Monday, September 22, 2014

म फेरी जन्म लिन्छु !

(बिदुर बस्नेत)
मरेर गए पनि मेरो देश कहिल्लै अरुको अधिनम़ा हुन्न भन्ठानेको थिए तर त्यस्तो सोच्नु मेरो ठुलो भुल रहेछ ! नेपाल एकिकरण गर्दा बीर गोर्खालीहरु कतिले प्राण त्यागे कतिले रगतको खोलो बगाए ! यो -साना राज्य जोडी एउटा बिशाल नेपाल रचे
मेरो सन्तती हरुले हाम्रो सिमाना टिस्टा देखि कागढ़ा सम्म पुग्यो भनेको सुन्दा भन्दा म़ हर्षले गद गद भएको थिए तर आज मैले के देखनु पर्यो ? यो  मेरो देशको कैयौ भूभाग भारतमा गाभिएको देख्दा हृदयघाततुल्य भएको छु ! नालापानी किल्लामा फिरंगीले पानी काटे पश्चात बलभद्रले बाध्य भएर नालापानी किल्ला छाडेका थिए ! त्यस बखत नेपाली नारीहरुले मानब ढाल बनि किल्ला को संरक्षण गरे ! खोइ कहाँ गए ति बीर साहसी नेपाली नारीहरु ? कहाँ गए अमर सिंग थापा, भक्ति थापा, जोहरसिंह थापा मगर जस्ता  वीर नेपालीहरु ? आफ्नो देश को सिमाना मिच्दा आज किन मुकदर्सक छन ? आफ्नो देश अरुको अधिनमा पर्दा नेपालीहरु के हेरेर बसेका छन ? नेपालीको राष्ट्रियता हामी मरे देखिनै मरेछ कि यस्तो भनौ नेपालीहरु कायर भएछन ! पुर्खाको बहादुरीले अहिले सम्म जियेका नेपालीहरु यति सम्म कायर होला भनेर कल्पना सम्म गरेको थिईन !

भीमसेन थापाले मलाई भन्थ्यो फिरंगीले हामीलाई कति लोभ प्रलोभन देखाए तर   मेरा मन्त्रि साथीहरु कहिलै लोभ लालचमा परेनौ  देशको लागि लड़ेउ ! हामी कहिलै दुश्मन सामु झुकेनौ तर आज सिमाना मिच्ने नेपालको राष्ट्रिय बिभुति गौतम बुध्द भारतमा जन्मेको भन्दा पनि नेपाली मन्त्रिहरु किन चुप छन ? आज नेपाली मन्त्रिहरु दुइ हात फैलायर कुर्सिको लागि भिक माग्दा अर्काको सामु आफ्नो देश झुकेको देख्दा मेरो मन सारै खिन्न भको छ ! आज भाई भाई लडी राखेका छौ !  

कोहिले खुम्बुवान, लिम्बुवान, खस, नेवार, थरुहट, मिथिला, मदेश राज्यहरु मागी देश खण्ड गर्दै छौ ! मैले यो सानो दुखले आर्जेको राष्ट्र ४ जात छत्तिस बर्णको साझा फुलबारी नेपाल भनेर मैले त्यसै भनेको होइन ! नेपालीहरु एक भएर बस्न सकुन, एक अर्का बीच दाजु भाई दीदी बहिनि को सद्भाव गरेर बाच्न सकुन एउटा सिंगो नेपाल नेपालीहरु राष्ट्रियता को मालामा सधै बाधी रहुन भनेर भनेको हो ! देशको सिमाना, अस्तित्व सार्बभौम सत्ता बिदेसिले ब्रम्हलुट गर्दा घर झगडामै व्यस्तछौ यही हो तिमिहरुको नैतिकता ? देशको यस्तो मर्माहक स्थिति देख्दा मलाई सारै दुख लाग्छ पिडा हुन्छ !
खबरदार ! फेरी अर्को जन्म लिन्छु ! मेरो गुमेका भूभाग फेरी नेपालमै जोड्छु अनि बिसाल नेपाल रच्छु ! मेरो देश नेपाल टिस्टा देखि सतलज सम्म फेरी एकीकरण गर्छु ! चार जात छत्तिस बर्ण भाका देखि मिलेर बसेको सबै धर्म सम्प्रदाय सम्मलाई समेटेर फेरी पहिलाकै जस्तो बिसाल नेपाल बनाउछु !
सबैलाई चेतना भया !