नामले के नै फरक पार्छ र
हजुर ?
हामीलाई छोटेभाई भनेर
हेप्ने अनि आफु ठुल्दाई बनेर हैकम जमाउने देश भारतमा पनि कुनै समयमा सियो बनेर
पसेर फाली बनेर निस्केका गोराहरूले एकछत्र राज्य चलाएकै हो । त्यहि भएर गुलामोका
देश भनेर हेप्ने मौका पाएका छन ।
गोरा अर्थात अंग्रेज
भगाओ भन्दै जनता जगाउने भन्दै केहि ब्यक्तिहरु नेता बनेर उदाय । कोहि गरमपन्थी
स्वभावका कोहि नरमपन्थी स्वभावका । जे जे पन्थी भए पनि काम एकै थियो भने जाबो
नामले के नै फरक पारेको छ र ।
अंग्रेज खेदे पछी मिलेर
देसको बिकास गर्नु पर्नेमा एउटा कित्ता
कांग्रेस तिर आर्को कम्युनिस्ट बने । कांग्रेसीहरुले जयहिन्द भन्ने चलन बसाए भने कम्युनिस्टहरुले
लाल सलाम । एउटा सुद्ध देसी आर्को आयातित । जे जसरि अभिवादन गरे पनि नामले के नै
फरक पारेको छ र ।
उता अंग्रेजको गुलाम
यता नेपालमा राणा शाहीको दास जस्तै बनेका जनताहरु । उताकाले अंग्रेज भगाए । यताका
ले राणालाई खेदे । अंग्रेज हुन या राणा दुवैले जनता माथि अन्याय र अत्याचार गरेर
कुस्त सम्पति जोडेकै हुन । हिन्दुस्थानबाट खेदिन बाध्य भएका अंग्रेज हुन या नेपाले
जनताले खेदेका राणा । आखिरमा दुवै खेदिएका हुन भने
अहिले सम्म कोहि
कसैको गुलामीमा नपरेको देस भनेर चिनिने सुन्दर शान्त देस नेपाललाई असान्तीको
भुमरीमा जाकेको १९९७ साल देखि हो । उतिबेलाको राणाशाहीले आफ्ना प्रजा
भड्काउनेहरुलाई ‘बागी’ भन्थे । देसको भूमिमा खोलिएको पहिलो पार्टी ‘प्रजा परिषद’
का नेताहरु कोहि पक्राउ परे । कोहो भागेर हिन्दुस्थान पसे । पक्राउ खानेहरु कोहि
फाँसीमा चढे भने कोहीलाई गोलि ठोके । फाँसी लाए पनि गोलि ठोके पनि आखिरमा मारिनेनै
हो भने नामले
उति बेलाका राणाशासनका
बागीहरुले नेपालमा राजनीतिक पार्टी खोल्ने हुत्ति त्यहि भएर नगरेका हुन । ज्यानको
माया सबैलाई हुन्छ । ‘ज्यू रहेको खान पाईन्छ घ्यू’ भन्ने खाँटी नेपाली उखान त्यसै
जन्मेको हैन । राणाको डरले लुगलुग कामेकाहरु हिन्दुस्थानमै बसेका थिए भने कोहि
पसेका थिए । नेपालबाट राणा शासनलाई जसरि पनि खेद्नु पर्छ भन्ने अठोट बोकेर बसेका
देखि बसेकाहरुले कांग्रेस पार्टी जन्माए भने पसेकाहरुले कम्युनिस्ट पार्टी । दुबैको
उद्धेश्य राणाशाही खेद्नु थियो भने पार्टीको नामले के नै फरक पारेको थियो र ।
मिलेर बस्न नसकिने
जन्तुको नाम भन्नुस भन्यो भने ‘कुकुर र बिरालो’ भनेर भन्ने गरिन्छ । घरका दुई जना
झगडा गरे भने कत्ति कुकुर र बिरालो जस्तरी झगडा गरेको भनेर मुलिले हपार्ने गर्छन ।
हाम्रा कांग्रेस र कम्युनिस्ट दाज्यूभाई हुन । उमेरमा कांग्रेस दाई हो भने
कम्युनिस्ट भाई ।
सत्ता र भत्ताको कठिन
चुचुरो आरहण नगरे सम्म यी दुवै दाज्यूभाई नङ र मासु जस्तै हुन्छन भन्ने उदाहरण
२००७, २०३६, २०४६ देखि २०६४ सालमा दिएका छन । जब सत्तारुपी आरोहण चुम्छन त्यसपछि तँ
ठुलो कि मा ठुलो भन्ने घमण्ड देखाउन थाल्छन । घर झगडा मिलाउने भन्दै बिदेसी काल
पल्काउनमा यी दुबैलाई कसैले जित्न सक्दैन । देश र जनताको लागी सिन्को नभाच्ने अनि ‘तै
रानी मै रानी कस्ले भर्ने त कुवाको पानि’ चरित्र बोकेका छन भने नेपाली कांग्रेस हुन
या नेपाल कम्युनिस्ट पार्टी नामले के नै फरक पारेको छ र ।
हात मुट्ठी पारेर
आकास तिर फर्काउदै लाल सलाम भन्नेहरु लाई ‘कम्युनिस्ट भनिन्छ । २००६ सालमा
हिन्दुस्थानमा जन्मिएको नेपाले कम्युनिष्ट ७ वर्ष नपुग्दै टुक्राटुक्रा बनि सकेको थियो । कम्युनिस्ट
भनेको शोषित, पिडित, गरिब मजदुर, किसानको पार्टी हो भनेर फुई लाउछन । कम्युनिस्टले
धर्म मान्दैन । धर्म भनेको अफिम हो भनेर पढ्छन अनि पढाउछन । जब क्रान्ति गरेर
सत्ता र भत्ताको स्वादमा रमेसी ‘क्रान्ति देखि धर्म भाड्मे जाय’ भन्दै स्व. भैरव
अर्यालको आलु निबन्धलाई पालना गरेका छन । नेपाले कम्युनिस्ट पार्टीमा जोडिने हैन
तोडिने क्रम भने जारि नै छ । फुटे पछी नाम बदलिन्छ । नाम बदलेर के भो सिद्धान्त
एकै भएसी नामले के नै फरक पारेको छ र ।
२०६४ सालमा राजतन्त्र
फालेर गणतन्त्र जिन्दाबाद भनेको जनता देखि प्रधानपन्चहरु लाई फिटिक्क मन परेको
थिएन । देसमा सनातनी हिन्दु धर्म अनि राजा सहितको प्रजातन्त्र चाहिन्छ भनेर नारा
घन्काए । थापा, राणा, चन्द देखि राजाबादी जस्ता बाईसे र चौबिसे बने । काम र
उद्धेश्य एकै हो तर नामले के नै फरक पारेको छ र ।
This comment has been removed by a blog administrator.
ReplyDelete