लेखक:जनक मान डंगोल |
नेपालबाट बिदेस गएर श्रम गर्ने श्रमिकहरु मध्ये कुन देसका नेपाली श्रमिकहरुले यो साल धेरै रेमिटान्स पठाए भनेर रास्ट्र बैंकले गरेको सर्बेक्षणलाई आधार मानेर नेपालको केहि अनलाईन पत्रिकाहरुमा बिश्लेष्ण सहितको संख्या प्रकाशित भएको रैछ र संख्याको आधारमा मलेसिया रेमिटान्स पठाउने देसहरुमा अग्र पंतिमा रहेको देखियो ।
२०४६ साल भन्दा अगाडी सम्म गाउँघरमा बस्ने धेरै नेपालीहरुलाई भारत बाहेक तेश्रो मुलुकमा गएर काम गर्न पाइन्छ भनेर थाहा नै थिएन भने जब बिदेसमा श्रम गर्न जान नपर्ने भए पछी राहदानी बनाउने कुरै भएन भने राहदानीको निमित्त चाहिने मुख्य कागजातमा नेपाली नागरिकताको प्रमाणपत्र हो त्यो धरी बनाउनु पर्छ भनेर धेरै तन्नेरी युवायुवतिहरु लाई थाहा नै थिएन ।
क्रान्ति नगरी बिकास हुन्न भनेर २००७ साल भन्दा अगाडी देखिनै नेपालको राजनीतिक पार्टीका दलका कार्यकर्ताहरुले नेपाली युवायुवतीहरुलाई उचालेकै हुन र २००७ साल देखि आजको मिति सम्ममा पनि क्रान्ति चलेकै छ र यो क्रान्ति कहिले समाप्त हुन्छ त्यसको एकिन मिति र समय स्वयम दलको नेताहरुले पनि दिन सक्दैनन भने क्रान्तिको परिभाषानै नबुझिकन जनताहरु अझै पनि जिन्दाबाद र मुर्दाबादको नारा लगाउन भने छोडेका छैनन ।
२००७ साले क्रान्तिमा जिन्दाबाद र मुर्दाबाद लाउनेहरू असख्य लाहुरे भए । उहिले अंग्रेजहरुले हिन्दुस्थान हाँकेको बेलामा बंगलादेस र पाकिस्थान भन्ने देसनै जन्मेको थिएन र हिन्दुस्थानको लाहोर (जुन हालको पाकिस्थानमा पर्दछ) मा रोजगार गर्न जाने नेपालीहरुलाई लाहोर जाने भन्ने भएकोले नै त्यो लाहोर भन्ने सब्द बाट ‘लाउरे’ भनेको हो ।
छिमेकी भारतमा जाने लाहुरेले गर्ने काम भनेको कुल्ली, मजदुरी, रिक्सावाला, ठेलावाला देखि चौकीदारी सम्म हो भने बलिया बलिस्ट ज्यु ज्यान भका हरु चैँ भारतीय पल्टनमा भर्ति हुन्थे जुन अहिले सम्म कायमै छ । ति लाउरेहरु र तिनका सन्तानहरु बाजे देखि नातिको पाला सम्ममा आईपुग्दा हिजो जस्तो थियो आज पनि त्यस्तै छन ।
२०४६ सालको प्रजातन्त्र पछी बैदेसिक रोजगारीमा जाने चलन बिस्तारै बढ्दै गयो । देसको उधोगधन्दा निजीकरणको भेट चढ्न थाले पछी बिस्तारै बन्द हुन थाल्यो भने गाउँमा बस्ने युवायुवतीहरु सहरमुखी हुन थालेको परिणामले गर्दा बिस्तारै बिस्तारै गाउँबाट युवा युवतीहरु सहर पलायन हुन थाले जसको कारणले गर्दा आज गाउँ घरमा हली, लाठे, रोपार देखि मर्दा पर्दा समेत बलिया बलिस्ट हात पाखुरी भका युवायुवतीको अभाव हुन थालेको छ ।प्रजातन्त्र देखि लोकतन्त्रको ठुलो उपलब्धिमा सायद यहिनै होला ।
२०४६ साल पश्चात गाउँ गाउँ टोल टोलमा बैदेसिक रोजगारीका दलालहरु आएर मिठा मिठा प्रलोभन देको नतिजा हो आज देसमा अत्याधिक मात्रामा रेमिटान्स भित्रिनु तर त्यसरी भित्रेको रेमिटान्स भित्रको कथा घर गाउँका देखि पार्टीका नेता देखि कार्यकर्ता हुँदै सरकार सम्मलाई पनि पक्कै थाहा छ तर पनि युवा युवती बिदेस पलायन हुन किन रोक्दैनन त्यो चैँ रहस्यको बिषय छ ।
क्रान्ति भनेको नेपाल मात्र नभएर संसारभरिको कम्युनिस्टहरुको पेवा सब्द हो । क्रान्ति भन्दा अरु सब्द कम्युनिस्टहरुले उच्चारण गर्न जान्दैनन तर अन्य देसमा क्रान्ति सफल भए पछी युद्धस्तरमा देस र जनताको बिकास गर्छन तर हाम्रो देस नेपालमा क्रान्ति पस्चात सत्तामा बस्ने कम्युनिष्टहरुले देस र जनताको कत्तिको दोहन गर्छन त्यो बताउनु नपर्ला ।
उदाहरणको लागी १२ बर्षे जनयुद्ध गरेर सत्तामा आएको नेपाल कम्युनिस्ट पार्टी माओबादीका सरकार हाक्ने नेताहरुले सत्ता संचालन गर्ना साथ बिदेसमा श्रम गरेर घर फर्किने नेपालीहरुले ल्याउने सामान्य जिन्सीमालसामान हरुमा अनिवार्य भन्सार लगाउन सुरु गरे र त्यसरी गर्नेमा माओबादी पार्टीको प्रथम अर्थमन्त्री डाक्टर बाबुराम भटराई हुन र पछी माओबादीको सत्ता हटे पछी गठबन्धन सरकारको अर्थमन्त्रीले त्यो निर्णय खारेज गरि दिए ।
दोश्रो पटक पुन माओबादीबाट तिनै डाक्टर बाबुराम भटराई प्रधान मन्त्रि हुना साथ बिदेस बाट छुट्टीमा घर आउने कामदारहरु समेतले अनिवार्य श्रम स्वीकृति लिनु पर्ने नियम बसाली दिंदा त्यस बाट पर्न गएको दुख: कस्ट र हैरानी सम्झिदा माओबादी कम्युनिस्ट पार्टी भनेको हिजो अबैधानिक र आज बैधानिक लुटेराहरुको जमाते हो भन्न कर लाग्छ ।
यो पंक्तिकार बिदेस (मलेसिया) दुई पटक गरेर श्रम गर्न बसेको अब केहि महिना पछी दस बर्ष लाग्छ र यो दस बर्षको दौरानमा प्रत्येक दुई बर्षमा नेपाल आउने जाने गरेको छ भने माओबादी सत्तामा आए पछी लादिएको नियम र कानूनले कति पिडित भाको छ त्यो माथिको उदाहरणले प्रस्ट हुन्न र ?
पंक्तिकारलाई रोजगार दिने कम्पनीको मालिकले बिदेसी कामदारहरुलाई बर्षेनी बिमा तथा अन्य सुबिधा दिएको छ भने १/२ महिना छुट्टीमा आफ्नो देस फर्किंदा पुन: आफ्नो देसमा गएर श्रम ईजाजत लिनु पर्ने यो कस्तो चलन हो र त्यसरी ईजाजत बापत तिर्नु पर्ने त्यो रकम मध्येको बिमा किन र कसको लागी हो र त्यसरी सङ्कलन गरिएको रकम बिदेसी कामदारहरुको हकमा के कति खर्च भयो के जनतालाई बताउने हिम्मत गर्लान ? कम्युनिस्टहरुको क्रान्तिकारी काम र कदम भनेको के यस्तै हुन्छ ?
देसमा नयाँ नयाँ उधोग धन्दा तथा कलकारखाना स्थापना गरेर युवायुवतीहरुलाई बिदेस पलायन हुन बाट रोक्ने काम भनेको राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताहरुको हो कि हैन ? क्रान्ति र आन्दोलन भन्दै अराजक गतिबिधि देखि हत्या हिँसा सम्म गर्न उक्साउन जान्ने तर सरकारमा गए पछी आफु आफ्ना र आफ्ना आसेपासेको हक हित भन्दा अरु केहि गर्न सक्दैनन भने अब पनि नेपालको कांग्रेस तथा कम्युनिस्ट पार्टीहरुको गुलिया चिप्ला कुरामा लागेर आफ्नो तथा देसको भविष्य किन बर्बाद गर्ने ? नेपालको युवा युबतीहरु भनेको आफ्नो पार्टीको सरकार नबन्दा सम्म तिनीहरुको ढाल बनेर पार्टीको लागी खट्ने र त्यो पस्चात आफ्नै लगानी खोजेर बिदेस पलायन हुनु भनेको यो भन्दा अरु ठुलो दुर्भाग्य अरु के हुन्छ ?
२०४६ साल पछि २५ बर्षको समयलाई बिस्लेष्ण गरेर हेर्ने हो भने बिदेस बाट नेपालीहरुले रातोदिन श्रम गरेर पठाएको बिदेसी मुद्राले देस र नेता पाल्नु भन्दा अरु केहि पनि देखिएन । जनताले रगत पसिना बगाएर पटक पटक गरेको क्रान्ति र त्यो क्रान्तिले स्थापना गरेको प्रजातन्त्र देखि लोकतन्त्र सम्मको सासनले रेमिटान्सको लिगलिगे दौड गराउनु क्षणिकको लागी सत्ता हाक्ने पार्टीको सरकार र तिनका कार्यकर्ताहरुलाई फाईदा होला तर देस र जनताको हितमा रेमिटान्सको यो लिगलिगे दौड पटक्कै फाईदा छैन किनभने युवा युवतीहरु बिदेस पलायन भए पछी गाउँ घरमा देखिएको भयावह समस्या तथा बिकृतिले गर्दा आज गाउँ टोलनै उजाड उजाड भएको देख्दादेख्दै पनि बैदेसिक रोजगारीमा जान उक्साउनु त्यो जायज हैन सबैलाई चेतना होस ।