित भारतीय राजदूतले तारे होटेलमा आयोजना गरेको बैठकहरुमा हाम्रा महान नेताहरु देखि नागरिक अगुवा हौं भन्नेहरु समेतले  बैठकमा भाग लिएर 'छिमेकी भारतले नेपालमा नाकाबन्दी गरेको छैन' भन्ने अधिकारकर्मि दमन नाथ ढुंगाना देखि 'भारतले गरेको नाकाबन्दीलाई अंतराष्ट्रीयकरण गर्नु हुन्न' भन्ने बिद्द्वान तथा पुर्व राजदुत लोकराज बरालले बोलेकै कुरा एकआपासमा बाझिएको छ भने २०४५ साल पछि नेपाली राजनीति देखि बिभिन्न तप्कामा उदायका ब्यक्तिहरु आफ्नो ईमान जमान देखि नैतिकता बेच्न समेत पछि पर्दैन भन्ने कुरा प्रमाणित भयो की भएन ?
होस गर नेपाली जनताहरु अझ खासगरि राजधानीबासिहरु २०४५ साल पछि नेपाली आकासमा उदायका अधिकांस नेता, अधिकारकर्मी, पत्रकार, समाजसेवीहरु देखि राष्ट्रसेवकहरु सबैले मुलुक तथा नागरिकको हितमा नभएर आफु र आफ्नो सन्तान देखि आसेपासेको हितमा काम गर्ने गर्छन र त्यस्तो अनैतिक काम गर्न आफ्नो नैतिकता बेच्न समेत पछि पर्दैनन भने यस्ता राष्ट्रघातीहरु बिरुद्द आवाज उठाउने बेला भयोकि भएन ?प्रदेस दैनिकको मिति २०७२ मङ्सिर १३ गते आईतबारको अंकमा प्रकाशित
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger