-जनकमान डंगोल
‘र’ नेपाली भाषाको बर्णमालामा ‘क’ पछी २७ नम्बरमा आउने अक्षरलाई ‘र’ भनिन्छ । सधै लामा अक्षरको शब्द बनाएर लेख डाम्ने गरेकोमा आज एकथान अक्षर ‘र’ महिमा गाम्ने बिचार पलाएकोले सोहो व्यहोरा तल डाम्ने निर्ने गरियो । जान्नेलाई हैन बुझ्नेलाई यो डमाई श्रीखण्ड नबुझ्नेलाई तात्तोन छारोको रच्छ भनेर बुझ्नुहोला ।
‘र’ बाट बनिने शब्द असंख्य छन । शिक्षा दिने मास्टर अर्थात गुरु, कानूनको खेल देखाउने ब्यारेस्टर अर्थात वकिल, मुन्छेको ज्यान बचाउने डाक्टर अर्थात चिकित्सक, जनतालाई सहि सुचना दिने लिने अर्थात कुल्ली कवाडी भन्दा पनि थोरै तलब खाँदै राज्यको चौथो अंग भनेर घिरम्ले नाक बनाउने पत्रकार, जान्ने गम्किने नजान्ने चम्किने विधा साहित्यकार, नाच्ने गाम्ने कलाकार देखि नगद नारायणको खेलो गर्ने ब्यापार ।
देस खत्तम भो भनेर सबै भन्दा बढी चिन्ता लिनेमा यिनै माथिका ‘र’ हरु पर्दछन । यिनीहरुको काम भनेको चिन्ता गर्ने तथा गराई दिने मात्र हो । रोजगारमा रैथाने देशबाहिर बडाभाईका देस भित्र बाकि रहेका चै बेरोजगार । फुर्ति देखाम्ने बाहेक अरु केहि नाप्न सकेका हैनन । यदि सच्चा रास्ट्रबादी भई दिएको भए देसको स्थिति आज यस्तो हुन्नथ्यो ।
हाम्रो पेशालाई मात्र किन ब्यंग्य गर्यो भनेर अम्लो ठड्याउनु होला । यो चुस्स डाम्ने डाम्नाकारले जे देख्यो भोग्यो त्यसैलाई बयान मात्र गर्देको हो । २०३६ सालमा भुरा अर्थात बिधार्थी जीवनमा देसको शासन ब्यबस्था ठिक भएन बदल्नु पर्छ भनेर भुराहरुलाई उचाल्ने मास्टर हुन । भुरा पढाउन छाडेर जनतालाई ब्यबस्था बिरुद्ध उचाल्ने मास्टरहरुनै अहिलेका ठुला ठुला नेता भएर प्रधानमन्त्री देखि मन्त्रि पद पड्काउन सफल भएका छन ।
मास्टरलाई पुलिसले समातेर थुन्यो भने अनेक थरिको तर्क, बितर्क देखि कुतर्क लाएर छोडाउनेहरु ब्यारेस्टर भन्ने वकिलहरु हुन । हुलदंगा अशान्ति भएको बेलामा शान्ति सुरक्षाको लागी खटने पुलिस हुन । पुलिसले बोकेको बन्दुकमा लाग्ने गोलिको आँखा हुन्न । गोलि लागेसी ओखती उपचार गर्ने डाक्टर भन्ने चिकित्सक हुन । पुलिसले गोलि चलायो भनेर अस्पताल बन्द गर्ने पनि यिनै डाक्टरहरु थिए ।
साहित्यकार देखि कलाकार भन्ने पेशा पनि छ । जनतालाई आफ्नो कला देखि गला बजाएर मन्त्रमुग्ध पार्ने यी माता सरस्वतीका सन्तानहरु नास्तिकेहरुको भजन गाम्न खटिए । यिनीहरुको कला र गला नभएको भए जनता पक्कै पनि जागृत हुन सक्दैनथियो ।
ब्यापार भन्ने खत्रा पेशा पनि छ । सबै भन्दा शक्तिशाली यो पेशामा लाग्नेहरु जनता लुटेर पार्टीका नेताहरु पोस्छन । १०० दिएर हजार असुल्ने कला भएको यहि ब्यापार गर्नेहरु नभएको भए देसमा पटक पटक शासन ब्यबस्था बदलिन सक्दैनथ्यो ।
आफुलाई बडाभाई भनेर थर्काउने देखि तर्साउने छिमेका पनि ‘र’ भन्ने संस्था छ । त्यो संस्थाको काम भनेको छिमेका गएर नेता, बेपारी, पत्रकार देखि अन्य नाम चलेका मुन्छेहरुलाई कुस्त दाम खर्चिंदै आफ्नो बसमा पार्दै आफु मदारी बनेर बाँदर नचाको जस्तरी नचाउनु हो । सात साल देखि आजको मिति सम्ममा नेपालमा जे जति शासन ब्यबस्था परिवर्तन भए त्यसो हुनुमा बडाभाई भनेर ध्वाँस जमाउनेको ठुलो हात छ भने तिनलाई मलजल गर्दिने नेता अनि तिनीहरुको ईसारामा नाच्ने चै माथिकै ‘र’ हरु हुन ।

पत्रकार भनेको राज्यको चौथो अंग हुन भनेर बखान लाम्छन । नाम स्वतन्त्र काम
पार्टी तथा नेताको भजन गाउने पत्रकारहरु जनता उचाल्न र पछार्नेहरुले हावामा कस्ता
कस्ता शब्दको गोलि बर्साउछन त्यसको बयान गर्नु पर्ला ?
साहित्यकार देखि कलाकार भन्ने पेशा पनि छ । जनतालाई आफ्नो कला देखि गला बजाएर मन्त्रमुग्ध पार्ने यी माता सरस्वतीका सन्तानहरु नास्तिकेहरुको भजन गाम्न खटिए । यिनीहरुको कला र गला नभएको भए जनता पक्कै पनि जागृत हुन सक्दैनथियो ।
ब्यापार भन्ने खत्रा पेशा पनि छ । सबै भन्दा शक्तिशाली यो पेशामा लाग्नेहरु जनता लुटेर पार्टीका नेताहरु पोस्छन । १०० दिएर हजार असुल्ने कला भएको यहि ब्यापार गर्नेहरु नभएको भए देसमा पटक पटक शासन ब्यबस्था बदलिन सक्दैनथ्यो ।
आफुलाई बडाभाई भनेर थर्काउने देखि तर्साउने छिमेका पनि ‘र’ भन्ने संस्था छ । त्यो संस्थाको काम भनेको छिमेका गएर नेता, बेपारी, पत्रकार देखि अन्य नाम चलेका मुन्छेहरुलाई कुस्त दाम खर्चिंदै आफ्नो बसमा पार्दै आफु मदारी बनेर बाँदर नचाको जस्तरी नचाउनु हो । सात साल देखि आजको मिति सम्ममा नेपालमा जे जति शासन ब्यबस्था परिवर्तन भए त्यसो हुनुमा बडाभाई भनेर ध्वाँस जमाउनेको ठुलो हात छ भने तिनलाई मलजल गर्दिने नेता अनि तिनीहरुको ईसारामा नाच्ने चै माथिकै ‘र’ हरु हुन ।
शासन ब्यबस्था कुनै पनि नराम्रो हुन्न । त्यसलाई राम्रो र नराम्रो बनाउने
जनताले चुनेको नेताहरुले हो । नेपालमा भाको ‘पंचायत’ देखि नसहने तर छिमेकमा
पंचायती शासन कसरि फुल्यो भनेर हेक्का नराख्ने माथि उल्लेखित ‘र’ हरुले कहिले पनि
आफ्नो मगजले काम गरेनन । यदि गर्थे भने बुझ पचाउँदै देसमा पटक पटक आन्दोलन गराएर
शासन ब्यबस्था बदल्ने काम गर्दैन थिए ।