Home » » सिकर्मीको घरको झ्याल ढोका भत्केको हुन्छरे

सिकर्मीको घरको झ्याल ढोका भत्केको हुन्छरे

Written By खांट्टी कुरा on Friday, January 22, 2016 | January 22, 2016

जनक मान डङ्गोल/janakdangol@gmail.com

२०७२ साल बैसाख १२ तथा २९ गते आएको विनासकारी भूकम्पले नेपालमा ताण्डबलिल्ला मच्चाएर गयो । भूकम्पले राजा देखि रंक सम्म कसैलाई पनि छोडेन ।

यो पंक्तिकारले सरकारी सेवामा लामो समय सम्म जवानी र पसिना खैचेको हुँदा सरकारी सुविधास्वरूप प्राप्त हुने पेन्सन बुझ्नको लागी महिनाको एक पटक नेपाल बैंक लिमिटेड साखा कार्यालय हेटौडा औधोगीक क्षेत्र पुग्नु पर्ने हुन्छ ।

पंक्तिकारको स्थाही वासस्थान हेटौडा उपमहानगर पालिका भित्र रहेको औधोगिक क्षेत्र नजिकै भएकोले आते जाते गर्ने स्थल पनि नेपाल बैंक अगाडिको बाटो भएर हो ।

व्यक्तिको सम्पति जसरि सरकारी तथा संस्थानको सम्पति हुन्न तर पनि भूकम्पले क्षेतिग्रस्त बनाएको संरचना लामो समय सम्म मर्मत नभएको देखेर आज पंक्तिकारले बैंकको कर्मचारीलाई ‘यो बैंकको भवन किन मर्मत भएनभनेर प्रश्न गर्दा बिमा कम्पनीले आएर बल्ल निरिक्षण गरेर गयो । भवन पुन: निर्माण वा मर्मतको काम कहिले हुन्छ भनेर यसै भन्न सकिन्न ।

पंक्तिकारको पिताज्युले पनि उक्त बैंकको नगद विभागमा सुरु नियुक्ति लिएर कामकाज गरेको समयमा उक्त बैंकमा समय समयमा जाने अवसर प्राप्त गरेको थियो । एक किसिमले भन्ने हो भने उक्त पंक्तिकारको भावनात्मक साईनो समेत रहेको छ । बिभिन्ना स्थानमा सरुवा भएर सेवा अबधि समाप्त हुने बेलामा मेरो पिताज्युले सोहि बैंकमा आएर सेवा समाप्त गर्नु भएको थियो ।

नेपालीमा धेरै उखान्हारू छ । त्यसै मध्ये चलन चल्तीको उखान ‘सिकर्मीको घरमा झ्याल ढोका कहिले पनि गतिलो हुन्न भन्ने भनाई छ । आफ्ना ग्राहकहरु संग दैनिक लाखौ करोडौमा खेल्ने नेपाल बैंक लिमिटेडको हकमा सिकर्मिकै उखान सतप्रतिसत लागु भएको देखिन्छ ।

हग्नेलाई भन्दा देख्नेलाई लाज भनेजस्तो उक्त बैंकमा कार्यरत कर्मचारीहरुले भवन पुन:निर्माण वा मरम्मतको लागी आफ्नो तालुक कार्यालयलाई समय समयमा घच्घच्याउने काम किन गरेन ? गरेको भए समयमै मरम्मत हुनु पर्ने हो कि हैन ?

निजि बैंक तथा वित्तीय संस्थाहरु चिल्ला चमकदार सुविधाजनक कार्यालयमा बसेर काम काज गर्छन तर सरकारी स्वामित्वमा रहेको नेपालको एकमात्र बुढो बैंकले आफ्नो रुप अनुसारको ब्यबहार देखाएर जग हसाई गर्नु के त्यो जायज हो ?

ज्यानै जोखिममा हालेर भूकम्पले क्षति बनाएको भवनमा बसेर कामकाज गर्ने हाम्रा नेपाल बैंकका कर्मचारीहरुको हिम्मतलाई मान्नै पर्छ किनभने नेपालीहरु भनेको बीर गोर्खालीको सन्तान हो नि !
Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger