Home » » क्यार्छ्स त बाबै करिमै खोटो परेसी

क्यार्छ्स त बाबै करिमै खोटो परेसी

Written By खांट्टी कुरा on Wednesday, October 21, 2015 | October 21, 2015

-जनकमान डङ्गोल
हिजो फूलपाती आज अस्टमि । हिन्दुहरुको महान चाड पर्यो । मुन त थिएन तर पनि पिता पुर्खाले मान्दै आएको धरम मान्न कर लाग्छ भन्छन त्यसैले बाध्य भएर कहिले काही पाप कर्म पुनी गर्नु पर्दो रैच्च ।

कुरो पापकै आयो । मैले त देउताको नाउँमा पाप गरे तर मुंच्छेहरुले राच्च्नितिको नाउँमा कुट्नु, पिट्नु, चुट्नु, रेट्नु, छ्प्क्याउनु, अधकल्चो पारेर छोड्नु, जिम्दै जलाउनु, नाकाबन्दी साकाबन्दी गरेर भोकभोकै पारेर, तड्पाएर, मुंच्छे मारेर उल्का संग पाप गरेका छन ।

१६० दिन सम्म अत्यन्त माया गरेर पालि पोषि हुर्काए, बढाए । मेरो भाका त बानले अनि तेरो भाका मईले बुझ्ने सम्म भै सकेको थियो । हिजो सम्म शान देखाएर आफु भन्दा मुनिको भुराहरु माथि हैन मा माथि समेत हैकम जमाको थिस तर पनि भारि मनले आज मैले तलाई बिदा गर्नु पर्दा मुनै अमिलो भाको छ ।

बलिदान भन्ने सब्द पनि सारै सस्तो जिनिस भाको छ । बलिदान दिने भनेकै आर्काको हित र भलाईको लागी हो । फरक के छ भने चेतना भाको पट्टु जस्तो दुईखुट्टेहरुले बलिदान दिंदा आर्को पक्षको चांदी कटाई हुन्छ ।

खुट्टा त तेरो पनि दुईटा नै हो तर क्यार्ने त पट्टु जस्तो भाका बोल्दैनस । देउतालाई पनि तँ नै चाहिने । तेरो बलिदानीले गर्दा हामी जस्ता पापी मनुवाहरुको घरा भतेर लाग्छ । आज तलाई देउताको नाउमा बलिदान चढाएर पंच्छीको योनिबाट मुक्ति दिएको छु । क्यार्छ्स बाबै हामी नेपालीहरुको जस्तै तेरो पनि करिमै खोटो रैच्च । तेरो स्वर्गा बास होस भन्दै अश्रुनयनपूर्ण हार्दिक श्रद्धाञ्जली चढाए ।

Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger