Home » » मदेसको समाचारलाई प्राथमिकता किन दिईदैन ?

मदेसको समाचारलाई प्राथमिकता किन दिईदैन ?

Written By खांट्टी कुरा on Tuesday, September 23, 2014 | September 23, 2014

-जनक मान डंगोल
साभार: दिवाकरजिको फेसबुक वाल बाट
कार्टुनिस्ट मित्र श्री दिवाकरज्युले सामाजिक संजाल फेसबुकमा ‘मदेसको समाचारलाई प्राथमिकता किन दिईदैन’ ? भन्ने आसयको कार्टुन चित्र प्रस्तुत गर्नु भएको रहेछ ! सामाजिक संजालमा प्रस्तुत गरिएको कुनै पनि समसामयिक घटना सम्बन्धि विभिन्न माध्यमबाट प्रस्तुत गर्नु त्यो लेखक, कलाकारको खुबी हो र त्यसलाई सकारात्मक तथा नकारात्मक ढंगले हेर्ने र बुझ्ने काम पाठकको हो !
नेपालमा जहानियाँ राणा शासनको पतन २००७ सालमा भएको भन्ने कुरा सारा नेपालीहरुलाई अवगत नै छ ! हाम्रो नेपाली जन जिब्रोमा भुमि, नदिलाई स्त्री लिंगले सम्बोधन गर्दै ‘माता’ भन्ने चलन छ ! नदि अर्थात पूर्वको सप्तकोसीको अन्तिम बिन्दु नेपालको सुदुर पुर्ब कोशी र सगरमाथा अंचलको सिमाना भएर बग्छ अर्थात सप्तकोशी सगरमाथा र कोशी अंचलको साँध सिमाना पनि हो र हकभोग आधा आधा लाग्छ !
नेपालमा २००७ सालमा प्रजातन्त्र स्थापनाको नेपाली कांग्रेसको ससस्त्र संघर्षको मुख्य केन्द्र बिन्दु मदेसको झापा, मोरंग, सप्तरी देखि जनकपुर हुँदै सुदुर पश्चिम कन्चनपुर् सम्म थियो र राजधानी काठमाण्डौमा त पछी सुरु भएको हो ! २०१३ सालमा नेपालि कांग्रेसले कोशी नदि र २०१५ सालमा गण्डक नदि भारतलाई बुझाएको थियो ! त्यस पछि नदि नाला बुझाउने क्रम आजको मिति सम्ममा पनि जारि नै छ भने तराईका यस्ता महत्वपूर्ण बिषयको समाचार रास्ट्रिय देखि अन्तररास्ट्रिय जगतमा छायो कि छाएन ? त्यो मैले बर्णन गर्नु परेन किनभने कार्टुनिस्ट मित्रले उठाउनु भएको प्रश्नको बिषयमा खसखस लागेर मुख खोल्ने कोसिस मात्र गरेको हु र मेरो खसखस अझै समाप्त भएको छैन !
मित्रले भन्नु भए जस्तै मदेसको समाचार पंचायती ३० बर्षे सासनमा कमै पढ्न पाईन्थ्यो किनभने त्यो बेला मदेसको मधेसी मध्येको टाठाबाठाहरुले राजनीति हैन आफ्नो पुर्ख्यौली पेसा खेतिपाती देखि बन्द ब्यापार गरि बस्थे भने कामको चटारो छोडेर बेगारी बन्दै राजनीति गरेर हिड्ने फुर्सद कसलाई हुन्थ्यो र एक्कादुक्का पन्चेत ईत्तर मदेसी नेताहरु प्राय सबै गिरफ्तारीको डरले नेपालमा नभएर भारतमा लुकेर बसेका थिए ! नाम नामेसी लिने हो भने लामै हुन्छ !
कार्टुनिस्ट मित्र दिवाकरजी को गृह जिल्ला सप्तरी भनेर लेखिएको देखियो ! २०४६ सालको प्रजातन्त्र पश्चात नेपालको राजनीतिमा क्षेत्रीय पार्टी जन्माउँन सिकाउने पनि सप्तरी जिल्लाकै स्व.गजेन्द्र नारायण शिंह हुन ! भारतको बिहार पटनामा बसेर नेपालको क्षेत्रीय राजनीति गर्ने स्व.गजेन्द्र नारायण शिंहकै नक्कल गर्दै अहिले नेपालमा दर्जनौ क्षेत्रीय पार्टी गठन भएको छ र त्यस्ता पार्टीहरुको गठनमा मदेसी पार्टीहरुको बर्चस्व बढी छ भने राजनीति पार्टीको क्रियाकलाप देखि काम कर्तब्य के कस्तो हुन्छ त्यो करोडौ नेपालीहरुले दैनिक देख्दै भोग्दै आएका छन भने अब भन्नुस मित्र मदेसको समाचार बन्यो कि बनेन ?
पुस्तौ पुस्ता देखि मदेसमा बसोबास गर्दै आएका पाहाड़े मुलका नेपालीहरुलाई एक मदेसको नारा लगाउदै मदेस आन्दोलनको निउँमा मदेसबाट खेदिदा त्यो समाचार बरु त्यति खबर माध्यममा आएको देखिएन तर मदेसी माथि भेदभाव भयो, भेले, भैया, धोति जस्ता सब्दले मदेसीको अपमान गरियो भनेर दिनहुँ सामाजिक संजाल देखि अनलाइन छापाहरुमा देखिने यस्ता खबर सक्कली मदेसीले उठाएका हुन् कि बिखन्डनकारी मदेसीले उठाएका हुन त्यो चैँ अहिले सम्म यो पंक्तिकारले बुझेको छैन किनभने पंक्तिकारको ससुराली पनि मधेसीनै हो !
ठाउँ अनुसार क्षेत्रीय भाषामा एकले आर्कालाई होच्याएर बोल्नु त्यो कुनै ठुलो नयाँ र नौलो हैन ! राजधानीबासि रैथानेले मदेसी, भैया, भेले, धोति मात्र नभनेर भोटे, पर्वते, पनि भन्छन भने अन्यत्र पनि चलन चल्तीका भाषाले होच्याएर बोल्ने चलन छ ! मदेसमा पहडिया भनेर खसालेर बोल्ने चलन छ ! मदेसकै सहर बजारमा बस्नेहरुले गाउँ देहातको मान्छेलाइ काठमान्डौकाले पाखे भने झैँ उनीहरुले पनि देहाती, गवाँर, ब्रुबक जस्ता होच्याउने सब्द प्रयोग गर्छन !
मधेस भनेको जिल्ला सदरमुकाम मात्र हैन ! वास्तविक मधेस भनेको गाउँ देहात हो ! गाउँ देहातमा देहाती बस्छन ! गाउँ देहातको देहातिहरुले आफ्नै पिता पुर्खाको पाला देखिकै आफ्नो मातृभाषा बोल्छन ! मातृभाषा भनेको स्थान अनुसारको राजबंसी, धिमाल, मैथिली, भोजपुरी, अबधि देखि थारु सम्म हो र यो स्थानीय भाषा संग हिन्दि भाषाको कुनै आईनो साईनो पर्दैन र गाउँ देहातको देहातीहरुले हिन्दि भाषा बुझ्दा पनि बुझ्दैन र हिन्दि सिनेमाको प्रभावले गर्दा हिन्दि भाषा सदरमुकामको केहि नगण्य व्यक्तिहरुले बुझ्छन भने मधेसमा बिगतको ७/८ बर्ष देखि एक मधेस देखि हिन्दि भाषाको माग किन उठ्यो त्यो चैँ समाचारको हेडलाईन किन बन्दैन ?
नेपालको हिमाली, पहाडी देखि भित्रि मधेसको अनुपातमा मधेसको गाउँ देहात मात्र नभएर सहर बजार सम्ममा डायन भनिने बोक्सी प्रथा देखि दाईजो, जातपात, छुवाछुतको कुरीति बिकृति र विसंगतिको भरमार छ भने यस्ता समाचारले दिनहु पत्र पत्रिका रंगिएको छ कि छैन ? मधेसीकै देखासिकी गरेर हिजो आज पाहाड़े समुदायमा पनि दाईजो प्रथाले बिकरालरुप धारण गर्दैछ भने यो सुखद पक्ष हो कि दुखद: पक्ष हो र यस्ता पक्षको बिरोधमा कार्टुनिस्ट दिवाकरजिको कुचि चल्छ कि चल्दैन ?
हिन्दु धर्ममा विभिन्न सम्प्रदायहरु छन ! मधेसमा बसोबास गर्ने बाहेक धेरै पाहाड़े समुदायहरुलाई ‘छठ’ पर्ब भन्ने कुरा थाहा नै थिएन तर अहिले ‘छठ’ पर्व नेपाल अधिराज्यभर मनाइन्छ भने पहाडे समुदायले यो त मधेसीको चाडहो हामीले मनाउनु हुन्न भनेर भनेको देख्नु भाको छ ? तर मधेसबासिको मनमा हरि भएको भए बिखन्डनकारिको लह लहैमा लागेर मदेसबाट पहाडेलाई किन जबर्जस्ति खेदियो त्यसको जवाफ कार्टुनिस्ट दिवाकरज्युले दिन सक्नु हुन्छ कि हुन्न ?
मधेसमा जन्मी हुर्की बढेका मानिसहरुको रहन सहन देखि खानपान सम्म पहाडे समुदाय संग फिटिक्क मेल खादैन ! उच्च हिमाली भेग देखि पहाड भित्रि मदेस सम्म मधेसका जनताहरु विभिन्न कर्मचारीको रुपमा कार्यरत छन ! जहाँ जे पाक्छ त्यहि खाइन्छ र खुवाईन्छ ! अहिले सम्म कोहि कसैले भेदभाव गरेको सुन्नमा आएको छैन ! सरुवा बढुवा जस्ता नियमित प्रक्रियबाट लामो समय सम्म काम गरेर बसेको थालथलो छोडेर जाँदा स्थानीयले अबिर जात्रा गरेर पठाएको देखेका छौ तर विखण्डनकारिको उक्साहटमा मधेसमा मधेसी सेना, प्रहरी, कर्मचारीको माग गर्नु त्यो कत्तिको जायज हो र त्यस्ता कार्यले हित हुन्छ कि अहित हुन्छ ?
बितेका २५ बर्षमा पाहाडको अनुपातमा मधेसमा खर्बौ खर्ब रकम निकासा गराईएको छ त्यसरी निकासा गराईएको रकमको २५% पनि बिकास निर्माणमा खर्च भएको छैन ! मदेशमा जत्तिको भ्रस्टाचार अन्त कहिँ कतै देख्न पाइदैन ! मदेसी नेताहरु चुनाव जिते पछी काठमान्डौ छोडन मान्दैनन भने यस्ता कुराहरु लाई नजर अन्दाज गरेर मदेसको मात्र एकोहोरो राग अलाप्नु त्यो जायज हो कि नाजायज हो ? नेताहरु गाउँ देहातमा नबसेर केन्द्रमा बसे पछी मदेसको समचार बन्छ कि केन्द्र देखि सहरको समाचार बन्छ त्यसको जवाफ दिन सक्नु हुन्छ ?
Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger