Home » » प्रताप मल्लका अपराधीहरु

प्रताप मल्लका अपराधीहरु

Written By खांट्टी कुरा on Sunday, August 30, 2015 | August 30, 2015

-जनक मान डंगोल/janakdango@gmail.com
तस्विर साभार: गुगल सर्च
छोरो मर्यो । रानी सारै दुखित भईन । मन सम्हान सकिनन । के गर्ने भनेर राजाले पनि सुर्ता लिए । अन्तिममा आफ्ना जस्तै लोकको पनि सन्तानहरु मर्छन भनेर देखाउन राजा प्रताप मल्लले 'गाईजात्रा' पर्वको चलन बसालेको हुन । ईतिहासमा यस्तै लेखिएको छ ।
 
गाईजात्रा बिसुद्ध नेपाली त्यो पनि राजधानी उपत्यकामा बसोबास गर्ने हिन्दु नेवारहरुको जात्रा हो । अन्य धर्मालम्बीहरुको लागी यो जात्राले कुनै अर्थ राख्दैन । उपत्यका पछी यो जात्रालाई देसै भर फैलाउनमा नेवार समुदायले ठुलो भूमिका खेलेको छ । जात्रा देखाउने थलो भनेको कला बेचेर खाने स्थान हैन । परापुर्बकालमा यस्तै भनेर जात्राको स्थापना गरिएको हो । हाम्रा बाजेको पालामा समेत यो चलन कायमै रहेको थियो ।

पंचायतकालको अन्तिम अन्तिम अबस्थामा आईपुग्दा गाईजात्रालाई व्यापारिक थलोको रुपमा बिकास गर्नेमा अहिलेका नाम चलेका चर्चित कलाकारहरुलाई जान्छ । नामै तोकेर के गाईजात्रा देखाउनु ।

पंचायती सासनकालमा बेला न कुबेला सासक देखि सासितहरु सम्मलाई छेडखानी देखि गालीगलौज मिश्रित ब्यंग्य गर्न पाईदैन थियो । गरेको खण्डमा कानून लाग्थ्यो । बिस्वास लाग्दैन भने चर्चित हास्य कलाकार भनेर चिनिएका 'मह' जोडीलाई सोध्नु भए हुन्छ ।

बर्षको एक पटक आउने गाईजात्रा हुन या होलि पर्व यो पर्वहरुमा बर्ष भरिको मनको तुष पोख्थे कलाकारहरुले कलाको माध्यमबाट । बिरालोले मुसो ढुकेको जस्तरी गाईजात्रा देखि होलि पर्व ढुकेर बसेको यस्ता कलाकारहरुलाई कला र गला देखाए बापत नामको साथ साथै कुस्त दाम पनि हात पार्थे । कलाकारलाई उचाल्ने ब्यक्तिले पनि गोजी तातै बनाउथ्यो । यस्ता चलन अहिले ह्वात्तै बढेको छ र गाईजात्रा भनेको पैसा कमाउने पर्व भनेर भन्ने गर्छन !

सक्कल बमोजिम नक्कल गर्न हाम्रा नेपालीहरु माहिर छन । छिमेकीको हावाले भेटे पछी नगरी पनि सुख छैन । सासक देखि सासितहरु लाई जुन बेला पायो त्यै बेला गालि गर्ने कुरो पनि भएन त्यै भएर गाईजात्राको दिनलाई  कला र गला बेच्ने दिन पारे ।

गाईजात्रा हुन या होलि पर्व यो बर्षको एक पटक मात्र मनाइन्छ । अल्छिका भकारी कलाकार भनौदाहरुले गाईजात्राको नाम गरेर कला र गला बेच्ने कामलाई पनि हिन्दि सिरियल जस्तै गरि तन्काउदै लगेका छन त्यसैले आजकल गाईजात्राको अबसरमा भन्दै हप्ता दिन सम्म कला र गला बेच्न छाडेका छैनन । 

तस्विर साभार: गुगल सर्च
प्रताप मल्लले चलाएको गाईजात्रा पर्व भद्र र अनुसासित तरिकाले मनाइन्थ्यो । चोक चोक र गल्लि गल्लीमा प्रदर्शित गरिने झान्किहरुको आफ्नै बिशेषता थियो र अझै पनि छ तर कहिँ र कतै नभएको लोकतन्त्रे नेपालमा देखाईने गाईजात्रा पर्व भने अलि भिन्न प्रकारको देखिएको छ । 

पहिला टिकटको नाउँमा चित्तुने हात्ती गैडा र बाघ अंकित दाम तिरेर ठुला ठुला सभागृहमा बसेर गालिमिश्रित ब्यंग्य, अस्लिल भाका र हाउभाउ देखाउनु र सुन्नु नै गाईजात्रा हो भन्छन अहिलेका कलाकार देखि दामवाला रैथानेहरु तर यसलाई गाईजात्रा भनिदैन । यो त जात्राको नाउँमा बिकृति र विसंगति देखि आफ्नो दुनो सोझ्याउने खेल मात्र हो ।
तेश्रो लिंगीपनि गाईजात्रामा ! तस्विर साभार: गुगल सर्च
संसारमा कहिँ कतै नभएको यस्तो अमुल्य पर्व र संस्कृति 'गाइजात्रा पर्व' पनि यसरि बिरूप र भद्दा हुँदै जान्छ भनेर थाहा पाएको भए राजा प्रताप मल्लले गाईजात्राको चलन पक्कै पनि बसाल्दैन थिए होलान ।

गाईजात्राको नाममा चटक देखाउनेहरु भनेका स्वादे जिब्रो अल्छी तिघ्रो भाका मनुष्यहरु हो भन्ने यो चुस्सकारको सोचाई र भनाई हो । नगर भनेको काम गर्नु र गर भनेको काम नगर्नुलाई अपराध र अपराधी भनेर व्याख्या गरिए अनुसार राजा प्रताप मल्लले बसाल्देको चलन बेचिखानेहरु प्रताप मल्लका अपराधी हुन । साँच्चिकै जात्रा देखाउने भए चोक चोक देखि गल्लि गल्लीमा गएर देखाउनु पर्छ भने स्टेजमा देखाइने कलालाई जात्रा भनिदैन त्यसलाई चटकेको खेला भनिन्छ !
Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger