Home » » मदेस जलेको देख्दा हिमाल पहाड रोईरहेको छ

मदेस जलेको देख्दा हिमाल पहाड रोईरहेको छ

Written By खांट्टी कुरा on Thursday, September 03, 2015 | September 03, 2015

प्रदेशको हिसाबले भनु वा भुगोगले नेपालमा ४ थरिको भौगोलिक बनावट छ ।
-हिमाल
-
पहाड
-
भित्रि मदेस
-
मदेस (तराई)

नेपालमा २०६४ साल देखि संघीय प्रदेशको आवाज उठान थालेको हो र त्यसै लाई मौका छोपेर केहि मदेसीहरुले दलको साइनो जोडेर नेता बन्दै  नेपालमा एक मदेस एक प्रदेसहुनु पर्छ भनेर जोडदार संग आवाज उठाउन थालेको देखियो ।
 
नेपालमा २००७ साल देखि आजको मिति सम्ममा जे जति आन्दोलन र सहमति भयो त्यसमा भारत सरकारले ठुलो भूमिका खेलेको तथ्यलाई नकार्न सकिदैन !

केहि दिन नेपालको दक्षिण क्षेत्र असान्त छ ! कोहि एक मदेस हुनु पर्छ भन्छन, कोहि जातको आधारमा मदेस भाग लाउनु पर्छ भन्दैछन ।
 
मदेसी नेताहरुले दलको नाममा गरेको हिंसात्मक आन्दोलन यो पहिलो पटक हैन । यो भन्दा पहिला पनि पटक पटक आन्दोलन गरेर थुप्रै मदेसिको सन्तानहरुलाई मृत्युको काखमा पुर्याई सकेका छन भने घाईते तथा अंगभंग हुनेहरुको गन्ति गरेर साध्य छैन ।

नेपाल भनेको हिमाल, पहाड, भित्रि मदेस देखि मदेसमा बस्ने सबै नेपालीहरुको साझा फुलवारी हो । यस्तै कल्पना गरेर राजा महेन्द्रले बिकास क्षेत्र, अंचल, जिल्ला तथा ईलाकाको कल्पना गरेर देसको नक्सालाई सिमांकन गरेका थिए ।
साभार: गुगल सर्च
नेपालको तराईमा पर्ने प्राय सबै जिल्ला तथा अन्चलहरुलाई साना ठुला नदीहरुको साँध सिमानालाई आधार मानेर कित्ता काट गरिएको छ ।
यी कुरा सबै पार्टीका नेताहरुले राम्रो संग बुझेका छन नेपाललाई संघियतामा लैजाँदा हिमाल देखि तराई छुनु पर्छ तर नेताहरु त्यसो गर्न चाहेर पनि सकेका छैनन सायद बिदेसीहरुको दवाबले होला ।

केहि दिन अगाडी नेपालका चार पार्टीका चारजना नेताहरुको कोठे बैठकले मदेसी पार्टीको माग अनुसार मदेसलाई दुई क्षेत्र बनाईयो । अहिले आयेर यसरि हुन्न मदेसमा भित्रि मदेसको जिल्लाहरु पनि गाभ्नु पर्छ भनेर भंदैछ्न ।

भित्रि मदेस अर्थात खनिज देखि बन सम्पदाले भरिएको भरिपूर्ण  ईलाकाहरु भनेर बुझिन्छ ।
अहिलेका राजनैतिक पार्टीका नेताहरु बुझेर पनि बुझ पचाउने काम गर्दैछन भन्ने कुरा तिनीहरुले देखाएको हरेक अभिव्यक्ति बाट प्रस्ट हुन्छ ।  नेपाल जस्तो सानो मुलुकले धेरै प्रदेस धान्न सक्दैन । देसलाई टुक्रा टुक्रा पार्ने हो भनी नेपालको अस्तित्व समाप्त हुन्छ त्यसैले सबैले यस्ता कुराहरु बुझ्नु जरुरि छ 

२०४६ साल पछी जन्मेका अधिकांस पार्टीका नेता तथा तिनका कार्यकर्ताहरुलाई देस र नागरिकको माया छैन । देस र नागरिकहरुको माया भएको हिंश्रक राजनीति गर्दैन थिए भने ति नेताहरुको पछी लाग्ने कार्यकर्ता देखि जनताहरु भनेको अबुझ प्राणी हुन ।
 
मदेसमा अहिले देखावटीरुपमा नेताहरु सक्रिय देखिन्छन तर भित्रि पाटो अर्कै पनि हुन सक्छ ।
छिमेकी भारत नेपालमा मात्र नभएर सबै छिमेकी देशरुमा कहिले पनि सुख शान्ति अमन चयन कायम देख्न सक्दैनन २००७ साल देखि आज सम्मको घटनाले यस्तै देखाएको छ भने पाकिस्तान संगको पटक पटकको युद्ध त्यसको दरिलो प्रमाण पनि हो ।

अस्ति भएको बिरगंजको हिंश्रक घटनामा भारतीय बाणिज्य दुताबासको ठुलो हात छ भनेर 'नेपालको सुरक्षा निकायको प्रमुखहरुको निष्कर्ष' भनेर बिधुतिय देखि छापामा समेत समाचार बनेर आयो ।
बितेका बर्षहरुमा भएको मदेस आन्दोलनको नतिजाले जुन दिन नेपालको पररास्ट्र मन्त्रालयमा मदेसी नेता उपेन्द्र यादब छिरे उनैले ति दुई स्थानमा बाणिज्य दुताबास खोल्न दिएका हुन । नेपाल जस्तो सानो देसमा मदेसको बिराटनगर देखि बिरगंजमा छुट्टै बाणिज्य दुताबासको जरुरि किन पर्यो ? ति मदेसी नेताले अब जनतालाई बताउनु पर्दछ ।

मदेसमा सबै जाति धर्म र तप्काका नागरिकहरु बस्छन । मदेसमा जन्मी हुर्कीएका धेरै नेपालीहरु हिमाल देखि पाहाड हुँदै भित्रि मदेसमा समेत बिभिन्न पेशामा कार्यरत छन । मदेसी नागरिहरु मात्र नभएर देसको सबै भागमा जाति अनुसारको नागरिक विभिन्न कार्यले पिडित छन र त्यसरी पिडा दिने पनि नेताहरु भन्ने यिनै ठालुहरू हुन ।

बिदेसिको उक्साहटमा लागेर केहि थान मदेसी नेताहरुको कुकृत्यले आज मदेस जलेको देख्दा भित्रि मदेसको चुरे शृंखलाले केहि दिन दखि निरन्तररुपमा अश्रु नयन बगाउदै छ ।

साभार: गुगल सर्च

बिन्ति छ मदेसी दाज्यु भाई तथा दिदि बैनीहरु नेताहरुको कुनै जात धर्म हुन्न । पैसा र पदको लागि यिनीहरु जस्तो सुकै निच काम गर्न पछी हट्दैनन । आज मदेस जलेर जती पिडा मदेसिहरुलाई भएको छ त्यो भन्दा हजार गुणा बढी पिडा हामि भित्रि मदेस देखि पाहाड हुँदै हिमालमा बस्ने नागरिकहरु लाई भएको छ ।  त्यसैले नेपालमा बस्ने सबै नेपाली हुन भन्ने भावना राख्दै अराजक तथा हिंसात्मक गतिबिधिमाभाग लिएर सुन्दर शान्त देस नेपाललाई तहस नहस नपारौं त्यसैले जय मदेस हैन जय देस भनौ !

Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger