Wednesday, January 20, 2016

नेपालमा पनि लिट्टे जन्माउने तर्खर हुँदैछ

-जनक मान डङ्गोल/janakdangol@gmail.com
लेखक: जनक मान डंगोल
बिभिन्न पत्रपत्रिकाहरुमा बेलाबखत खोजपूर्ण लेखहरु पस्कि रहने लेखक तथा पत्रकार सौरभले कान्तिपुर दैनिक पत्रिकामा मिति २०७१ फाल्गुण ११ गते सोमबार 'परिचय खोसेको कसले' भनेर लेख प्रस्तुत गर्नु भएको थियो । बिगत केहि बर्षदेखि नेपालको दक्षिणी भूभागमा बस्ने तराईबासीहरु जो केहि थान उग्र दक्षिणपन्थी नेताहरुको उक्साहटमा लागेर आफुलाई मधेस र मधेसीको परिचय दिंदै एक मधेस एक प्रदेसको नारा लिंदै तराईका नागरिकहरुलाई आन्दोलन गर्न उक्साई रहेका छन त्यस्ताहरुको लागी लेखक तथा पत्रकार सौरभको लेख अहिलेको परिप्रेक्ष्यमा समय सान्दर्भिक लागेर कोट्याउने जमर्को गरेको छु ।

लेखक, पत्रकार तथा विश्लेषक सौरभले नेपालमा 'मधेस' भन्ने भूभाग छैन र मधेस भन्ने भूभाग नभए पछी मधेसीहरु हुने कुरै भएन ।  नेपालको दक्षिणी भूभाग स्थानीय जनजिब्रोको ‘तरियानी’ भन्ने शब्दबाट अपभ्रंस हुँदै तराईमा परिणत भएको हो । बिस्तारबादी अंग्रेजले समेत मधेस नभनेर Terai तराई भनेर किटानी साथ उल्लेख गरि सके पछी नेपालमा मधेस भन्ने भुभाग कुन स्थानमा छ ? कहिले देखि नेपालमा मधेस भन्ने ईलाका बन्यो ? आन्दोलन गर्न उक्साउने नेताहरुले तराईका जनताहरुलाई जवाफ दिएर देखाउनु पर्दछ कि पर्दैन ?

एक समय नेपालको क्षेत्रफल सुदुर पूर्वको टिस्टा देखि पश्चिमको कांगडा, उत्तरको भोट (तिब्बत) देखि दक्षिणमा बिहारको गङ्गा नदि तथा उत्तर प्रदेशको अलाहाबाद सम्म फैलिएको थियो । बिस्तारबादी अंग्रेज संगको लडाईमा नेपाली फौजले हार्दा हाल नेपालको सिमाना पुर्वमा मेचि र पश्चिममा काली उत्तरमा साबिकको तिब्बत र दक्षिणमा बिहार, उत्तर प्रदेस र उत्तराखण्डको भूभागमा रहेको सिमानामा खुम्चिनु परेको छ । कुरो मधेस र मधेसीकै गर्ने हो भने नेपालले गुमाएको हाल भारतमा पर्ने उक्त भुभाग मधेस र उक्त भूभागमा बस्नेहरुलाई भारतीयहरुले मधेसी भनेर किन भनिएन र बंगाली, बिहारी र उत्तराखण्डी भनेर किन भन्छन ?

छिमेकी भारतको दक्षिणमा श्रीलंका भन्ने देस रहेको छ । श्रीलंकामा स्थानीय रैथाने देखि आप्रबासी भारतीयहरु समेत बसोबास गर्दछन । आप्रबासी भारतीयहरु दक्षिण भारतको तामिलनाडु ईलाकाबाट गएको हुनाले तमिल भनेर चिनिने गरीएको छ । भारत जस्तै श्रीलंका पनि कुनै समय बिस्तारबादी बेलायेतको चंगुलमा परेको देस हो ।

सन १९४८ मा बेलायति उपनिबेसबाट श्रीलंका पनि स्वतन्त्र भयो । त्यहि बर्ष श्रीलंकामा सिलोन नागरिकता कानून लागु भयो । छिमेकी दक्षिण भारतको तमिलनाडुबाट आएर बसोबास गर्ने तमिलहरु सिंहाली नागरिक नभएको हुँदा नागरिकता दिन सकिदैन भनेर नियम त बनाईयो तर भर्खरै स्वतन्त्र भएको देसमा त्यो नियम लागु भने हुन सकेन ।

सन १९५६ मा श्रीलंकाले सिंहाली भाषालाई आधिकारिक भाषा घोषित गरियो । अल्पसंख्यक तमिलहरुले यसको बिरोध गरे । पछी यहि बिरोधले गृहयुद्धको बिउ जन्मायो । गृहयुद्धको कारणले गर्दा हज्जारौ अल्पसंख्यक तमिलहरुले घरबार छोडेर भाग्नु पर्यो भने हज्जारौ हजार सिंहाली तथा तमिल नागरिकहरुले अकालमा ज्यान गुमाउनु पर्यो ।

सन १९५८ मा पहिलोपटक भएको तमिल बिरोधि दंगाको नेतृत्व तमिल रास्ट्रबादी पार्टीले गरेको भनेर श्रीलंका सरकारले उक्त पार्टीमाथि प्रतिबन्ध लगाई दियो । यसरि हिँसा भडकिनुको मुख्य कारण भने सरकारले तमिलहरुको मुख्य बसोबास रहेको स्थान पुर्बी भागमा सिंहालीहरुलाई बसोबास गराउनु हो भनेर जानिफकारहरू भन्छन ।

२०४६ साल पछी नेपालमा उत्तर भारतीयहरुले मात्र प्रयोग गर्ने तथा नाम मात्रको रास्ट्रिय भाषा हिन्दीलाई ब्यापकरुपमा चलन चल्तीमा ल्याईदैछ छ । सन १९७० को दशकमा श्रीलंका सरकारले भारतीय तमिल भाषाको पुस्तक पत्रिका देखि सिनेमामा समेत प्रतिबन्ध लगाईदियो । त्यसरी लगाउनुको मुख्य कारण भने श्रीलंकामा बस्ने तमिल नागरिकहरुले रास्ट्रिय भाषालाई प्रयोग नगरेर बिदेसी भाषाको ब्यापक प्रयोग, प्रचार प्रसार देखिन्छ । यस्तो कार्यमा भारतीय तामिलनाडु राज्यको राजनीतिक दलहरु प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा संलग्न थिये र अहिले पनि छ । तमिलनाडुको पुर्ब मुख्य मन्त्रि एम करुणानिधिको समय समयमा श्रीलंकाको तामिल समुदायहरु माथी लिएको अडानले उक्त कुरालाई पुस्टि गर्छ । नेपालमा हिन्दि भाषाको किन प्रचार प्रसार गरिदैछ भनेर यो सानो टिप्पणीले स्पस्ट पार्दैन र ?

जसरि नेपालमा माओबादी नामका जत्थाहरुले बि.स २०५१ मा ने.क.पा माओबादी नामको पार्टी गठन गरेर कतित युद्दमा हाम्फालेका थिए त्यस्तै गरि सन १९७६ मा तमिलमुलका प्रभाकरणले ‘लिबरेसन तमिल अफ टाईगर्स’ नामको संस्था स्थापना गरेर श्रीलंका सरकारसंग अघोषित युद्दको सुरुवात गरे । सन २००९ मे १६ सम्म चलेको उक्त हिंसात्मक संघर्षमा श्रीलंकामा बसोबास गर्ने सबै जाति र धर्मका हज्जारौ हज्जार नागरिकहरुको ज्यान गयो भने सरकारी तथा नागरिकहरुको  भौतिक सम्पति पनि उल्लेखनीय मात्रामा हानि नोक्सानी भयो अन्तिममा काबिल तथा निडर सिंहाली रास्ट्रपति राजापाक्षेको सरकारले सन २००९ मे १७ मा उक्त हिंसात्मक आन्दोलनलाई आफ्नो नियन्त्रणमा लिन पूर्ण रुपमा सफल भयो । उक्त मिति देखि आजको मिति सम्ममा शार्क रास्ट्र श्रीलंकामा शान्ति छ ।

श्रीलंकामा गृहयुद्ध मच्चिनुमा छिमेकी भारत तथा पश्चिमा रास्ट्रहरुको ठुलो लगानी तथा देन रहेको छ भनेर ईतिहासले देखाउछ । सन १९९० मा भारत सरकार आफैले लगाएको आगोलाई नियन्त्रण गर्न नखोजेको पनि हैन तर भोकाएको माकुरोको बच्चाले आफ्नै माउ खान्छ’ भन्ने उखानलाई चरितार्थ गर्दै भारत सरकारले गरेको कारबाहीको जवाफमा सन १९९१ मा लिट्टेको आत्मघातीदस्ताले भारतीय प्रधानमन्त्री राजिब गान्धीको हत्या गर्न समेत पछी परेनन  

शार्क मित्र रास्ट्र श्रीलंकाको जस्तै कथा नेपाली भूभागमा फेरी पनि देखिदैछ । २०५१ सालको माओबादीको कथित जनयुद्धले पश्चिमा तथा भारतको मनोकांछाले अझै पनि पुर्णता नपाएको हुँदा छिमेकी भारत सरकार तथा पश्चिमाहरू समेत मिलेर नेपालमा पनि सन १९७६ को श्रीलंकाको जस्तै घटना दोहर्याउन खोज्दैछ जसको प्रत्यक्ष उदाहरण र प्रमाण हो कथित मधेस आन्दोलनको नाउँमा सी.के राउतले चलाएको पृथकताबादी आन्दोलन ।

कथित मधेस आन्दोलन जस्तै भित्रभित्रै पृथकताबादी आन्दोलनको नेतृत्व सी.के राउतले गर्दैछन । श्रीलंकामा बसोबास गर्ने तमिल नेता प्रभाकरणको बाटो हिजो आज सी.के राउतले अंगालेको छन । अहिले सम्म अप्रिय घटना घटाउन सफल भएका छैनन तर भबिस्यमा लिट्टेले जस्तै घटाएको घटना नघटाउलान भनेर पनि भन्न पनि सकिन्न ।

नेपालमा पनि छिमेकी भारतको पुर्बी दक्षिण देखि पश्चिम राज्यहरुबाट थुप्रै भारतिय नागरिकहरू नेपालमा पसेर बन्द ब्यापार देखि खेतीपाती समेत गरि बसेका छन । खेतीपाती देखि ब्यापार गरेर बसेका त्यस्ता नागरिकहरुले नेपाली नागरिकता लिएर राजनीतिमा पस्न सफल भए । देसको प्रमुख राजनीतिक पार्टीहरुमा प्रबेस गरि अन्त्यमा जन्मदाता पार्टिलाई लात हानेर आफ्नै नेतृत्वमा राजनीतिक पार्टी गठन गरेर पटक पटक सत्ताको सुखसयलमा रमाउनेहरुनै अहिले ‘मधेस छुट्टै प्रदेस’ भनेर तराईका नागरिकहरु उचाल्दैछन । महन्त ठाकुर देखि राजेन्द्र महतो हुँदै रामचन्द्र झाहरु यस्तै पात्रहरुमा गनिन्छन ।

बि.स २०५१ सालमा पनि नेपालमा गृहयुद्धकै झल्को दिने गरि माओबादी आन्दोलन चलाईएको थियो । उक्त आन्दोलनको सम्पूर्ण तानाबाना पनि भारतमै बुनिएको हो । माओबादीका सबै शिर्ष नेताहरु भारतमा बसेर आन्दोलन हाँकेको सबुद प्रमाण सहित अन्तर्राष्ट्रिय देखि रास्ट्रिय मिडियाहरुले श्रव्यदृश्य सहित प्रशारण गरेको सामाग्रीहरु त्यसको साक्षी बनेर उभिएको छ । उक्त आन्दोलन बि.स २०६३ सालमा आएर शान्ति सम्झौताको नाउँमा टुंगिएको थियो भने उक्त आन्दोलन टुंग्याउन छिमेकी भारत देखि संयुक्त रास्ट्र संघले ठुलै भूमिका खेलेको थियो ।

नेपालमा फेरी पनि २०५१ सालको जस्तो अप्रिय घटना नघटोस भनेर होला हाल जारि भएको मधेस आन्दोलनलाई लिएर संयुक्त रास्ट्र संघको प्रतिनिधि आएर मधेसी नेता देखि सरकारको प्रतिनिधिहरु संग भेटघाट तथा वार्ता गर्नमा ब्यस्त देखिन्छ । मधेसी मोर्चाले आफ्नो माग पुरा गराउन भनेर सरकारलाई दवाब दिन नेपालको मुख्य बाणिज्यद्द्वार रक्सौल - बिरगंज सिमा नाका थुनेको पनि सयौं दिन भई सकेको छ ।

देसको मुख्य नाका थुनिनु भनेको देसबासिहरुलाई दुख दिनु हो । यसरि मुख्यनाका थुनिंदा ईन्धन, औषधिको अभावमा नेपालीहरुको दैनिक जीवन कस्टकर बन्दै गएको घटनालाई कठित्रुप्मा संयुक्त रास्ट्र संघले चासोको साथ हेरिनु स्वभाविकै हो । संयुक्त रास्ट्र संघ नाम मात्रको संस्था हो । सक्तिसाली रास्ट्रहरुको ईसारामा चल्ने संयुक्त रास्ट्र संघको काम भनेको अनुगमन र निरिक्षण मात्र गर्नु हो त्यो भन्दा अरु केहि पनि हैन ।

संयुक्त रास्ट्र संघको प्रतिनिधी उप महासचिब फेल्टम्यानले मिति २०७२ पौष २४ गते शुक्रवार मधेसी मोर्चाको नेताहरु संग भेटघाट गरि संबिधानमा मधेसी पार्टीको माग सम्बोधन भयो भने मुख्य नाका रक्सौल-बिरगंजबाट मधेसी मोर्चाको कार्यकर्ताहरु हट्छन कि हट्दैनन ? भनेर प्रश्न गर्दा बिषयबस्तुलाई अन्यत्र मोडेर सोधियको प्रश्नको चीत्बुझ्दो जवाफ नदिनु भनेको नेपाललाई पनि श्रीलंकामा जस्तै गृहयुद्धमा धकेल्नु हो भनेर अब पनि बुझ्ने कि नबुझ्ने ?

छिमेकी भारतको प्राय सबै छिमेकी देसहरु संग सुमधुर सम्बन्ध छैन । यी सबै यावत कुराहरु जान्दाजान्दै पनि श्री लंकाको जस्तै घटना नेपालमा पनि दोहर्याउन खोज्नु भारत सरकारको अक्षम्य भुल हो । नेपाल स्वतन्त्र देस हो र स्वतन्त्र देस माथि आँखा लगाएर देस टुक्राउन खोज्नु त्यो राम्रो कार्य हैन ।

मधेस र मधेसीको कथित नारा लाउने तराईबासी नेताहरुको अहिले आन्दोलन भनेको आफु सत्तामा पुग्ने खेल मात्र हो । तराईबासी नेता तथा तिनका बिस्वासपात्रहरु तराईका जनताहरु प्रति उत्तरदायी थिए भने पटक पटक सत्ताको ठुला ठुला पदहरुमा पुग्दा तराइका जनताहरुको बिकासको लागी किन काम गरेनन भनेर अब हाम्रा तराईका रैथाने नागरिकहरुले सोध्नु पर्ने बेला भएन र ?
'मिति: २०७२ माघ ६ गते बुधबार प्रदेस दैनिक हेटौडाको अंकमा प्रकाशित'

No comments: