Wednesday, September 07, 2016

बाठो पल्टेसी देखिने नतिजा यस्तै हुन्छ


भाद्र २१ गते मंगलवारका दिन नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता शंकर पोखरेलले तराईका नेपाली जनताहरुको बिषयलाई लिएर सामाजिक संजाल twitter  मा एउटा twitt पोस्ट गरे । पोखरेलले twitter  मा गरेको twitt सामाजिक संजाल facebook मा समेत धेरैले share  गरे ।  
हेर्नुहोस twitte  


शंकर पोख्रेल नेपाल कम्युनिस्ट पार्टी एमालेको जिम्मेवार नेता हुन । अहिलेको बदलिँदो परिस्थिमा पोखरेलले गरेको twitt लाई अर्थको अनर्थ लगाएर सामाजिक संजालमा ब्यापक बिरोध भयो भने तराईको जिल्ला गौरमा तराईका केहि ब्यक्तिहरुले पोखरेलको पुत्ला बनाएर दहन समेत गरे ।
नागरिक न्युजमा छापिएको तस्बिर
नेपालको हिमाली भेगमा हिउँ पर्छ ।  हिउँ भनेको चिसो बस्तु हो ।  हिमाली भन्दा मुनिको पहाडी भेगमा चिसो हुन्छ । हिउँको कारणले गर्दा चिसो हुनेनै भयो । चिसो स्थानमा बस्ने मान्छेहरु गोरा हुन्छ । तराई भनेको गर्मि ईलाका हो र गर्मि स्थानमा बस्ने मान्छेहरु काला हुन्छन । खेतिबारीको होस या अन्य बाहिर स्थान कामकाज गर्दा घामले डढेर कालो हुनु स्वाभिबिकै हो ।

२०४६ साल पछी नेपालमा वाक स्वतन्त्रता दिएको छ । वाक स्वतन्त्रताको उपयोग गर्दै एमाले नेता पोखरेलले तराईका जनताको रुपरंगलाई लिएर त्यसमा संबिधान घोषणा भएको दिन असोज ३ गते जोडिदिए । के निउँ पाउ कनिका बुकाउ भन्नेहरुले पोखरेलको twitt मा रंगभेद भन्ने शब्द जोडिदिए । ‘रंगभेद’ भन्ने शब्द निकै गहन शब्द हो ।  शब्दको अर्थ बुझेर पनि बुझ पचाएको नतिजा हो एमाले नेता शंकर पोखरेलको अहिलेको twitt विवाद । अर्थ नबुझेको भएर होला २०४६ साल पछी नेपाली कांग्रेसका नेता स्व.गणेशमान शिंहले राखी दिएको ‘भेडा’ शब्दले आज आएर पुन: सार्थकता पाएको छ ।

हिजोआज जात देखि बर्ण जोडेर बोल्नु तथा लेख्नु महा अपराध हो भन्ने भावनाको बिकास भएको छ । तराइका मान्छेहरुलाई अन्य क्षेत्रका मान्छेहरुले ‘मदेसी’ भन्यो भने हिनभावना महसुस गर्छन । त्यस्तै जातिमा पनि छ । आफैले आफैलाई दलित देखि मधेसी भनेर ‘आरक्षण’ को नाउँमा राज्यको ढुकुटी दोहन गर्न पाईन्छ तर अन्य जातिले दमै, कामि, शार्की, पोडे, च्यामे, मेत्तर भन्यो भने हाम्रो जातिको खिल्ली उडायो भनेर ७ रेक्टरको भुईचालो निकालेर संसार हल्लाउन पछी पर्दैनन । ताल परेको खण्डमा मानहानिको मुद्धा समेत लगाउन पछी पर्दैनन ।

क्रान्तिको माध्यमबाट गाउँ टोल हैन संसारनै परिवर्तन गर्न सकिन्छ भन्नेहरु कम्युनिस्ट हुन । कम्युनिस्ट पार्टीका विभिन्न घटकहरु मध्ये एमाले पार्टीका नेता हुन शंकर पोखरेल । हिजो आफैले रंगभेद, जातीय तथा पहिचान देखी शोषक र सामन्तको बिरुद्धमा बिगुल बजाउने नेताले आज आएर रंगभेदको कुरा गर्नु अलि अपाच्य नै हुने भो ।

बिरोध देखि पुत्ला दहन सहन नसकेर पोखरेलले आफ्नो twitter खाताबाट उक्त twitt  लाई त हटाए तर आफ्नै पार्टीको अध्यक्ष तथा पुर्व प्रधानमन्त्री के.पी.वली ले दिएको बचन बाणलाई मनमा ईख राखेर पालेका तराईबासीले मौकाको फाईदा उठाउदै नेता शंकर पोखरेलको पुत्ला दहन गरेर एमाले पार्टी माथि मज्जैले साटो फेरेको छन भन्ने ज्वलन्त उदाहरण पनि दिए ।
twitt हटाए पछी नेता पोखरेलको प्रतिक्रिया

हावाको बेग पत्ता लाउन नसक्ने एमाले नेता शंकर पोखरेल अपरिपक्व नेता रैछन भन्ने कुरा आज प्रमाणित भएको छ । आफैले हानेको गोलिले आज उनि आफै ठहरै भएका छन । जस्तो रोप्यो त्यस्तै फल्छ । जस्तो सिकायो त्यस्तै सिक्छन भन्ने ज्ञान भएको भए यस्ता twitt  पक्कै पनि गर्दैन थिए होलान ।

लेखाईको शारांस बुझ्ने जो कोहीलाई पनि नेता पोखरेलको twitt अप्रिय लाग्दैन । भन्न खोजेको कुरा ठिक पनि हो तर कांग्रेसी नेता स्व.गणेशमानको भेडा जनताहरु बस्ने देसमा अर्थ बुझ्दिने भएको भए देसको आज यो गति हुदैनथ्यो । असोज ३ गतेलाई ‘कालो दिबस’ भन्नेमा यो पंक्तिकार पनि पर्दछ तर अहिलेको यो समयमा तराईको मान्छेलाई काले भनेर भन्ने हिम्मतचै पक्कै पनि गर्दैन ।  

No comments: