Thursday, October 29, 2015

रास्ट्रको अहित गर्नेहरुलाई कारबाही गर्नु पर्छ

जनकमान डङ्गोल/janakdangol@gmail.com
..
तस्बिर साभार: ई-कान्तिपुरबाट
हैन कति कामले पाल्नु भयो ?
फोटोकपी गर्नु पर्यो त्यहि भएर आएको ।
कुन कुन को फोटोकपि गर्ने ?

परमिट, जांचपास, ब्लुबुक, नेपाल आयल निगमको अनुमति पत्र र मेरो सवारी चालक अनुमति पत्र समेत सबै गरि २/२ प्रति गरि दिनुस ।

के को लागी हो यो सबै कागजात ?
के को लागी हुनुनि दाई चाईनाले तेल रसुवाको केरुंग भन्सारमा ल्याउदैछ रे । हाम्रो गाडी ६ चक्के १२ हजार किलो लिटर ढुवानी गर्ने हो त्यहि भएर हिजो मात्र आयल निगमको हाकिमले फोन गरेर बोलायो । ६ हजार किलो लिटर अर्थात आधा ट्यांकर बोकाउने भनेको छ । बाटो कस्तो छ ? जान सक्छ कि सक्दैन ?

बट्टा गाडी (कन्टेनर) आते जाते गर्ने बाटोमा तपाईको ट्यांकर किन जान सक्दैन ? मज्जाले जान्छ, जानुहोस ।

हिजो बिहान कार्तिक ११ गते बिहिबार बिहान ६ बजे म र मेरो परम मित्र बिहानको प्रात भ्रमण सकेर फर्के पछी मित्रको घरमा आयौ । मित्रले घरमै फोटो कपि तथा स्टुडियोको ब्यबसाय संचालन गर्नु भएको छ र माथिको सम्बाद मित्रकै घरमा भएको थियो ।

नेपालको नजिकको छिमेकी मात्र नभएर रोटि देखि बेटी हुँदै संस्कृति सम्मको साईनोले गाँसिएको भारतले नेपालमा नाकाबन्दी लगाएको यो पहिलो पटक हैन । भारतले आफु बिना नेपाली जनताहरु बाच्न सक्छन कि सक्दैनन भनेर समय समयमा 'नाकाबन्दी' लगाएर जाच्ने गरेको छ भन्दा फरक नपर्ला ।

यो पालि पनि २०४५ सालको जस्तै गरि नाकाबन्दी लगायो । ४५ सालको नाकाबन्दी भारतले हैन नेपालबाट भारतमा बसेर कथित राजनीति गर्ने कांग्रेस तथा कम्युनिस्टको आग्रहमा लगाईएको थियो किनभने देसमा पंचायती शासन हुन्जेल कांग्रेस तथा कम्युनिस्टका नेताहरु आफु सत्तामा पुग्न सक्दैनथिए । 

यो पाली पनि २०४५ सालकै झझल्को दिने गरि नेपालमा बसेर क्षेत्रीयताको राजनीति गर्ने केहि अंगिकृत नागरिकता बाहकरुपी आप्रबासी भारतीय नेताहरु तथा तराईमा पुस्तैनीरुपमा जन्मी हुर्कीएर रास्ट्रबादको परिभाषा नबुझ्ने अबुझ नागरिकहरुको ईसारामा भारतले लगाएको हो भन्ने कुरा तिनीहरुले बोलेका प्रत्येक सब्द सब्दबाट प्रमाणित भएको छ ।

उत्तरी छिमेकी चिनले नेपाली जनताहरुले पाएको दुख देख्न नसकेर सीमामै तेल ल्याई दिन्छु भनेर पहिला पनि भनेको थियो र यो पटक पनि भने र सीमामै तेल ल्याएर राखेको पनि २ दिन बिती सक्यो हाम्रा नेता देखि उच्च पदका सरकारी नोकरहरु नेपाली जनताको तिरोले पालिएका छन तर दक्षिणका छिमेकीको ईसारामा काम गर्छन

यदि हाम्रा सम्पूर्ण राजनैतिक पार्टीका नेता तथा तिनीहरुले नियुक्ति तथा पदोन्नति गरेका उच्च पदका सरकारी नोकरहरु रास्ट्र र जनता प्रति बफादार थिए भने छिमेकी चीनले नेपालको उत्तरी सिमा रसुवाको केरुंगगढ़िमै ल्याई दिएको सित्तैको लाखौ लिटर पेट्रोलियम (तेल) लिन आज सम्म किन गएनन ?

नेपालको उत्तरी तथा तिब्बतको भौगोलिक भू-बनोट एकै प्रकारको छ । नेपालका नेताहरु आफु र आफ्ना देखि जनताहरु समेतलाई आर्काको आश्रितमा बाच्न सिके सिकाए भने छिमेकी चीनले आफ्नै बलबुतामा बाच्न सिके । यदि त्यसरी नसिकेको भए नेपाललाई सित्तैमा ईन्धन पक्कै पनि दिदैन थिय ।

यो पटक देसले कम्युनिस्ट पार्टीकै एक ठुलो घटक एमाले पार्टीको नेताहरु रास्ट्रपति, प्रधानमन्त्रि देखि कम्युनिस्ट पार्टीको अर्को घटक एमाओबादी पार्टीको नेताले सभामुख जस्तो शक्तिसाली गरिमामय पदको जिम्मेवारी पाएको छ । संचारकर्मीले प्रशारण गरेको तथा छापेको समाचारलाई बिस्वास गर्नेहो भने भारतको एकाधिकार तोड्दै छिमेकी चिन संग नयाँ पेट्रोलिएम सम्झौता गरेको भन्ने पनि भर्खर सुन्नमा आएकोछ,
तर,
यदि यो सम्झौतालाई दिर्घकालिनरुपमा टिकाई राख्ने हो भने हाम्रा राजनीतिक पार्टीका नेताहरुले बिदेसीको ईसारामा नियुक्ति देखि महत्वपूर्ण पदमा पदोन्नती गरेका ति सरकारी कर्मचारीहरुलाई महत्वपूर्ण मन्त्रालय, बिभाग देखि संस्थानहरु समेतबाट तुरुन्तै हटाएर अन्यत्र स्थानमा स्थानान्तरण गरिएन भने अहिलेको यो सम्झौता दिर्घकालिनरुपमा टिक्न सक्दैन । उदाहरणको लागी आपूर्ति मन्त्रालय र आयल निगमको हालको गतिबिधि हेरे प्रस्टरुपमा थाहा हुनेनै छ ।

No comments: