-जनकमान डङ्गोल/janakdangol#gmail.com
रंगुन हाल परिवर्तित नाम यांगुनमा जन्मिएकी आंग सान सुचि (Aung San Suu Kyi) बर्मेली बंशज नागरिक हुन । परिचय यत्तिमै सिमित छैन । सुचि नेसनल लिग फर डेमोक्रेसी बर्माको संस्थापक नेता तथा अध्यक्ष समेत हुन । निर्वाचनमा अत्याधिक बहुमत हासिल गरेता पनि बर्माको सैनिक सर्खारले सूचिको नेसनल लिग फर डेमोक्रेसी पार्टीलाई सत्ता हस्तान्तरण गर्नुको बदला सो पार्टीको प्रमुख सुचि तथा अन्य थुप्रै नेता तथा कार्यकर्ताहरुलाई लामो समयसम्म जेलमा राखिएको थियो भने सूची पछी जेल मुक्त भएता पनि घरमै नजरबन्दमा समेत परेकी थिइन ।
रंगुन हाल परिवर्तित नाम यांगुनमा जन्मिएकी आंग सान सुचि (Aung San Suu Kyi) बर्मेली बंशज नागरिक हुन । परिचय यत्तिमै सिमित छैन । सुचि नेसनल लिग फर डेमोक्रेसी बर्माको संस्थापक नेता तथा अध्यक्ष समेत हुन । निर्वाचनमा अत्याधिक बहुमत हासिल गरेता पनि बर्माको सैनिक सर्खारले सूचिको नेसनल लिग फर डेमोक्रेसी पार्टीलाई सत्ता हस्तान्तरण गर्नुको बदला सो पार्टीको प्रमुख सुचि तथा अन्य थुप्रै नेता तथा कार्यकर्ताहरुलाई लामो समयसम्म जेलमा राखिएको थियो भने सूची पछी जेल मुक्त भएता पनि घरमै नजरबन्दमा समेत परेकी थिइन ।
सूचिकी आमा खिनचि Khin Kyi सन्
१९६० मा भारत तथा नेपालको राजदूतमा नियुक्ति भए पश्चात सूचीले भारत तथा बिदेसमा
पढने अबसर पाईन । पढाई तथा बिदेस बसाईकै सिलसिलामा सुचिले २७ मार्च १९४६ मा
क्युबाको राजधानी हवानामा जन्मिएका नागरिक Michael Vaillancourt Aris संग
बिहा गरिन । Aris को पछी ५३ बर्षको उमेरमा सन १९९९ बेलायतमा मृत्यु भयो । सुचि
दम्पतिको १/१ छोरा तथा छोरी छन भने बिदेसि श्रीमानबाट जन्मेको सन्तानको बर्मेली
नागरिकता तथा पासपोर्ट हुने कुरै भएन । सूचिको छोराछोरी दुबैको बेलायती राहदानी छ
।
भारतीय रास्ट्रीय कांग्रेसको वर्तमान अध्यक्ष
सोनिया गान्धी भारतीय कांग्रेस पार्टीको संस्थापक नेता तथा स्वतन्त्र भारतको प्रथम
प्रधानमन्त्री स्व.जवाहरलाल नेहरुको छोरी पुर्व प्रधानमन्त्री स्व.ईन्दिरा
गान्धीको छोरा पुर्ब प्रधानमन्त्री स्व.राजिब गान्धिकी धर्मपत्नी हुन तर सोनिया
गान्धीको जन्म भारतमा नभएर सन १९४६ मा ईटलीको Veneto, Lusiana मा भएको हो ।
बर्मेली नेत्री सूचीले हालै म तथा मेरो पार्टीले
आउँदो चुनावमा पूर्ण बिजयी हासिल गर्यो भने रास्ट्रपति भन्दा पनि माथिको पदमा रहेर
सासन चलाउछु भनेर अन्तर्राष्ट्रिय मिडिया सामु उद्घोष गरिन । बिदेसी नागरिक संग
बिहा गरेर आफु बर्मामा तर बेलायती पासपोर्टबाहक पति छोराछोरीको कारण देखाउंदै
बर्मेली सरकारले सूचीलाई माथिल्लो पदमा जान अयोग्य घोषित गरेको छ । सूचिको
पार्टीले देसको सबै स्थानमा पूर्ण बिजयी भएर सरकार माथी पूर्ण कब्जा गरेता पनि
देसको सेनाले तिनको ईक्षा सजिलै संग पुरा गर्न भने दिने छैन ।
सन २००४ को लोक सभा निर्वाचनमा भारतीय रास्ट्रिय
कांग्रेसको गठबन्धन UPA ले निर्वाचनमा बहुमत हासिल गर्यो । ठुलो पार्टीको हिसाबले
कांग्रेस अध्यक्ष सोनिया गान्धी प्रधानमन्त्री बन्नु पर्ने हो तर सोनिया गान्धी
विपक्षीको कडा बिरोधको कारणले गर्दा प्रधानमन्त्री बन्न सकिनन र निजको स्थानमा लोक
सभा निर्वाचननै नलडेका मनमोहन शिंहलाई प्रधानमन्त्री बनाईयो ।
बर्मेली सुची बर्मामा जन्मी हुर्कीएता पनि बिदेसी
नागरिक संग बिहाबारी गरेको कारण देखाई शैनिक सासकले सत्ता बुझाउन मानेन भने सोनिया
गान्धी अंगिकृत नागरिक भएको कारणले गर्दा भारतका राजनीतिक पार्टीहरुको बिरोधको
कारणले गर्दा चाहेर पनि प्रधान मन्त्रि बन्न सकिनन त्यसैले माथिका दुई उदाहरण
रास्ट्रबादमा आधारित भएकोले गर्दा उदाहरणको रुपमा प्रस्तुत गरिएको हो ।
नेपालमा २०४६ साल पछी थुप्रै राजनीतिक
पार्टीहरुको जन्म भयो । क्षेत्रीयताको राजनीति गर्ने उद्धेस्यले सप्तरी जिल्लाका
स्व.गजेन्द्र नारायण शिहले सद्भावना पार्टीको स्थापना गरे । सुरुमा उक्त पार्टीले
नेपालको दक्षिणी भूभागमा बस्ने मधेसीहरुको हकहितको कुरा मात्र उठाएको थियो ।
गजेन्द्र नारायण शिंहको मृत्यु पश्चात उक्त पार्टी क्रमश: फुट्दै गएर नेपालको
कम्युनिस्ट पार्टीहरु जस्तै टुक्रा टुक्रामा विभाजित भै सकेको छ ।
नेपालमा जातीयताको नारा उचाल्ने माओबादी पार्टी
हुन । स्थापनाको सुरुमा अन्याय, अत्याचार, भ्रस्टाचार तथा शुसासनको सपना देखाएको
माओबादी पार्टीले छिमेकी भारतको हदै सम्मको बिरोध गरेको थियो । कट्टर रास्ट्रबादको
नारा दिंदै उक्त पार्टीले १२ बर्ष सम्म कथित जनयुद्दको लडाई समेत लडेकै हो । जनयुद्धको
बेलामा जाति पिच्छे राज्य दिन्छ्म भन्ने मिठो सपना देखायको उक्त पार्टी पनि आज
टुक्राटुक्रामा विभाजित भई सकेको छ । माओबादीको जातीय राज्य पनि अहिले आएर एकादेसको कथा जस्तै भै सकेको छ ।
माओबादी पार्टीको जातीयता तथा क्षेत्रीयताको
नक्कल गर्दै सुदुर पुर्बका उपेन्द्र यादबले मधेसी मुक्तिको नारा दिंदै मधेसी
जनअधिकार फोरम नामको संस्था जन्माएर मधेसबाट पहाडेमुलका बासिन्दा खेद्ने काम सुरु
गरे । पछी उक्त संस्था पार्टीको रुपमा दर्ता भएर देशकै चौथो शक्तिको रुपमा उदायो ।
पटक पटक सत्ताको स्वाद चाख्ने मौका पाएको उक्त पार्टीका नेताहरुले सत्तामा छउन्जेल
मधेसको मुक्ति बिर्सेको पनि देखिएकै हो । मधेसी जन अधिकार फोरमका नेताहरुले पनि
सद्भावना पार्टीकै सिको गर्दै ब्यक्ति पिच्छे पार्टी स्थापना गरेकै हुन ।
नेपाली कांग्रेस पार्टी बाट अलग हुँदै कांग्रेस
पार्टीका बरिस्ट नेता तथा पुर्ब मन्त्रि महन्थ ठाकुरले बिभिन्न मधेसी पार्टीहरुका
नेताहरुको साथ लिएर तराई मधेस लोकतान्त्रिक पार्टी स्थापना गरे । मधेसी जनताहरुको
हक हितको लागि हो भने स्व.गजेन्द्र नारायण शिंहले स्थापना गरेको सद्भावना पार्टीको
झण्डा मुनि गोलबन्द हुनु पर्नेमा मधेसी नेताहरुले किन ब्यक्ति पिछे पार्टी गठन गरे
?
सदियौ देखि नङ र मासु जस्तै एक भए हामि सबै
नेपाली हौ भन्दै मिलिजुली बसेका नेपालीहरु माथि मधेसी तथा पहाडेको नारा लगाउंदै
साम्प्रदायिक राजनीति गरेर आफ्नो रोटि सक्ने मधेसी नेताहरुले सत्तामा पुग्दा मधेस
माथिको विभेद किन देखेनन ?
सत्ताबाट बाहिरिना साथ एक मधेस एक प्रदेशको नारा
घन्काएर देस टुक्राउने सम्मको अभिव्यक्ति दिन पछी नपर्ने मधेसी नेताहरुले मधेसी
माथि विभेद भयो भन्दै छिमेकी भारत गुहारेर अहिले सिमा नाका थुन्ने सम्मको काम गरि
रहेका छन ।
अहिले आन्दोलन देखि सिमा नाका थुन्ने मधेसी नेताहरु
मध्ये कैयन नेताहरु छिमेकी भारतबाट नेपालमा आई बसोबास गरि अंगिकृत नागरिकता धारण
गरेका ब्यक्तिहरु हुन । यिनै अंगिकृत नागरिकताधारिहरु छिमेकी भारतको आडमा देसको
सर्बोच्च पद रास्ट्र प्रमुख हुन पाउनु पर्छ भनेर भंदैछन ।
अहिले यतिखेर छिमेकी भारतमा भारतीय जनता पार्टीको
सरकार छ । सन २००४ को आम निर्वाचनमा कांग्रेस गठबन्धनले अत्याधिक बहुमत ल्याएर
सर्खार बनाउन खोज्दा कांग्रेस अध्यक्ष सोनिया गान्धी बिदेसी हुन । बिदेसी नारि देसको
प्रधानमन्त्री कसरि हुन सक्छ भनेर बिरोध गर्ने भारतीय जनता पार्टीले छिमेकी देसमा
अंगिकृतबाहक पनि रास्ट्र देखि सरकार प्रमुख हुन पाउनु पर्छ भन्दै संबिधान संसोधन
गर्न लाउनु र संबिधान संसोधन गर्न नमान्दा
नेपालको मधेसी नेताहरु उचालेर सिमानाका थुन्न लाउनु के जायज कुरा हो ?
सबै प्रकारको विभेद देखि असमानता नेपालको मधेसमा
मात्र हैन देसको सबै स्थानमा छ भने मधेसमा मात्र विभेद छ भनेर एकोहोरो रटान लगाउनु
त्यो जायज हैन । नेपालमा बसोबास गर्ने सबै नेपालि हुन भने मधेसी र पहाडेको कुरा
उठाएर साम्प्रदायिक गतिविधि गर्नु भनेको देसलाई अराजकको भुमरीमा फसायर देसलाई
सिक्किमपथमा लैजानु हो ।
0 Comments:
Post a Comment