–जनकमान डंगोल
हाम्रो देशको उत्तरी छिमेकी मित्ररास्ट्र चिनमा एकल कम्युनिष्ट साशन व्यवस्था छ । एकल भनेको एकतन्त्रीय सासन प्रणाली भनेर बुझिन्छ । छिमेकी चीनले समय समयमा नेपालका राजनीतिक पार्टीका नेताहरुलाई आफ्नो देशको अवलोकन भ्रमणमा बोलाउने गरेको छ ।
नेपालमा दोश्रो पटक प्रजातन्त्रको स्थापना २०४६ सालपछि भयो । २०४६ सालदेखि आजका मिति सम्ममा प्राय: सबै ठूला साना राजनीतिक पार्टीका नेता तथा तिनका नजिकका प्रिय कार्यकर्ताहरुले चीन भ्रमण गर्न भ्याई सकेका छन् ।
वितेका वर्ष कम्युनिष्ट पार्टीमा आस्था राख्ने मेरा एकजना मित्रले चिन भ्रमण गर्न जाने मौका पाए । बथानसँग मिस्सिएर गएका मित्रले हप्ता दिनको अवलोकन भ्रमणमा आफ्नो निजि खर्च १ पैसा पनि ब्यहोर्नु परेन । ती मित्रले चिन भ्रमणमा गएर के के सिके र स्वदेश फर्केपछि तिनको चिन भ्रमणले देशले के पायो भन्ने कुरा कोट्याउने जमर्को गर्दैछु ।
चीन भ्रमणमा जानु भयो मित्र ¤ ल अब भन्नुस चिनमा गएर के के देख्नु भयो र के के सिक्नु भयो ? मित्रले भने हो हामी भ्रमणमा गयौं । विमानस्थलमा चिनियां सरकारका प्रतिनिधि आउनु भयो । सुविधासम्पन्न होटेलमा लगेर राखे । अतिथि सत्कार पनि राम्रैसँग गरे । कामरेडको माओको स्मारक देखि घर हुँदै संसारको सातौ आश्चर्य ग्रेटवाल भन्ने पर्खाल पनि घुमाए ।
अरु के के हेर्नु भयो ? मैले जिज्ञासा राखे ।
के भन्नु र खै । हामरु त चाईनाको भ्रमणमा तिनीहरुले जताजता लान्छन् त्यता–त्यता मात्र गयौ । उनीहरुको निम्तो मान्न गएका जो पर्यौ । तिनीहरुको देशले के कसरी छोटो समयमा विकासको फड्को मार्यो भनेर लामै प्रवचन दिए तर तिमीहरुको देशमा पनि यस्तै गर्नु पर्छ भनेर चैँ भनेनन् । करिब हप्ता दिनको भ्रमण थियो । घुमाए, घुम्यौं, सुनाए अनि सुन्यौं मात्र ।
अनि त्याहाँ गएर के के सिक्नु भयो त ? पुन: प्रश्न गरे मैले ।
हामी सिक्नको लागि गएका हौं र ? हामी त घुम्न लागि गएका थियौं ।
केहि महिना अगाडी नेपालमा पटक पटक विनासकारी भूकम्प गयो । अझ पनि पराकम्पन जाने क्रम रोकिएको छैन । छिमेकी चिनमा पनि समय समयमा विनासकारी भूकम्प गईरहन्छ । छिमेकी चीनले भूकम्पको कारण देखाएर नेपालको राजनीतिक पार्टीका नेताहरुलाई आफ्नो देशको भूकम्प प्रभावित ईलाकाको अबलोकन भ्रमण भनेर बोलाए । उक्त भ्रमणमा नेपालका कम्युनिस्ट पार्टीका नेताहरु भन्दा पनि तिनका आफन्त तथा नातेदारको लावालस्कर देख्नासाथ नेपालको अखबारी बजारले तहल्का मच्चायो । छिमेकमा कुरा नपुग्ने कुरै भएन । रिसाएको छिमेकीले तोकिएको समय भन्दा छोटो समयमै नेपालको टोलीलाई नेपाल फिर्ता पठाई दिए । त्यो भन्दा ठुलो लाजमर्नु बिषय अरु के हुन्छ र ।
कुनै पनि देशले आफ्नो देशमा अवलोकन भ्रमणको लागि निम्ता पठाउनु राम्रै हो । निम्ता पठाउने देशले हाम्रो देशमा हामीले आफ्नै बलबुताले यस्तो बिकास गर्यौ । तपाईहरुको देशमा पनि यस्तै विकास हुनु पर्छ वा तपाईहरुको देशमा भएको बिकासबाट हामीले पनि केहि फाईदा लिन सक्छौ होला भन्ने मनसायले नै समय समयमा सद्भाव भ्रमणको निम्तो पठाउने गरेको हुनु पर्दछ भनेर यो पंक्तिकारको ठम्याई हो ।
छिमेकी चिन मात्र हैन नेपालमा महिने पिच्छे बिभिन्न देशले आफ्नो देशको भ्रमण गर्न भनेर नेपाल सर्खारलाई निम्तो पठाउने गरेको देखिन्छ । त्यसरी आएको निम्तोमा सरकारी प्रतिनिधि देखि ठुला पार्टीका नेता देखि तिनका प्रियपात्रहरु समेत नेपाल सरकारको प्रतिनिधि बनेर भ्रमणको निम्तो मान्न गएको देखिन्छ ।
भ्रमणमा गए । भ्रमणमा गएका व्यक्तिहरुले के के सिकेर आए र त्यो सिकेको ज्ञान देश र जनताको लागि के कत्ति फलदायी भयो भनेर सरकारको सम्बन्धित विभागले अभिलेख राखेको छ कि छैन ? राखेको भए भ्रमणमा गएर आएको व्यक्तिले दिएको राय सुझाव र सल्लाहको पालना किन भएन ? पालना भएको भए २०४६ साल पछी आजको दिन सम्ममा आईपुग्दा हाम्रो देसले पनि छिमेकीको जस्तै बिकासको फड्को मार्नु पर्ने हो कि हैन ? आजको खाँट्टी प्रश्न यहि नै हो ।
प्रकाशन मिति:२०७२ फागुन २० गते बिहीवार

0 Comments:
Post a Comment