Friday, February 12, 2016

तपाई ‘उन्नान्सय’ मा हुनुहुन्छ भने बिरोध गर्ने अधिकार छैन

-जनक मान डंगोल

बीरगंजबाट प्रकाशित हुने क्राईम चेक साप्ताहीकमा प्रकाशित
प्रकाशित मिति: २०७२ माघ २८ गते बिहिबार
राजधानी देखि बिदेसमा समेत विभिन्न पार्टीका हनुमानहरुले सम्पर्क समिति, सम्पर्क समाज खोलेको देखिन्छ यस्ता समितिदेखि समाजहरुको काम भनेको कुस्त लेबी उठाएर बर्षमा १ पटक पार्टीका ठुला नेताहरु बोलाएर बनभोज कार्यक्रमको आयोजना गर्नु हो त्यो भन्दा अरु केहि लछारोपाटो लाएको देखिन्न

अहिले सामाजिक संजालको भित्तामा कांग्रेसले कर्णाली बेचेर खायो भनेर गोहीको आंसु बगाउंदै गरेको देखियो नेपालको सबै नदीनाला भारतलाई सुम्पिने नेपाली कांग्रेस पार्टीनै हो यसमा दुईमत छैन सत्य कुरा थाहा हुँदाहुँदै पनि तिनै कांग्रेस पार्टीको अगुवाईमा पटक पटक ठुला आन्दोलन गरेर ससान सत्ता किन परिवर्तन गराईन्छ ? यस्ता कुराहरु बुझ्दाबुझ्दै पनि रोष प्रकट गर्दै सामाजिक संजालको भित्तामा बगाएको आंसुले तिनका पार्टीका नेताहरुलाई बगाउदैन यो चै कुरा ध्रुबसत्य हो

धेरैले राजेन्द्र महतोलाई अंगिकृते भनेर सरापेको देख्छु बिदेसमा जन्मेर नेपालमा हुर्केकाहरुलाई नेपाली भाषामा अंगिकृते भनिन्छ नेपाली कांग्रेस २००४ साल, नेपाली कम्युनिस्ट पार्टी २००६ साल, यी दुवै कांग्रेस तथा कम्युनिस्ट पार्टीहरुको जन्म भारतमा भएको हो भने बिदेसी भूमिमा जन्मेका कांग्रेस तथा कम्युनिस्ट पार्टीहरु अंगिकृते भयो कि भएन ?

नेपालमा सयमा ९९ सय राजनैतिक पार्टी तथा दलहरुमा आबद्ध छन पार्टी तथा दलहरुलाई समर्थन गरेन भने गाउँ, टोल समाज देखि मोहल्लामा टिक्न गारो हुन्छ सानै देखि राजनीतिक पार्टीको नारा जुलुस हड्ताल देखेकाहरु पछी युवा भई अध्ययन देखि बैदेसिक रोजगारीको सिलसिलामा गाउँ छोडेर बाहिर गए पछी सम्पर्क देखि समाज भन्दै टोलि गठन गर्छन सामाजिक संजाल धेरै उपयोग गर्ने पनि यस्तै जमातेहरु हुन

हिजो बाजेको पालामा नेपालमा राणा सासन थियो ! राणाहरुले जहानिया सासन अंगालेका थिए एकै ब्यक्ति वा परिवारले मात्र सासन गर्ने भएरनै होला जहानियां सासन भनेका राजनीतिक पार्टी पनि परिवार जस्तै हो परिवार जस्तै भएसी कुनै एक पार्टीले मात्र लामो समय सम्म सासन चलायो भने त्यस्तो सासन जहानिया, अधिनायकबादी हुन्छ कि हुन्न ? उदाहरणको लागि उत्तरी छिमेकी चिन देखि उत्तर कोरिया सम्मलाई हेरे पुग्छ एकदलीय सासनकै कुरा गर्ने हो भने लिबिया, ईराक जस्ता देशहरुलाई लिन सकिन्छ, जाहाँ लामो समय सम्म एकै व्यक्तिले सासन चलाएको थियो

पश्चिमाहरू धुर्त छन बाजेको पालामा पनि संसारलाई गुलामि बनाएका थिए गुलामीको जन्जिर तोड्ने भन्दै 'ईन्कलाब जिन्दाबाद' भन्ने नारा घन्काएर क्रान्ति गरेका थिए नेपालमा अहिले सासन गर्ने कांग्रेस देखि कम्युनिस्टहरुले 'ईन्कलाब जिन्दाबाद' भन्ने पाठ छिमेकी भारतमा सिकेका र प्रयोगात्मक परिक्षा उतै दिए पछी मात्र नेपालमा ईन्कलाब जिन्दाबादको पाठशाला खोलेर जनताको छोराछोरीहरुलाई दिक्षान्त दिन सुरु गरेका हुन

समय अनुसार नाडी छाम्न पश्चिमाहरू माहिर छन जनता जागे अब सकिन्न भन्ने सोचेर आफुले लुटेको देसलाई स्वतन्त्रताको बिल्ला भिराएर आफ्ना देस फर्की गए तर जाने बेलामा कलहको बिउ रोप्न भने छोडेनन उदाहरणको लागी भारत र पाकिस्थानलाई हेरे पुग्छ

हिजो बन्दुकको बलमा अर्काको देस हडप्ने पश्चिमाहरूको नीति थियो संधै एकै प्रकारको नीति सफल पनि हुन्न धर्म भनेको अफिमहो भनेर कम्युनिस्टहरु भन्छन कुरा सोरै आना सहि हो अफिम जस्तै गरि लठ्याउन पश्चीमाहरुले सरकारमा बसेका उच्च पदस्थ देखि गैह्र सरकारी संस्थाका आफ्ना आसेपासे देखि लठैतहरुलाई लगाएर युद्धस्तरमा संसारभरिनै धर्म परिवर्तन गर्न लगाएका छन

आफ्नो सासन सत्ता टिकाउन सबैले शक्तिको पुजा गर्छन हिजो बाजेको पालामा राणा सासन थियो राणाको पालामा छिमेकी भारतमा अंग्रेजको सासन थियो फरक के थियो भने छिमेकी भारत अंग्रेजको गुलाम हुँदा नेपाल भने स्वतन्त्र देस थियो सासन सत्ता टिकाउन सजिलो कुरा हैन त्यसैले राणाजिहरुले अंग्रेजको गुलामी गर्थे

राणाहरुले अंग्रेजको गुलामी गरेता पनि आफ्नो देसको अस्मिता बेचेको थिएनन एक ईन्च भुमि तल माथि गरेनन बरु अंग्रेजले लुटेको नेपाली भूभागहरु मध्येको अहिलेको चार जिल्ला बाँके, बर्दिया, कैलाली र कन्चनपुर समेतको चार जिल्ला नेपालमा फर्काउन सफल भएका थिए चाहेको भए अहिलेका पार्टीका नेताहरुले जस्तरी देस बन्धकीमा राखेर लामो समय सम्म सासन पनि गर्न सक्थे होलान किनभने नेपालको २००७ साले क्रान्ति सफल हुनुमा छोमेकी भारतकै ठुलो योगदान रहेको छ जसरि मधेसबादीको दलको आन्दोलन तुहाई दिए त्यसै गरि सातसाले क्रान्ति पनि तुहाई दिन सक्थे होलान

सित्तैमा कसैले पनि सहयोग गर्दैनन यो बैज्ञानिक युगमा सल्लाह समेत पैसामा बिक्ने भई सकेको छ भने छिमेकी हुन या पश्चिमा तिनले दिएको दान दक्षिणा सित्तैमा दिएको हुन भनेर सोच्नु महामुर्ख हुन आउछ

कुरो सुरुकै हरफको गरौ कर्णालीको बिषयमा सामाजिक संजालको भित्ता देखि पत्रपत्रिकाहरुमा समेत रांडो रुवाई गर्नु भन्दा पहिला आफुले कुन दल वा राजनीतिक पार्टीलाई समर्थन गर्ने गरेको छु भनेर गहिरिएर सोच्नुस यदि तपाई सयको एक हो भने तपाईले देसको चिन्तन गर्नु सुहाउछ उन्नान्सय भित्र पर्ने व्यक्तिहरुले रास्ट्रबादको नारा घन्काउन मिल्दैन किनभने तपाईले समर्थन गरेको सबै राजनीतिक पार्टी तथा दलहरुले आजका मिति सम्ममा रास्ट्रहितको बिषयमा एउटा सिन्को समेत भाँचेको छैनन उल्टो देशकै अस्मिता बिदेसिको पोल्टाहरुमा हाल्ने काम चै गरेका छन

आफ्नो क्रान्ति सफल पार्न देखि सासन सत्ता समेत टिकाउन २००७ साल देखि आजको मिति सम्म के कति खोला नाला बिदेसिको पोल्टामा सुम्पे भनेर राजनीतिक पार्टीका नेताहरुलाई सोध्ने आंट कोहि कसैले गरेका छन नेपाललाई बिदेसि चलखेलको अड्डा किन बनाईयो भनेर कोहि कसैले सोधेको छन जस्तो यो पंक्तिकारलाई लाग्दैन लागेको भए पस्चिमाले संसारभर रोपेका बिषवृक्षरुपी बर्खे च्याउ जस्ता INGO देखि NGO हरु कसरि उम्रिन्थ्यो ? आफ्नै पुर्खाको धर्म नास गरेर बिदेसी धर्म अंगाल्ने देखि युद्धस्तरमा फैलिंदा समेत मुक दर्शक भएर बस्नेहरुले रास्ट्रबादको बिषयलाई लिएर सामाजिक संजालको भित्तोमा गोहीको आंसु बगाउनु भनेको राजनीतिक पार्टीका नेताहरुको 'नक्कली रास्ट्रबाद' जस्तै हो

नेपालका सबै राजनीतिक पार्टी तथा दलका नेताहरु देस र जनता प्रति उत्तरदायी छैनन भन्ने कुरा थाहा पाउंदा र देख्दा देख्दै पनि नाममात्र बिरोध त्यो पनि आर्को पार्टीको गर्ने तर पार्टीका नेताहरु लाई भोट हाल्नचै नछोड्ने हो भने रास्ट्रवादको नाउँमा किन गोहीको आंसु बगाउनु हुन्छ ? यो खाँट्टी प्रश्नलाई एकपटक गहिरियर सोच्नुस त
janakdangol@gmail.com

1 comment:

Unknown said...

नेपालका सबै राजनीतिक पार्टी तथा दलका नेताहरु देस र जनता प्रति उत्तरदायी छैनन भन्ने कुरा थाहा पाउंदा र देख्दा देख्दै पनि नाममात्र बिरोध त्यो पनि आर्को पार्टीको गर्ने तर पार्टीका नेताहरु लाई भोट हाल्नचै नछोड्ने हो भने रास्ट्रवादको नाउँमा किन गोहीको आंसु बगाउनु हुन्छ ? आजको खाँट्टी प्रश्ननै यहि हो !