Sunday, August 21, 2016

'बेलाको बोलि'

जनक मान डंगोल 
माथिको शिर्षक नेपालका नाम चलेका एक जना प्रख्यात लेखक तथा गालिबाबा श्री खगेन्द्र संग्रौला अर्थात 'कुन्सांग काका' ले प्रयोग गर्छन ! 

शिर्षक कसैको पनि पेवा हुन्न र त्यहि भएर मैले पनि आज त्यहि शिर्षक दोहर्याएर प्रयोग गर्न बाध्य भएको छु !

शिर्षकको खडेरी परिहालेको त भन्न मिल्दैन ! तर कहिलेकाही बिषय अनुसार शिर्षक राख्नु पर्ने बाध्यता भने हुँदो रैछ !
 
पुर्व क्रान्तिकारी लडाकु तथा पत्रकार देखि यौनबादी कबि हुँदै खाडीमा गएर अन्य नेपालीहरुले सरह रोजगारको अनुभव बटुल्न भ्याई वरी हाल नेपाल फर्केर फेरी पनि राज्यको चौथो अंग भनिने पत्रकारितामा लागेका व्यक्तिको नाम हो दिल निसानी मगर !

खाडीमा पसिना बगाउदै तिक्खर लेख रचना सेतोपाटी देखि अनलाईन खबर जस्ता चर्चित बिधुतिय पत्रिकामा पस्केर लाखौ देसी बिदेसी नेपालीहरुको मन जित्न समेत सफल भएका थिए दिल निसानी मगरले !

मतवाली जातलाई लाखौ पाठकहरुको मान सम्मान पच्दैन रैछ भन्ने कुरा दिल निसानी मगरले राम्रै संग उजागर गरेर देखाई दिएका छन !

हिजोको सिंगो नेपाल कम्युनिस्ट पार्टी माओबादी आज हातबाट झरेर खसेको काँसको सिसा जस्तरी टुक्रा टुक्रामा बिभाजन भएको छ !  


माओबादी पार्टी गठन गर्नुमा हामी जस्ता हज्जारौ युवाहरुको रगत पसिना परेको छ ! युद्धको मैदानमा गएर हाम्रा धेरै साथीहरुले सहादत प्राप्त गरे ! अझै पनि सयौले अपांगको जीवन बिताउनु परेको छ ! पार्टीको कारणले गर्दा लाखौ युवाहरु बिदेसिन बाध्य भएका छन र त्यसरी बिदेसिनेमा म पनि थिए त्यसैले टुक्रा टुक्रामा बिभाजन हुनुहुन्न ! पार्टी फेरी एक ढिक्कामा परिणत हुनु पर्छ भनेर दिल निसानी मगरले भन्नु पर्ने हैन ?
हुक्के, बैठके देखि चाटुकारिताले सिमा नाघ्यो भनेर राणा शासनको बिरोध गर्ने हाम्रै बाजेहरु हुन भने पंचायतमा पनि त्यस्तो गर्नेहरु नदेखिएको हैन ! नेपालमा २०४६ सालमा प्रजातन्त्र स्थापना भए पश्चात चाटुकारिता प्रथा हट्नु पर्नेमा झन् मौलाएर आयो ! त्यसैलाई निर्मुल गर्ने भनेर थुप्रै निसानिहरु माओबादी पार्टीको झण्डामुनि एक भएर युद्धको मैदानमा होमिए !

हिजो युद्ध लड्ने माओबादी पार्टी नाम बदलिंदै हाल माओबादी केन्द्र भएको छ ! हिजो माओबादी पार्टीका अध्यक्ष क.प्रचण्ड देखि हाल आफ्नै पहलमा नयाँ शक्ति नेपाल भन्ने पार्टी खोलेका नेता बाबुराम भटराईको बिरोधमा दिन निसानी मगरले के कस्ता भाषा प्रयोग गरे ?

आज आएर सरकारमा माओबादी केन्द्र पार्टीका अध्यक्ष क.प्रचण्ड प्रधानमन्त्री बन्ना साथ भाषा कसरि परिवर्तन भयो ?

हिजो चाटुकारिताको बिरोध गर्ने दिल निसानी मगर आज आएर चाटुकारितामा राणा सासकका चाटुकारहरुलाई मात दिन सफल भएका छन र सामाजिक संजालमा दिल निसानी मगरले पोस्ट गरेको स्टाटसहरुले त्यसको झल्को राम्रै संग दिन सफल भएको देखिन्छ ! सायद यसैलाई भन्छ होला खगेन्द्र संग्रौलाको भाषामा ‘बेलाको बोलि’ !
..
माथिका सबै तस्बिरहरु दिल निसानी मगरको फेसबुकबाट साभार गरिएको हो !