Tuesday, September 01, 2015

समयमै नबुझेको परिणाम


गाईजात्रा पर्वको उपलक्ष्यमा बि.स. २०४४ सालमा संगीतकार सम्भुजित बास्कोटाले प्यारोडी तयार गरेर रेडियो नेपालको सौता म्युजिक नेपालबाट अडियो क्यासेट चक्का मार्फत देस बिदेशका नेपालीहरुमा पस्केका थिए । 

तत्कालिन पंचायती सरकार बिरुद्ध व्यङ्ग्य बिघा नाटक तथा प्रहर्सन मार्फत प्रहार गर्न त्यो भन्दा पहिलानै मह जोडी चर्चित भै सकेका थिए भने बिभिन्न लोक, आधुनिक तथा चलचित्रको गीत संगीतको धुन हालेर खबरदारी गर्दै प्यारोडी निकाल्नमा सायद सम्भुजित बास्कोटानै पहिला होलान ।

ब्यबस्था तथा सामाजिक बिकृति विसंगति बिरुद्ध प्यारोडी मार्फत कडा प्रहार गर्न खप्पिस सम्भुजित बास्कोटाको उक्त प्यारोडीको केहि अंश खाँटी कुरा ब्लग मार्फत हजुरहरु माझ पस्केको छु ।
तस्विर साभार : गुगल सर्च
गाईजात्रे प्यारोडी २०४४ साल
धुन : चलचित्र कान्छी
गायक तथा संगीतकार: सम्भुजित बास्कोटा
कालाकाला कालाकाला
कालाकाला कालाकाला
बजारभरि छन यी काला
खालि सिसि गोलभेंडा
बेच्दै हिड्छन सुन्तला
यिनै काला
छिट्टै हाम्ले लाउनु पर्छ
दक्षिणतिर बल्ल्यो ताला
हैनभने अझै छिर्छन काला
यी काला
खालि सिसि गोल्भेडा
बेच्दै हिड्छन सुन्तला
यिनै काला
सुन्दा रमाईलो लाग्ने तर प्यारोडिले दिएको सन्देसलाई समयमै नेपालका सासकहरुले गम्भिरतापुर्वक लिई दिएको भए आज भारत सरकारले खण्डन गरेता पनि भारतीय मिडियाले नेपालमा १ करोड भारतीय बस्छन भनेर हाक्काहाकी लेख्ने हिम्मत पक्कै पनि गर्दैन थिए होलान ।