Sunday, October 26, 2014

लघुकथा -न्याय

खांट्टी कुरा     October 26, 2014    

तस्विर साभार: कथाकारको फेसबुक बाट
कथाकार।देव थापा

उसको गोजी बाट उसैको मोबाइल निकाल्न मलाई निकै गारो भयो! एक त उ आफ्नै रगतमा लतपतिएको थियो अनि निर्जीव र फेरी कम्मर भन्दा मुन्तिरको जम्मै अङ्ग क्षतिग्रस्त!
उसलाई पलास्टिक मा पट्टाएर शव वाहन मा हाले पछि मैले जिन्दगीको भरोसा गर्न नै छोडे... हुन पनि एक घण्टा पहिले हामीले संगै खाना खाएका थियौ। बिदेश फापेन उसलाई ।
त्यो दिन कसरी बित्यो मलाई यादै छैन! भोलिपल्ट दिनभर हामी शोकमा थियौं, समवेदना र अपसोचमा थियौँ !
उसको कान्छी श्रीमती को मिसकल झन्डै साठी सत्तरी पुगिसक्याथ्यो मेरो मोबाइल मा! फोन रिसिभ गर्ने हिम्मत जुटिरा थेन! फेरी कसरी एक्कासी सिउँदो पुछ्न भन्नु!
साँझमा त फोन उठाउनै पर्यो!
"खोइ त दुई दिन भै सक्यो , उहाको खबर छैन , कता हुनुहुन्छ ?"
मैले उनको जबाफ नदिएर उल्टै सोधे "अनि खानपिन भयो त हजुरको?"
"हजुर भयो नि, दुईजना छोरीहरू त खाएर निदाई पनि सके....!"
"अनि हजुरको बाबा कता हुनुहुन्छ ? संगै छन्?"
"उँहा संग आए पछि, बाबा त्यति बोल्नु हुन्न म संग.. छोरीहरू संग एक्लै छु म...!"
"सुन्नुहोस्.. अब जसरी हुन्छ बाबा र दाजु भाइ लाई फकाएर दुईटै छोरीहरू लिएर उनको घर जानुहोस्।"
"किन र !!! के भयो उनलाई ?"
"उहाँ हिजो दुर्घटनामा पर्नुभयो.. एक हप्ता भित्र सायद उहाँको लास आइ पूग्छ..." मैले यति भन्नलाई झन्डै पाँच मिनेट लगाएँ!
त्यस पछि उनको रुवाइलाई म बयान गर्न सक्दिनँ।
झन्डै पन्ध्र बिस मिनेट पछि मैले उनलाई निकै संझाएँ!
"हेर्नुहोस् अब घटना घटीसक्यो.. अब नाबालक छोरी हरूलाई सम्हाल्ने जिम्मा हजुरकै हो... जसरी हुन्छ छोरी हरूलाई लिएर उनको घर जानुहोस्।"
"म उहाँको घर जानै मिल्दैन, उहाँको जेठी र परिवार ले मार्छन्!! "रुवाइ अझै थियो आवाजमा !
"छोरी हरू उहाँकै हो भनेर त थाहा छ नि उहाँको परिवार लाई.. नभए पुलिस लिएर भए पनि जानुहोस्.. उनको इन्स्योरेन्सको पैसा हजुरलाई नमिले पनि छोरीहरू लाई मिल्नु पर्ने दबाब दिनुहोस् !"
उनी केही क्षण चुप लागिन र भनिन "यहा कुरा अर्कै छ.. यो दुईजना छोरी हरु उहाँको हैनन्.. उहाँ मेरो बुढाको साथी हुनुहुन्थ्यो .. हाम्रो घरमा उहाँको आवत जावत हुन्थ्यो... र कसरी कसरी हाम्रो प्रेम हुन पूग्यो .. र छोरी सहित मलाई भगाएका हुन!!"
म पूर्णत स्तब्ध भए.. त्यस पछि उनले के के भनिन् र मैले के के भने मलाई न याद छ न वास्ता नै!
भोलिपल्ट । उनलाई व्यक्तिगत रुपमा पठाउने भनेर जम्मा गरेको पैसा हरू मैले साथीहरू को नाम हेर्दै फिर्ता गरिदिएँ! लास नेपाल पूग्ने समय र मिति उनलाई सुनाएँ पछि मोबाइल को सिमकार्ड पनि चेन्ज गरे!
"देव"को अदालतमा कुन्नि कस्तो निर्णय होला तर मेरो अदालतले उसको तेर्हौ दिनमा ... समवेदना भन्न सकेन!

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .