मेरो पिताज्यु २००० सालमा जन्मिनु भएकोरे । उमेरको हिसाबले उहाँ ७१
बर्षको हुनु भयो । जातिले हामि नेवार अर्थात बैस्यमा पर्छौ भने थरीमानेवार
जातिको सिंह डंगोल हो ।
नेवारको डंगोल थरि भनेसी खेति किसानी गर्ने जाती अर्थात नेवारी भाषामा भन्नु पर्दा ‘ज्यापु’ । ‘ज्या’ भनेको काम गर्ने र ‘पु’ भनेको मान्छे अर्थात खेति किसानी गर्ने ब्यक्ति लाई नेपाल (नेवार) भाषामा ‘ज्यापु’ भन्छन भनेर अर्थ्याउने गरिन्छ ।
हाम्रो समाजमा जो कमिला जस्तै मिहेनती र परिश्रमी हुन्छन त्यस्ता मान्छेहरुलाई हेप्ने चलन छ । उदाहरणको लागी मेरै जातको थरि ‘डंगोल’ लाई हेर्नुस । हाम्रै नेवार जातिको उच्च थरीले हाम्रा जातिलाई खसालेर ‘ज्यापु’ भन्छन त्यो भनेको खेति किसानी गरेर काम गर्ने जाति अर्थात ‘चुत्थो’ जाति । यी भए परापुर्बकाल देखि चल्दै आएको कुराहरु तर भाषालाई बिगारेर हेपेर बोले पनि नेवार जातिहरुले अहिले सम्म आफ्नो पिता पुर्खा चल्दै देखि आएको रिति थिति र संस्कार भुलेका छैनन जसको पुख्ता प्रमाण हो जुन स्थानमा नेवार जातिको अत्याधिक बसोबास छ त्यो स्थानमा बिभिन्न चाडपर्वमा देखाईने जात्रा तथा झाँकीहरु हुन ।
हामि नेवारहरुको आफ्नै गुरु पुरोहित छ तर राजधानी बाहेक अन्यत्र त्यस्ता गुरु पुरोहित नभेटिने भएकोले हिन्दु ब्राम्हण पुरेतहरुको सहारा लिनु पर्ने बाध्यता छ तर बिधि बिधान एकै हो मात्र त्यसमा बोलिने भाषाको फरक मात्र भएकोले नेवार पुरोहित र ब्राम्हण पुरोहितमा कुनै अन्तर छैन ।
मैले होस सम्हाले देखि मैले देख्दै आए अनुसार मेरो पिताज्यु दैनिक बिहान
५ बजे उठ्नु हुन्छ र त्यस पछी नुहाई धुवाई गरेर पूजापाठमा उहाँको १ घण्टा
समय बित्छ । झरी परोस या बादल वा कठ्यांग्रिने जाडोनै किन नहोस मेरो
पिताज्युले आज सम्म आफ्नो बानि र ब्यबहार छोड्नु भएको छैन । बरु ब्राम्हण
पण्डितले यसरि नृत्यकर्म गर्लान वा नगर्लान त्यो आफ्नो ठाउँमा होला ।
हामीहरुको पुजा आजा कर्मकाण्ड आदिलाई सफल पार्न ढकाल थरिका पुरोहित बाजे आउनु हुन्छ । केहि बर्ष अगाडी पुरोहित बाजे कालगतिले परलोक हुनु भयो अहिले उहाँको छोराले कर्म काण्ड गर्नु हुन्छ भने उहाँले पनि आफ्नो जेष्ठ सुपुत्रलाई बनारसबाट कर्म काण्डमा दीक्षित गराउनु भएको छ ।
उमेरमा हाम्रो अहिलेको पुरोहित बाजे मेरो दाज्युको दौतरी हुनुहुन्छ होला तर हाम्रो घरमा आउनु हुँदा वा बाटोमा कहिँ कतै भेटघाट हुँदा पनि मेरो पिताज्युले अत्यन्त आदर गरेर प्रणाम गर्नु हुन्छ भने हामीले पनि अहिले सम्म पिताकै बाटो समातेको छौ र हाम्रो धर्मले ब्राम्हण पण्डित भनेको आदरणीय जाति हुन र आदरणीय जातिको अनादर गर्नु हुन्न ‘पाप’ लाग्छ भन्ने मान्यता छ ।
नेपालमा दोश्रो पटकको प्रजातन्त्र स्थापना २०४६ सालमा भयो र त्यो भन्दा अगाडी सम्म गाउँ समाजमा पण्डित पुरोहितका सन्तानहरुले आफ्नो धर्म छाडेको देखिदैन । मैले जाने र बुझे अनुसार नेपालमा कम्युनिस्टहरु पूर्ण संगठित भएर काम गर्न थालेको २०२८ साल देखि हो तर नेपालको कम्युनिस्ट गतिबिधि भनेर देखिएकोचै २०३६ साल पछी हो ।
नेपालको राजनीति पार्टीमा कांग्रेस हुन या कम्युनिस्ट सबैमा ब्राम्हण जातिको हालीमुहाली छ । पार्टी वा संगठनमा लाग्नु पर्छ त्यो कुनै ठुलो कुरा हैन तर पार्टी र संगठन बनाउने भन्दै जातजातिको बिचमा बिष घोल्ने र आफ्नो पार्टीको संगठन बढाउन देखि सदस्यता बिस्तार गर्न अपनाईएको अस्वस्थ तथा घटिया क्रियाकलापले गर्दा धर्म र संस्कृतिमा परेको कुप्रभाबको बारेमा बर्णन गरि साध्य छैन ।
कुरीति, बिकृति, विसंगति देखि छुवाछुत र भेदभावको अन्त्य हुनु पर्छ यसमा कुनै दुई मत छैन । हिजो पिता पुर्खाले लादेको यस्ता कामको बिरोध गर्नु पर्छ । दलित जाती भन्दै मन्दिर प्रबेस गर्न नदिने देखि छुवाछुत चैँ कायमै राख्ने तर राजनीतिक सक्ति बढाउने बेलामा दलित देखि जनजातिको बुद्धि भुटेर आफ्नो पक्षमा ल्याउने काम त्यो ठिक बेठिक के हो हाम्रै राजनीतिक पण्डितहरुलाई थाहा होला ।
धुर्त, चलाख देखि फटाहा सम्म सबै जातिमा हुन्छन र छैनन भनेर भन्न खोजिएको पनि हैन तर पनि बिषेसगरि ब्राम्हणहरु आफ्नो कुल र जातिको प्रभावले गर्दा वाकपटुतामा अन्य जाति भन्दा माहिर हुन्छन यो देखिएको ध्रुबसत्य हो र यसमा कसैले हैन वा हुन सक्दैन भन्छन भने त्यस्तो भन्नेहरु अहँकारी देखि कपटी हुन भनेर बुझ्नु पर्दछ किनभने देखिएको सत्यलाई गलत भन्नु त्यो ठिक हैन ।
कुल र जाती परम्परा अनुसार हिन्दु जातिमा ब्राम्हण भनेको धर्मको रक्षक देखि ज्ञाता भनेर बुझिन्छ । गाउँ समाजलाई धर्म र दर्शनको माध्यमबाट सहि दिशामा डोर्याउने काम र कर्तब्य भनेको ब्राम्हण जातिको हो र त्यसलाई अक्षरस पालना गर्ने काम भनेको अन्य जातिहरुको हो ।
हाम्रा पिता र पुर्खाहरुले बाँधी दिएको यो रिति थिति चलन २०४६ साल सम्म यथावतरुपमा कायमै थियो र यो नियमको अधिनमा रहंदा हाम्रो टोल छिमेकमा कुनै असान्ती भएको थिएन किनभने धर्मले सबैलाई एकै सुत्रमा बाध्छ र अनुसासनमा राख्छ भनेर त्यसै भनिएको हैन ।
समाजबादको ठेक्का लिएको नेपाली कांग्रेस देखि कम्युनिस्टको बिचारधारामा लाग्नेहरुले २०४६ साल पछी बिस्तारै बिस्तारै धर्म भुल्न थाले त्यस पछि देसमा धर्म र जातिको नाउँमा बहस छेडीन सुरु भयो । युवा भनेको काँचो माटो हुन र जे जस्तो बनायो त्यस्तै बन्छन भने सानै देखि आफ्नो धर्म, संस्कृति, चलन देखि भेषभुषा र संस्कृति सम्मको ज्ञान दिने काम र कार्य भनेको अभिभावकको हो कि हैन ? हो भने अभिभावकहरुनै धर्म र संस्कृति बिर्सेर ‘देउता धर्म हुन्न’ भन्छन भने त्यस्ता अभिभावकहरुको सन्तानहरुले पछी गएर धर्म मानेन देखि धर्म परिवर्तन गर्यो भनेर चित्त दुखाउनुको के नै थुक छ र ।
केहि दिन देखि सामाजिक संजालहरुमा आजकलका ब्राम्हण जातिका युवाहरुले ‘आज खाजामा मम खाईयो, काँचो परेछ कि क्याहो भोलि बिहान कराउने भो, आज नेवारी परिकार खान गईयो, छोइला कचिला आउदैछ भनेर पोस्ट गरेको देखिन्छ । नेवारी विभिन्न मासुजन्य परिकार देखि मम ईत्यादिमा समेत भैसीको मासु प्रयोग गरिन्छ । ब्राम्हणहरु बिसुद्ध साकाहारी जाति हुन र कोहि कसैले खसीको मासु सम्म खाएको देखिन्छ भने कुखुरा त छुन पनि हुन्न भन्ने मान्यता राख्ने ब्राम्हणका सन्तानहरुले आफ्नो कुल र जातिको परम्परा र मर्यादालाई भुल्दै यस्ता सब्दहरु लेखेर सामाजिक संजालमा पोस्ट गर्छन भने त्यसले गाउँ घर समाजमा कस्तो शिक्षा दिन्छन एक पटक सोच्ने कि नसोच्ने ?
आधुनिकताको होडबाजी हो या आफ्नो परम्परा र संस्कृतिलाई भुलेर हिजो आज पत्र पत्रिकाहरुमा नाम चलेका पत्रकार देखि ब्लगरहरु समेतले ईसाई धर्मलाई टेवा पुग्ने हिसाबले लेख रचना प्रकाशित गरेको देखिन्छ । आज भन्दा केहि दिन अगाडी बेलायति राजदुतले धर्म परिवर्तन सम्बन्धमा अब बन्ने संबिधानमा के कस्तो ब्यबस्था गरिदैछ भनेर जिज्ञासा राखेका थिए । पश्चिमाहरुले २०४६ साल पछी नेपालको गाउँ टोल देखि कुना कन्दराहरु समेतमा युद्दस्तरमा धर्म परिवर्तन गराएका छन । मन्दिर देखि गुम्बा भत्काएर त्यस्ता स्थानमा चर्च बनएका छन भने आफ्नो अनुयायीहरुको सुरक्षाको ग्यारेण्टी संबिधानबाट गर्न खोजेका हुन भन्ने कुरा बेलायति राजदुतको भनाई बाट प्रस्ट थाहा हुन्छ ।
यी तिनै गोरा हुन जसको पुर्खाले अफ्रिका महादेसमा पस्दा हातमा १ थान ईसाई धर्मालम्बीहरुको धार्मिक पुस्तक ‘बाईबल’ बोकेर पसेका थिए र कालान्तरमा यिनका पिता पुर्खाहरुको हातमा अफ्रिकानेहरुको जल, जमिन र सम्पति हात लाग्यो भने अफ्रिकानेहरुको हातमा मात्र बाईबलको पुस्तक । भोलि नेपालमा पनि यस्तै स्थिति आउन सक्छ त्यहि भएर यस्ता घटिया लेख रचना प्रकासित गर्नु हुन्न भनेर ति लेखक, पत्रकारहरुको मगजमा किन आएन ? दुई चार पैसाको लोभमा आफ्नो ईमान जमान बेच्न मिल्छ र ?
हिजो आज सामाजिक संजाल देखि पत्र पत्रिकाहरु समेतमा ब्राम्हणलाई हेपेर बोल्यो, ईज्जत गरेन भनेर गुनासो गरेको सुनिन्छ । ईज्जत र आमद पाउनलाई कठोर तपस्या गर्नु पर्छ । भगवान रामका गुरु महर्षि बाल्मिकी दलित जातिका हुन तर भगवानको गुरि पुरोहित किन र कसरि भए ? यस्ता कुराहरुलाई बिचार नगर्ने र पिता कुल र पुर्खाको परम्परालाई आधुनिकताको नाममा लात हानेर खान हुने नहुने देखि लिएर मद मदिरामा चुरुलुम्म डुब्ने अनि कसैले सचेत गराउँदा कुतर्क दिएर वाकपटुता देखाउन खोज्छन भने ईज्जत बढ्छ कि घट्छ त्यो बताउन पर्ला र ? ‘धन कमाउन सकिन्छ तर ईज्जत कमाउन सकिदैन’ यो कटु सत्य हो ।
धर्ममा मलाई सबै भन्दा राम्रो ईस्लाम, त्यस पछी चाईनिजको ताओ सम्प्रदायको लाग्छ किनभने यी सम्प्रदायहरुले जब बच्चा टुकुटुकु हिडन थाल्छन त्यस पछी धर्म र अनुसासन सिकाउन थाल्छन यो मैले प्रत्यक्ष दैनिक रुपमा देख्दै आई रहेको छु । यी धर्महरु राम्रो भन्दैमा म ति धर्महरु अपनाउन सक्दिन किनभने मैले मेरो पिता पुर्खा देखि मान्दै आएको धर्म परिवर्तन गरें भने मेरो कुल परम्परा देखि मेरा सन्तान दरसन्तानहरु समेतलाई समाजले नराम्रो दृस्टीले हेर्छन भने मैले यस्तो अप्रिय काम किन गर्ने ? आखिर मेरो धर्ममा पनि नराम्रो लेखिएको के नै छ र ।
धर्मले मानिसलाई अनुसासनमा बाधेर समाजमा एकता कायम गराउछ भनेर मैले माथिनै उल्लेख गरि सकेको छु । ईस्लामहरु सके सम्म समय निकालेर नमाज पढ्छन भने चाइनिजहरु बिहान बेलुका दैनिक धुप धुंवार पुजा पाठ गर्छन र यी सम्प्रदायहरुमा जत्तिको बलियो एकता मैले आज सम्म अन्य सम्प्रदायहरुमा देखेको छैन भने हामि नेपाले हिन्दुहरु चैँ किन आधुनिकताको नाउँमा पिता पुर्खा देखि चल्दै आएको धर्म र संस्कृतिलाई दिन प्रतिदिन बिर्सदै छौ ?
बितेका बर्षको एउटा घटनालाई हेर्नुस । कथित जनयुद्धको बेलामा कम्युनिस्ट भनेको सर्बहारा हो भन्दै सोझा सिधा जनतालाई घोकाउँदै पढाउँदै आएको माओबादी नेता क.प्रचण्डले आफ्नो पिताको मृत्युमा हिन्दु परम्परा अनुसार मुखाग्नी किन दिए ? क.प्रचण्ड ब्राम्हण हुन र तिनै प्रचण्ड विभिन्न धार्मिक कार्यहरुमा पटक किन सरिक भए ? त्यस्तै म कट्टर कम्युनिस्ट हु भन्ने सोहि पार्टीका आर्का नेता डा.बाबुराम भटराईले धार्मिक परम्परा अनुसारको चाडपर्ब किन मनाए ? पितालाई लिएर प्रख्यात हिन्दु धार्मिक स्थल मानसरोवर किन गए ? हिन्दु परम्परा अनुसार पिताको चौरासी पुजा किन गरे ?
मानिसको मृत्यु पछी सरिरलाई कसैले जलाउने कसैले गाढ़ने परम्परा छ । अहिले यतिखेर राजनीतिक विचारधारा देखि आधुनिकताको नाउँमा देउता, धर्म केहि पनि मान्दिन भनेर भन्ने तर भोलि मृत्यु पछी यस्ता देउता धर्म कुल परम्परा नमान्ने व्यक्तिहरुको धार्मिक रिति अनुसार मृत्यु पर्यन्तको क्रिया कर्म किन गर्ने ? अब यस्ता प्रस्न पनि गर्ने बेला भएन र ?
नेवारको डंगोल थरि भनेसी खेति किसानी गर्ने जाती अर्थात नेवारी भाषामा भन्नु पर्दा ‘ज्यापु’ । ‘ज्या’ भनेको काम गर्ने र ‘पु’ भनेको मान्छे अर्थात खेति किसानी गर्ने ब्यक्ति लाई नेपाल (नेवार) भाषामा ‘ज्यापु’ भन्छन भनेर अर्थ्याउने गरिन्छ ।
हाम्रो समाजमा जो कमिला जस्तै मिहेनती र परिश्रमी हुन्छन त्यस्ता मान्छेहरुलाई हेप्ने चलन छ । उदाहरणको लागी मेरै जातको थरि ‘डंगोल’ लाई हेर्नुस । हाम्रै नेवार जातिको उच्च थरीले हाम्रा जातिलाई खसालेर ‘ज्यापु’ भन्छन त्यो भनेको खेति किसानी गरेर काम गर्ने जाति अर्थात ‘चुत्थो’ जाति । यी भए परापुर्बकाल देखि चल्दै आएको कुराहरु तर भाषालाई बिगारेर हेपेर बोले पनि नेवार जातिहरुले अहिले सम्म आफ्नो पिता पुर्खा चल्दै देखि आएको रिति थिति र संस्कार भुलेका छैनन जसको पुख्ता प्रमाण हो जुन स्थानमा नेवार जातिको अत्याधिक बसोबास छ त्यो स्थानमा बिभिन्न चाडपर्वमा देखाईने जात्रा तथा झाँकीहरु हुन ।
हामि नेवारहरुको आफ्नै गुरु पुरोहित छ तर राजधानी बाहेक अन्यत्र त्यस्ता गुरु पुरोहित नभेटिने भएकोले हिन्दु ब्राम्हण पुरेतहरुको सहारा लिनु पर्ने बाध्यता छ तर बिधि बिधान एकै हो मात्र त्यसमा बोलिने भाषाको फरक मात्र भएकोले नेवार पुरोहित र ब्राम्हण पुरोहितमा कुनै अन्तर छैन ।
क्राईम चेक साप्ताहिकमा प्रकाशित |