Monday, November 09, 2015

तराई मधेस आप्रबासी मधेसीहरुको बिर्ता हैन

जनक मान डङ्गोल/janakdangol@gmail.com
मिति २०७२ कार्तिक २३ गते सोमबारको अंकमा प्रकाशित
बिगत केहि बर्ष देखि नेपालमा तराईको भूमिलाई लिएर राजनीति देखि जनमानसमा समेत खुब चर्चा हुने गरेको छ । तराई भनिले मदेसको भुमी सुदुर पूर्वमा पर्ने मेची अंचलको झापा जिल्ला देखि सुदुर पश्चिममा पर्ने महाकाली अंचलको कंचनपुर जिल्ला सम्म एकै प्रदेस हुनु पर्छ भनेर मदेसबादी केहि नेताहरु कुर्लन थालेको पनि ८ बर्ष पुग्न लाग्यो ।

मदेस गोर्खालीको हैन जबर्जस्ति पाहाड़े राजाहरुले लुटेर लिएको हो भनेर पस्चिमा भरिया सी.के राउत देखि आफुलाई बिद्द्वान लेखक देखि राजनीतिक बिश्लेषक भन्न रुचाउने युरोपियन युनियनका भरिया सी.के लालसम्मले कुतर्क दिंदै हिडेका छन भने 'एक मदेस, एक प्रदेस' भनेर नाराको साथ तराईबाट पाहाड़ेहरु खेद्ने अभियानको नाईके भारतीय बिस्तारबादीको हल्कारा उपेन्द्र यादबको चुरीफुरीको त झन के बयान गर्नु । 

त्यस्तै दोश्रो पटकको संबिधान सभाको निर्वाचनमा मदेसका जनताले औकात देखाई दिए पछी 'यो हार हाम्रो लागी भन्दा पनि भारतको लागी चिन्ताको बिषय हो' भन्ने भारतका ढोके सद्भावना पार्टीका नेता राजेन्द्र महतो देखि भारत माईतघर भएकी सरिता गिरि यी सबै भारतको ईसाराबाट चल्ने रिमोटका पुत्लाहरु हुन भने यस्ता पुताहरु अरु पनि थुप्रै छन ।

नेपालको सिमाना हिजो काहाँ सम्म थियो र आज काहाँ सम्म छ भन्ने कुरा यी सबै मदेसी नेताहरुलाई राम्रै संग थाहा नभएको पनि पक्कै हैन भने यिनीहरुले उचालेको नारा र बितण्डा केवल आफ्ना दक्षिणी मालिकको आदेस र निर्देसनमा मात्र हो ।

हामि नेपालीहरु 'निमकको सोझो' गर्न संसारमै अब्बल छौ । निमकको सोझो नगरेको भे हिजो अंग्रेजले संसारभर साम्राज्यबाद कायम गर्न देखि लिएर अहिले नेपालको केहि गद्धार मदेसी नेताहरुले एक मदेस एक प्रदेशको राग अलाप्न पक्कै पनि सक्दैन थियो । एक मदेस एक प्रदेसको माग अहिले एक्कासी उठेको हैन र यो उहिलेकै योजना अनुसारको एउटा भाग मात्र हो ।

तराई भने पनि मदेस भने पनि नेपालको दक्षिणी भूभागमा पर्ने सुदुर पुर्बको झापा देखि सुदुर पश्चिमको महाकाली सम्मको सबै जिल्लाहरुमा बसोबास गर्ने हाम्रा नेपालीहरुको रोटि देखि बेटी सम्मको नाता साईनो छिमेकी भारतको बासिन्दा संग छ भने रहन सहन, भेषभुषा देखि खानपान सम्म एकै प्रकारको हुनेनै भयो । चाडपर्व संस्कृति समेत उस्तै छन । नाता गोता कुटुम्ब जोड्दा सकभर आफ्नोमा जोड्ने चलन भएर होला देसको भूगोल अलग भएता पनि हाम्रो मदेसका नेपालीहरुको बिहाबारी साईनो पुर्ब, दक्षिण देखि पश्चिम भारतका नागरिकहरु संग छ । यस्तो साईनो अहिले भर्खर मात्र नभएर परापुर्बकाल देखिनै चल्दै आएको हो जसको प्रत्यक्ष प्रमाण हो जनकपुर मिथिला राजाको पुत्री जानकी (सिता) को बिवाह भारत अयोध्या निवासी राजा दसरथ पुत्र श्रीराम संग हुनु ।

छिमेकी भारतलाई सयौ बर्ष साम्राज्यबादी अंग्रेजले आफ्नो पन्जामा राखेर सासन गर्दा समेत नेपाललाई अंग्रेजले आफ्नो नियन्त्रणमा राख्न नसकेको ईतिहास पनि छिमेकी भारतीयहरुले पक्कै पनि बिर्सेका छैनन होला । तिनै अंग्रजलाई देसबाट धपाउन गरिएको स्वतन्त्रता आन्दोलनमा नेपालको युवाहरुले पनि ज्यु ज्यान दिएर सहयोग गरेको घटना पनि भारतीय राजनेताहरुले भुलेका छैनन । स्व. बि.पी कोईराला देखि निवर्तमान नेपालको प्रधान मन्त्रि सुसिल कोइराला तिनै पात्र हैन भनेर भारतीय नेताहरुले भन्न कदापि सक्दैनन भने गुनको बदला बैगुनले तिर्ने छिमेकीको नियत जायज नाजायज के बयान गराई भो ।

अंग्रेजहरु हिजो सियो बनेर पस्थे र फाली बनेर निस्किन्थे । आर्काको देसमा पसेर तिनै देसका नागरिकहरुलाई जुधाएर आफ्नो स्वार्थ सिद्ध गर्नमा माहिर थिए । अंग्रेज फर्केर गए तर तिनको कपटी विधा आज भातीयहरुले सिकेका छन । छिमेकी भनेको मर्दाको मलामी र ज्यूँदोको जन्ती हो भन्छन तर यी कस्ता छिमेकी हुन जो सदियौंदेखिको रोटि देखि बेटी संग साईनो भएको छिमेकीको घरमा आगो सल्काएर आनन्द मानेर हेर्दै बसेका छन । छिमेकी भारत नेपाललाई आफ्नो बडा भाई भनेर भन्छन तर बडा भाई भन्ने अनि छोटाभाईको देसमा कलह मच्चाउने यो कस्तो दोधारे नीति हो ?

युक्रेन भन्ने देसमा पनि हाम्रा मदेसी नेताहरु जस्तै गद्धार रुसी समर्थक नेताहरु बस्थे र तिनै गद्धारहरुले बितेको बर्षमा आफ्नो मालिक रुसका सेना बोलाएर क्रिमिया भन्ने प्रदेसमा हिंसात्मक गतिबिधी गरेर अन्त्यमा उक्त क्रिमियालाई रुसमा बिलय गराए । यी भारतका दलाल केहि थान मदेसी नेताहरु पनि नेपाललाई 'एक मदेस एक प्रदेस' को नारामा अल्झाएर नेपालको तराई मदेसको भूभागलाई भारतमा बिलय गराउन चाहन्छन । अहिले गरेको नाकाबन्दीको घटना त्यसैको रिहर्सल हो ।

हाम्रा उत्तरी छिमेकी चिन हुन या दक्षिणी छिमेकी भारत ति देसहरुमा रास्ट्रघाती काम गर्ने व्यक्तिलाई सिधै मृत्युदण्ड दिने चलन छ । हाम्रो देस नेपालमा पनि यस्ता रास्ट्रघाती दलाल नेताहरु थुप्रै छन । कोहि मदेस्बादी नेताको भेषमा, कोहि लेखक तथा राजनीतिक विश्लेषकहरुको भेषमा, कोहि पत्रकार तथा साहित्यकारको भेषमा छन । कोहि नागरिक समाजका अगुवा देखि मानवअधिकरबादीको भेषमा भने यस्ता देस द्रोहीहरु लाई पनि छिमेकमा दिए जस्तै संजाय दिनु पर्ने हो कि हैन ?

होस गर रास्ट्रघातीहरु मदेस हुन या पहाड वा हिमाल ति भूभागहरु तिम्रा आमाले न पेवामा ल्याएको हुन न तिम्रा बाबुको बिर्ता । यो सुन्दर शान्त देस नेपाल गोर्खालीहरुले आफ्नै पाखुरी खैचेर जोडेका हुन । नेपाल जोड्नमा अहिलेका कथित मधेसीहरुको कुनै भूमिका नै छैन त्यसैले देस टुक्र्याउने सपना नदेखेकै राम्रो । 
..
समसामयिक राजनैतिक टिका टिप्पणी तथा प्रतिक्रियाहरु पढ्न चाहनु हुन्छ भने मेरो फेसबुक पेज https://www.facebook.com/khattikuro लाई LIKE गर्नुहोस !

No comments: