-जनकमान डंगोल
कुनै गाउँमा एउटा भोका स्याल आएर ‘चिल आयो, चिल आयो’ भनेर कराउँदो रैछ । सोझासिधा गाउँलेहरु स्यालको कुरामा बिस्वास मानेर आकाश तिर फर्केर हेर्दो रैछ । गाउँलेहरु आकाशतिर फर्केको मौका छोपेर बाठो स्यालले खोरबाट कुखुरा टिपेर टाप कस्दो रैछ ।
कुनै गाउँमा एउटा भोका स्याल आएर ‘चिल आयो, चिल आयो’ भनेर कराउँदो रैछ । सोझासिधा गाउँलेहरु स्यालको कुरामा बिस्वास मानेर आकाश तिर फर्केर हेर्दो रैछ । गाउँलेहरु आकाशतिर फर्केको मौका छोपेर बाठो स्यालले खोरबाट कुखुरा टिपेर टाप कस्दो रैछ ।
बिगत केहि दिन देखि पत्रपत्रिका देखि सामाजिक संजालको भित्तोहरुमा ‘कर्णाली
बचाउँ’ भन्ने जेहाद छेडिएको छ । स्वदेस देखि बिदेसबाट छेडिएको यो जेहादले
सत्तासिनहरुको कान पक्कै पनि पाकेको हुनु पर्दछ तर कर्णाली सम्झौता बदर गर्ने
हिम्मत भने कसैले पनि गरेका छैनन ।
२००७ सालमा नेपालमा पहिलो पटक प्रजातन्त्र आयो । प्रजातन्त्र ल्याउन भनेर
त्याग र तपस्या गर्ने नेपाली जनताहरु हुन । नेपालि जनताहरुको त्याग र तपस्याको
उपहार पहिलोपटक कोशी र दोश्रो पटक गण्डक सम्झौता भारत संग गरेर देखाउने नेपालका
बहादुर पार्टी नेपाली कांग्रेसका नेताहरु थिए । यी दुवै सन्धि र सम्झौता २००७ देखि
२०१५ सालको बिचमा भएको थियो ।
नदि बेचे तर सडकमा निस्केर बिरोध गर्न कोहि आएनन । २०१७ सालमा नेपालमा दलविहीन
पंचायती ब्यबस्था घोषणा गरियो । नदिबेचुवा कांग्रेस भनेर झिनो स्वरमा भने ।
त्यस्तो भन्नेमा अरु कोहि नभएर हिजो कांग्रेस तथा कम्युनिस्टको समर्थनमा नारा
लाउनेहरू एक्कादुक्काहरुनै थिए ।
नेपालमा प्रजातन्त्र हामीले गर्दा आएको हो भनेर घिरम्ले नाक बनाउने कांग्रेस
तथा कम्युनिस्ट पार्टीहरुमा लाग्नेहरु हुन । नेपालमा २००७ साल देखि आजको मिति
सम्ममा जति पनि क्रान्ति तथा आन्दोलन भयो र त्यो आन्दोलनमा बिचको भूमिका निभाउने
छिमेकी भारतका सत्तासिन नेताहरु हुन । बिचौलियाको भूमिका निभाए बापत नदीनाला
लैजाने गर्छन । कांग्रेस पार्टी सत्तामा पुग्नासाथ नदिनाला छिमेकी भारतलाई दिनुको
हतारको कारण यहि नै हो । छिमेकी भारत बिना नेपालमा राजनीति परिवर्तन सम्भव छैन
भन्ने यो जस्तो ठुलो पुख्ता प्रमाण अरु के हुन्छ ।
हिजो कोशी देखि गण्डक छिमेकी भारतलाई सित्तैमा दिइयो । झिनो स्वरमा बिरोध भयो
। २०४६ साल पछी प्रजातन्त्र आएको खुसियालीमा महाकाली दिइयो । महाकाली नदीको सन्धि
हुँदा राजधानी देखि देसका ठुला सहरहरुमा बिरोधको जेहाद छेडियो । राजधानी
काठमान्डौको सडक पेटीहरुमा रहेको रेलिंग भाँचेर जात्रा देखाए । सरकारमा नेपाली
कांग्रेस विराजमान तर बिरोध गर्ने कम्युनिस्ट पार्टीका नेता देखि कार्यकर्ताहरु । न महाकाली सन्धि खारेज भो न हिजोका कोशी देखि
गण्डकी सम्झौता खारेज गरिए । स्याल हुईय्या भनेको यस्तैलाई भनिन्छ ।
राणा शासन हटाउनमा पहिलो पटक मुख्य सहयोगीको भूमिका निभाए बापतको उपहार कोशी र
गण्डक, पंचायति शासन हटाउनमा दोश्रो पटक मुख्य सहयोगीको भूमिका निभाए बापत महाकाली
र अहिले तेश्रो पटकमा गणतन्त्र हुल्देको बापतमा दक्षिणास्वरूप फेरी कर्णाली नदि
उपहार दिने पनि अहिलेका राजनीतिक पार्टी कांग्रेस तथा कम्युनिस्टका नेताहरु हुन ।
२०४६ साल देखि आजको मिति सम्ममा खांटी स्वतन्त्र नेपाली जनताहरु भेटन सकिदैन ।
नेपाली जनताहरुलाई विभिन्न पार्टीका आस्थावान कार्यकर्ता देखि समर्थक बनाउनमा
अहिलेका पार्टीका नेताहरु सफल भएका छन । आफ्नो पार्टीको लागी भनेर ज्यु ज्यान समेत
अर्पिंन पछी हट्दैनन भन्ने कुरा विभिन्न समयमा देखाएको आन्दोलनले पुस्टि भै सकेको
छ । देसको लागी नभएर राजनीतिक पार्टीको लागी ज्यु ज्यान अर्पिंन तयार हुन्छन भने
छिमेकीले नदीनाला देखि साँध सिमाना हड्पियो भनेर चित्त दुखाउनुको के नै तुक भो र ।
अहिले कर्णालीको बिषयलाई लिएर जो जसले जेहाद छेडेका छन ति अभियन्ताहरु पनि
कुनै न कुनै राजनीतिक पार्टीमा आबद्ध छन । कांग्रेसले गरेको सन्धि सर्पन बेठिक
भन्ने बिद्द्वानहरु महाकाली सन्धिमा साछी बस्नेहरु चै कसरि ठिक भए । कर्णाली सन्धि
बेठिक भनेर अहिलेका सत्तासिन कम्युनिस्ट पार्टीका नेताहरुले भन्न सक्दैनन । समर्थन
गरेको पार्टी सर्खारमा बसेर सत्ता हाक्दैछ । सन्धि गर्ने पार्टी विपक्षमा बसेका छन
। पार्टीका कार्यकर्ता देखि आस्थावान सिपाही बनेसी आफ्नो सेनापतिको बिरोध गर्न
नैतिकताले दिदैन ।
नैतिकता भएको भए सिमा मिचिंदा देखि नदीनाला बेचिँदा सम्मको घटनाहुँदा नेपाली
जनताहरु सडकमा ओर्लेर बिरोध गर्न सक्नु पर्थ्यो । नैतिकता नभएका पार्टीका
नेताहरुको मोहिनीपाशमा बाँधिएको भएर होला हामि नेपाली जनताहरु चाहेर पनि आफ्ना
पार्टीका नेताहरुको गलत काम र क्रियाकलापको बिरोध गर्न सक्दैनौ भने आफ्ना पार्टीका
नेताहरुले गरेको गलत कामको निउं बनाएर छिमेकीलाई गालि किन गर्ने ?
जबसम्म अहिलेका च्याउ पार्टीका नेताहरुको मोहिनीपाश बाट नेपालीहरु जनताहरु
मुक्त हुन्नन तबसम्म बिरोध गर्नुको कुनै अर्थ हुन्न । भोट दिएर जिताएको पार्टीका
नेताहरुले रास्ट्र र जनता प्रति पटक पटक गद्धार गर्दा पनि पार्टीको नाउँमा भन्दै
भोट दिन छाडेनन भने जुवाडेले सकेको सम्पति जस्तै हुनेहो देस । जुवाडे भनेर थाहा
पाउँदा पाउँदै पनि जुवाडेको पछी लाग्ने तपाई हामीहरुले रास्ट्र र रास्ट्रियताको
खोक्रा आदर्श छाटेर झिना मसिना स्वरमा बिरोध गर्नुको कुनै अर्थ हुन्न ।
पुर्खाले जोडी दिएको नासो बचाउने हो भने अब सबै नेपालीहरुमा चेत खुल्नु जरुरि
छ । अहिलेका प्राय: सबै ठुला साना राजनीतिक पार्टीहरु देस सिध्याउने खेलमा लागेका
छन । रास्ट्र र रास्ट्रियता भन्दा सत्ताको मोहपासमा बाधिन रुचाउने पार्टीका
नेताहरुले देस सिक्किम बनाउन बेर छैन त्यसैले रास्ट्र र रास्ट्रीयताको जगेर्ना
गर्ने हो भने अहिलेका सम्पूर्ण राजनीतिक पार्टीहरुलाई बहिष्कार गरेर स्वतन्त्र
बस्न सक्नु पर्छ । पार्टी र नेताको माया गर्न नछाड्ने हो भने तपाई हामीहरुले
बिरोधको घण्टा बजाउनु भनेको सुरुकै हरफमा उल्लेख गरिएको स्याल हुईय्या भन्दा अरु
केहि पनि हैन ।
ई-कोशी डटकममा प्रकाशित
प्रकाशित मिति: २०७३ आषाढ २० गते सोमबार