Wednesday, December 10, 2014

जुँगाको लडाई र मेलमिलाप ।

 ~जनकमान डंगोल

हतियारको माध्यमबाट दुस्मन संग लड्ने भिड्नेकार्यलाई युद्ध भनिन्छ तर बिना हतियारको पनि युद्ध हुन्छ जसलाई 'वाक युद्ध' भनिन्छ र यो 'वाक्युद्ध' हतियार युद्ध भन्दा पनि खतरनाक हुन्छ भनेर देखिएको थियो देखियो र अझै देखिदैछ
क्रान्तिको माध्यमबाट मात्र समाज र देस परिवर्तन हुन्छ । बिना क्रान्ति देस र समाज परिवर्तन हुन सक्दैन भनेर कम्युनिस्टहरुको नीति र सिद्धान्तले भन्छ । अन्त देसका कम्युनिस्ट नेताहरुले आफ्नै तौर तरिकाले नीति र सिद्धान्त बनाएर र सोहि अनुसार चले । कोहि असफल भए कोहि सफल भए तर तिनीहरुले प्राय अर्काको नीति र सिद्धान्तको हुबहु प्रतिलिपि गरेनन ।
क्रान्तिको मध्यम बाट देस जनताको आमुल परिवर्तनको सपना देखेर नेपालका केहि युवा युवतीहरुले छिमेकी मुलुकमा गएर बिक्रम सम्बत २००६ सालमा बिदेसी भुमि भारतमा गएर कम्युनिस्ट पार्टीको स्थापना गरे । २००६ सालमा नेपालीहरु द्वारा जन्मईएको नेपाल कम्युनिस्ट पार्टीहरु आज कति टुक्रामा विभाजन भएको छ त्यो सबैको नाम नामेसी यो पंक्तिकारले पनि भन्न सक्दैन ।
युद्धको कुरा मैले सुरुमै उठाए । नेपालको कम्युनिस्टहरुले पनि युद्धको सुरुवात २०२८ सालमा गरेका हुन त्यो पनि हतियारबिहिन मान्छेको टाउको काटेर । अब यो युद्ध भयो कि हत्या त्यो आफै अनुमान गर्नु होला तर त्यसरी क्रान्ति गर्ने पार्टी आज नेपालको सबै भन्दा ठुलो कम्युनिस्ट पार्टी बनेको छ र जसलाई नेपाल कम्युनिस्ट पार्टी एकिकृत मार्क्सवादी लेनिनवादी भनेर संसारले चिन्ने गरेको छ । त्यहि खेमाको आर्को पार्टी पनि छ जसलाई नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी लेनिनबादी मात्र भनेर भन्ने गरिन्छ । 
सांच्चिक्कै हतियार उठाएर ससस्त्र क्रान्ति गर्ने नेपालको कम्युनिस्ट पार्टीमा नेपाल कम्युनिस्ट पार्टी माओबादीलाई जान्छ । माओबादी पार्टीले नेपालमा २०५१ साल देखि २०६३ साल सम्म मच्चाएको हत्या, हिँसा, आगजनी, अपहरण, तोडफोड जस्ता क्रियाकलापहरुको फेहरिस्त निकै लामो छ जुन बर्णन गरेर साध्य हुन्न ।
क्रान्तिकै माध्यमबाट परिवर्तन हुन्छ भनेर ससस्त्र क्रान्ति गर्न नेपालमा नेपाली कांग्रेस पार्टीले सिकाएको हो र २००४ साल देखि २०३३ साल पटक पटक नेपाली कांग्रेसले पनि हतियार बम बारुद उठाएकै हो तर नेपाली कांग्रेसले नेपालको कम्युनिस्टले जसरि 'सफाया' भन्दै व्यक्ति हत्या कहिले पनि गरेन सायद 'समाजबाद' को सिद्धान्तको कारणले पो हो कि ।
नेपालमा कम्युनिहरु कहिले पनि एक भएर मिलेर बस्न सकेनन जसको नतिजा नेपाली जनताले पटक पटक भोग्नु परेको छ । कम्युनिस्टहरु पहिला सिस्ट भाषामा बहस गर्छन र त्यो बहस बढ्दै गए पछी 'वाकयुद्ध' मा परिणत हुन्छ । 'वाक्युद्ध' बढ्दै गए पछी आरोप, प्रत्यारोप हुँदै व्यक्तिको मानहानी बाट गालि बेईज्जति हुँदै ताल परेको खण्डमा 'सफाया' गर्न समेत पछी हट्दैनन् भन्ने कुरा नेपालको हाल अस्तित्वमा रहेको तिन दर्जन भन्दा बढीको कम्युनिस्ट पार्टीहरुले देखाई सकेका छन ।
सिधा र सरल तरिकाले भन्ने हो भने नेपालको कम्युनिस्टहरुले कहिले पनि देस र जनताको लागी क्रान्ति गरेका छैनन । यिनीहरुको क्रान्ति त्यो क्रान्ति नभएर भ्रान्ति मात्र हो किनभने जुन पार्टीहरुले आफैले प्रतिपादन गरेको नीत र सिद्धान्त नभएर बिदेसीबाद र सिद्धान्त अँगाल्छ भने त्यो त आर्काको नक्कल हो र आर्काको नक्कल गर्नेले सक्कली क्रान्ति कसरि गर्न सक्छ ?
'कालमार्क्स' ले यस्तो गर्नु भाको थियो, 'लेनिन' ले यस्तो गर्नु भयो, 'माओ' ले यस्तो गर्नु पर्छ भन्नु हुन्थ्यो । नेपालको कम्युनिस्ट पार्टीहरुको देउता तिनै तिन थरि बिदेसी नागरिक हुन र तिनैले बोलेको वाक्य नेपाली कम्युनिस्टहरुको लागि बरदान भयो र तिनैको फोटोमा पुजा गर्छन  कम्युनिस्टहरु सर्बहारा हुन र धर्म मान्दैनन पनि भन्छन  ति तीनथरी मान्छे बिदेसी हुन र तिनले आफ्नै बुद्दी र विवेकले आफैले बिचार जन्माए पछी त्यो नीति बन्यो र त्यसै अनुसार चले तिनका देसका नागरिकले साथ दियो त्यो सफल भयो तर जनताले तिनका नीति र बिचार मन नपराको भे त्यो कदापि सफल हुन सक्दैनथ्यो ।
बिदेसिले जन्माको नीतिमा थपथाप गरेर फूलबुट्टा भरेर नेपाली कम्युनिस्टहरुले नेपाली जनता माझ प्रस्तुत गरे । जनताले मन पराए तर तिनीहरुले जोडजाड पारेको बिदेसी नीति र सिद्धान्त तिनकै पार्टी भित्रकाले मन पराएनन जसको नतिजा हो पार्टी एक बाट दुई, तिन हुँदै अहिले तिन दर्जनमा पुग्नु तर पनि नेपालको मुर्ख कम्युनिस्ट पार्टीका नेताहरुले ति तीनजना बिदेसी नागरिकलाई 'देउता' मानेर पुज्न छोडेका छैनन भने यिनीहरुलाई अब पनि नेपालको जनताले माया गर्छन भनेर सोच्नु त्यो केवल दिवा सपना मात्र हो 
१२ बर्षे जनयुद्ध गरेर देसमा आमुल परिवर्तनको सपना देखाउने नेपाल कम्युनिस्ट पार्टी माओबादी आज गुट उपगुट हुँदै ५ खेमामा विभाजन हुन पुग्यो । यो बिभाजन हुनुको मुख्य कारण भनेको नीति र बिचारको लडाई नभएर सुरुमा 'वाकयुद्ध' र पछी त्यसैले जन्माएको 'जुँगाको लडाई' भन्दा अरु केहि पनि हैन ।
एमाओबादी बाट ड्यास माओबादी पार्टी बनाएर आफै अध्यक्ष बनेका क.मोहन गोपाल बैद्य अझै पनि 'मिलापत्र' गरम भनेर हिजोका आफ्नाहरूलाई याचना गर्छन । संसद छोडेर आउनुस भनेर आफ्ना चेला चपेटालाई जनयुद्धकालिन झैँ गरेर आदेस गिराउछ्न तर नेपालमा क.बैद्य जत्तिको मुर्ख र बुद्धि नभाको नेता यो पंक्तिकारले आज सम्म देखेको छैन किनभने हिजै प्रबास दौरानमा अहिलेका क.प्रचण्ड खेमाले 'तोरीको फुल' देखाको देख्दादेख्दै पनि जीवनको अन्तिमक्षणमा आएर कांग्रेसी नेता बि.पीले अंगालेको 'मेलमिलाप' को 'ललिपप' देखाउदैछन । 
कांग्रेसी नेता स्व. बि.पी २०३३ सालमा त्यो बेलामा रोग नलागेर हट्टाकट्टा भएको भए तिनले 'मेलमिलाप' को 'अस्त्र' कदापी फ्याक्दैन थिए । 'ज्यु रहेपो खान पाईन्छ घ्यु' भन्ने उखान सम्झेर 'जान हे तो जहान हे' भन्दै रुन्चेस्वरमा 'मेलमिलाप' भन्दै आफ्नो क्यान्सर लागेको ज्यु ज्यानको ओखती गर्न पाईने आसामा नेपाल छिरेका हुन त्यो भन्दा अरु कुनै कारण थिएन किनभने स्व.बि.पी हेर्दा समाजबादी देखिएतापनि उनि जत्तिको क्रान्तिकारी नेता नेपालमा अहिले सम्म जन्मिन सकेको छैन र सायद जन्मिदा पनि जन्मिदैन । उनको सिंगो जीवननै ससस्त्र क्रान्तिमा बितेको हो ।
यहि फर्मुला अहिले क.बैद्यले आफुमा लागु गर्दैछन किनभने साक्तिको श्रोत भनेको युवाहरु हुन जो बैद्यको नीति र नियम संग असन्तुस्ट भएर अहिले युवा नेता क.चन्दको नेत्तृत्वमा गोलबन्द भएर छुट्टै पार्टी गठन गर्न पुगी सकेका छन भने नेपालको कम्युनिस्टहरु हुन या कांग्रेस यिनीहरुले गर्ने भनेको आन्दोलन देस र जनताको लागि नभएर व्यक्तिको फाईदाको लागी मात्र हो भनेर प्रमाणित भै सके पछि अब फेरी पनि जो जसले क्रान्ति गर्छु भनेर भन्छन भने त्यसको पत्याउने अधार के ?
के नेपालको कांग्रेस हुन या कम्युनिष्टहरुले आफैले नीति र सिधान्तको आविस्कार गरेका छन ? नेपाली कांग्रेस पार्टीको नीति र सिधान्त भारतीय कांग्रेसको प्रतिलिपि हो भने नेपालको सबै कम्युनिस्ट पार्टीहरुको नीति र सिधान्त पनि त्यस्तै बिदेसी कम्युनिस्ट पार्टीहरुको प्रतिलिपि हो कि हैन ?
आर्काको नक्कल गर्ने नक्कले पार्टीहरुले देस र जनताको बिकास गरे कि गरेनन त्यो आफ्नै आँखा अगाडी पटक पटक प्रत्यक्ष देख्दादेख्दै र भोग्दाभोग्दै पनि फेरी तिनीहरुको गुलिया र चिप्ला कुरामा लाग्नु भनेको आफुले आफुलाई स्वयम धोका र गुमराहमा पार्नु हो कि हैन ? यक पटक ठण्डा दिमागले सोच्नुहोस त ।