भारतको राजधानीमा दिल्लीका
जनताहरुले पिउने पानि हरियाणाबाट नहरको माध्यमबाट ल्याईने गरिन्छ ! हाम्रो मुख्य बाच्ने साहारा भनेको खेति हो !
खेति योग्य जमिन जति बिकासको लागी भन्दै सर्खारी आदेशमा भुमि अधिग्रहण गरे पछी
हामिहरु के कसरि बाच्न सक्छ्म ? त्यसैले अनिवार्य सर्खारी नोकरीको ब्यबस्था गरियोस
भन्दै छिमेकी भारतको हरियाणा प्रदेशमा अहिले यतिखेर ‘जाट आन्दोलन’ चलिरहेको छ ! आरक्षणको माग गर्दै चर्केको उक्त आन्दोलन पनि नेपालमा तराईका जनताहरुले केहि हप्ता
अगाडी सम्म गरेको सेनापति बिनाको लडाई जस्तै भएको छ !
Credit: BBCHindi |
लोकतन्त्र भनेको लोकको हित
गर्ने भनेर स्थापित गरिएको ब्यबस्था हो ! लोकतन्त्रको ठेकेदारहरुले पुँजीपतिको
लोभलालचमा परेर खेतीयोग्य जमिन अधिग्रहण गराएर विभिन्न बिकासको नाउँमा पुँजीपतिहरुलाई
दिने गर्छन ! पुंजिपतिको हितमा काम गरिन्छ भने लोकतन्त्र कसरि जनकल्याणकारी शासन र
ब्यबस्था भयो ?
नेपालको सम्माननीय
प्रधानमन्त्रीको भ्रमण टोलि अहिले यतिखेर भारतको राजधानी दिल्लीमा छ ! दिल्लीको
पानि संकटबाट पक्कै पनि जानकार हुनुहुन्छ भने दिल्लीको घटनाबाट पक्कै पनि केहि पाठ
सिकेको हुनु पर्छ !
नेपाल जस्तो सानो मुलुकमा
पहिचान र संघियताको नाम दिएर जनता जनता लडाउने खेल बिगत केहि बर्ष देखि हुँदै आएको
छ त्यो भविष्यमा गएर के कति घातक हुन्छ त्यो त संबिधान पूर्णरुपमा लागु भए पस्चात
देखिने र भोगिने कुरा हो !
नयाँ गणतन्त्रे संबिधानमा नागरिकता
देखि भुमि सिमान्तकृतको बहानामा मधेसीको नाउँमा बिहारी देखि भारतका केन्द्रमा बसेर
सत्ताधारीहरुका सल्लाहकारहरुले देखाएको गाईजात्रा नेपाली जनताहरुले नाकाबन्दीको
नाउँमा आजका मिति सम्म भोग्दैछन ! तिनै भारतका टट्टू केहि थान तराईबासी नेताहरु ‘दानापानी
बन्द गराई दिन्छु’ भनेर छात्ती ठोकेर हाँक दिंदैछन र दिन छोडेका पनि छैनन !
भोलि देस पूर्णरुपमा
संघियतामा गयो भने संघियताको रापले डढेर भष्म हुनु भन्दा अगाबै २०४८ सालको
उत्कृष्ट प्रजातान्त्रिक ब्यबस्था पुन किन लागु नगराउने ? यो तर्फ सबैले सोच्नु
जरुरि भै सकेको छ !
janakdangol@gmail.com
0 Comments:
Post a Comment