Tuesday, August 05, 2014

गजल !

झिकी फाल्यौ मुटु बाट पैतालाको काँडा सरी

 सम्झी ल्याए आँखा बाट झर्छ आँशु बर बरी !!

 

 खुशी हुँदा साथ दियौ दुखमा चैं साथ छोड्यौ

 भन किन यस्तो गर्यौ प्रश्न गर्छु घरी घरी !!

 

 जति पीडा भए पनि सहेर नै बाँच्छु भन्थें

लाख कोसिस गरे पनी सकिन खै कसैगरी !!

 

 बन्द गर्छु आखाँ जब देख्छु तस्बिर उही तिम्रो

 सम्झिएर रुप उही आँत्मा रुन्छ धर धरी !!

 

 संगै जिउने संगै मर्ने वाचा गरी छुट्ने हरु

 ऐना जस्तै चर्काइ जान्छन् हैन मायाँ अजम्बरी !!

 

सावित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड
हाल-इजरायल