-जनकमान डंगोल
थुम्मने भेडा भेडी र तिनका सन्तान अनि घोर्ले खसी देखि सिँगाने बोकाका
सन्तानहरु लाई मटन, कुखुरी काँ भनेर गाम थर्काउने साखिनि देखि विकासे लोटन, सेता ब्वाईलर हुँदै
पुर्बेली भाकामा
भन्ने डीम्मालाई एक मदेस्का बासिन्दाहरले भनिलिने अण्डा अर्थात फुल पार्ने लेयर्स
देखि खांटी लोकलको भाले पोथीलाई चिकेन, बंगलादेस देखि छिमेकी भारत हुँदै दशैँ त्यार तथा
संक्रान्तिको लागी नेपाल काज खटि आम्नु भएर आफ्नो अमुल्य ज्यु ज्यानको आहुति दिन
बाध्य पारिएको चिप्रे राँगो देखि थारो भैंसी अनि तिनका सन्तान पाडा पाडीलाई बफ, दाना खार पुट्ट भाको
नेपाले लोकतन्त्रे नेता तथा तिनका नजिकका हुक्के बैठके झोले कार्यकर्ताहरु जस्तै
पोटिला सेता विकासे बंगुर देखि गाम्घरा खोले फाँडो खार हुर्केका काला हुर्रा भनिने सुँगुरलाई पोर्क, तिम्रा माता हुन कि
पिता तर हाम्ले खान पाउनै पर्छ भनेर ज्यान फाल्न तयार हुने केहि थान जनजाती देखि
ईज्जत धर्म फालेर गतिछाडा हुने केहि तागाधारीका प्रिय जिनिस गाई गोरुलाई बिफ मिट भनेर
न्वारन गर्ने पनि कुनै समयमा हिन्दुस्थानीहरु माथी राज गर्ने पश्चिमा फिरिंगी
भन्ने गोरा र कुईरेहरुनै हैनन ?
मुन्छेको जस्तरी बोलि बोल्न नसक्ने ति निर्दोष प्राणिहरुको हत्या गर्दै पोलेर
बनाको जिनिसलाइ छोईला, काँचै नुन खुर्सानी मर मसला हालेर मोलेकोलाई कचिला, परपर तेला भुट्या
भुटुवा, १ पाउमा एक अंखोरा पानि हालेसी तयार हुने झोल्वाला, मिसमास, नेवारी भोजा जमाएर बनाईने
तख्ला, ह्याकुला फ्राई,
भेजा भन्ने गिदी फ्राई, अहिलेका भुरा
भुरीहरुको प्रिय जिनिस मम्चा, देखि बरिस्ट नागरिकले मन पराम्ने सुरुवा, टिनबिर्के देखि
खोयाबिर्के मार्का ट्वाँकेहरुलाई मन पर्ने गोडी भन्ने खुट्टी फ्राई आदि आदि
ईत्यादी बन्नलाई रेटेर, सेरेर, कुटेर, पिटेर, चुटेर, छ्प्क्यायेर, भालाले घोपेर, पासोमा पारेर तड्पाएर, ईस्लामिक धर्मालम्बी भाकाको
हलाल गरेर वा काना हेडफुन ला जस्तरी इलेक्ट्रिक सट भन्ने करेंटो लार अथवा जे जस्तो
गरेर भए पनि परान नलिए सम्म मासु अर्थात सिकारको थरि थरिको जिनिस बन्ने हैन क्यार
।
बुढामाराज पृथ्बीनारानले ठोकठाक पारेर, तर्सार, थर्कार जोड्देको नेपाला जब हिन्दुहरुको चाडपर्वको बेला आउछ अनि बिक्रम ट्याम्पुको
भाकामा 'पशु, पंक्षीको अधिकार
बहाली गर, पशु पन्छी मार्न पाईदैन,
'पशु पंक्षीको जीवन रक्षाको ग्यारेण्टी गर’ भन्दै घाटीमा अनेक थरिको गोरा र कुईरे भाकामा डाम्या जिनिस
झुन्ड्याउदै स्वयम्भु देखि पस्पति हुँदै
बनकालीको हाम्रा पुर्खाहरुको स्टाईला सालै पिच्छे बुर्लुक्क बुर्लुक्क बर्षेनी कुर्लिने तिमेरुजस्ता जन्तुहरुलाई ह्युमने राईट भन्दा रच्चननि
हैन ता ।
मुन्छेहरको जस्तै थलचर देखि जलचर सम्मको जीवन बचाउने ठेक्का लिएका हाव राईटे (अधिकार) कर्मीहरु श्री ३ माराज राणाहरुको शासन देखि पन्चेत, पन्चेत फालेर हुल्देको प्रजातन्त्र देखि धर्म निरपेक्ष गणतन्त्र सम्ममा आईपुग्दा ईन्कलाबको नारा घन्काउने क्रान्तिबीरहरुले सोझा सिधा गरिब नेपालीका सन्तानहरु नमारिकन तिनीहरुको क्रान्ति सफल भयो ?
महान जनयुद्धको नारा घन्काउने बेलामा ‘दुश्मन’ को पगरी आफ्नैहरुलाई भिरार
चक्कुले हलाल गर्दा होस वा ज्युज्यानमा बम बाँधेर त्यारमा पटका पडका जस्तरी
पड्काउँदा होस, कुटीकुटी सरिरमा परान हुँदाहुँदै पनि जिम्दै लगेर खाल्डामा गाड्दा देखि
बाटामा दौडेका गाडी रोकेर त्यो गाडीमा भका मुन्छेहरुलाई थुनेर गाडीमा प्याटूल
छर्केर अग्निदहन गर्दा कता मुन्टीनु भाथ्यौ हँ ह्युमनेहरु ?
बारा जिल्लाको बरियारपुरमा पर्ने गढ़िमाई मेलामा निर्दोष पशु पन्छीको हत्या भो
भनेर संसारनै उचाल्ने तिमि पश्चिमा फिरिंगीका बानहरु अनि तिनीहरुको जुठोपुरोमा
रमाउने घरका भेदी लंका ढहायको भूमिकामा अब्बल ठरियेका नेपाले बिभिशनरुपी डाम्नाहरुले
तिमि फिरिंगीका देशहरुमा प्रभु मसिको नाउँमा गोरु, भेडा देखि समुन्द्राबस्ने ह्वेल
मछलीहरुलाई तड्पाई तड्पाई मार्दा त्यताका पशु पन्छिहरुको चै बाच्न पाउने अधिकारको
हनन भयो कि भएन ?
आफ्नो आंगमा भैसी नदेख्ने तर आर्काको ज्यु ज्याना जुम्रो देख्ने तिमीहरुको
लिलालाई सारा जगतले चिनि सकेका छन । तिमि पश्चिमाहरू भनेका सियो बनेर पस्ने अनि
फाली बनेर निस्किने जीव हौ तर क्यार्ने आफ्नै देसमा बिभिष्ण जन्मेसी तिमेरुमाथि
धारे हात लार क्यार्ने ।
..
कामना पत्रिका २०७३ को गाईजात्रे अंकमा प्रकाशित