Home » » भब्य चल्दैछ मोदी महोत्सब !

भब्य चल्दैछ मोदी महोत्सब !

Written By खांट्टी कुरा on Sunday, August 03, 2014 | August 03, 2014

(कार्टुन साभार:कार्टुनिस्ट बासु क्षितिजज्युको फेसबुकबाट)
२०४२ सालमा तालिमको दौरानमा समय अनुसार चल्नु पर्थ्यो ! फौजको जीवन 'भरेर खाने गनेर सुत्ने' भन्ने त उखानै थियो ! सनिबार बेलुकीको ८ बजे अनिवार्य सिनेमा हेर्नु पर्ने नियम ! दिउसो शाही नेपाली चलचित्र संस्थान बालाज्युमा सिनेमा लिन जानु पर्ने भयो ! आफ्नो भागमा परेको डब्बा बोकेर आईयो साथिहरु सित लेफ्ट राईट गर्दै !

के सिनेमा हो केहि थाहा पत्तो छैन ! सोध्ने कुरानी भएन ! साँझ प्रोजेक्टर चलाए ! असोज कार्तिकको जाडोमा स्यु स्यु गर्दै चौरमा बसेर सिनेमा हेर्नु पर्ने ! सिनेमा बीच बाट छोडेर भाग्नु त के कुरा भुईमा बसे पछी मन्टो धारी दायाँ बायाँ गर्नु नपाईने ! फौजी सासन !

सिनेमा रहेछ श्याम स्वेत "हिजो, आज र भोलि' अर्थात परिवर्तन ! खटटट गर्दै थोत्रो प्रोजेक्टर चालु  भयो ! कपडाको पर्दामा पात्र आउने जाने प्रक्रिया सुरु भयो ! सात साले क्रान्ति भन्दा अगाडी भएर होला एउटा घरको बार्दली माथि चकले 'श्री ३ महाराजको जय, जय, जय' लेखिएको थियो !

सात साले क्रान्तिको हल्का दृश्य आयो त्यस पछि दौरा सुरुवाल मा ढाका टोपी लाको ५० काटेका घर मुलीले पात्रले 'श्री ३ महाराजको जय, जय, जय' को ठाउँमा 'श्री ५ महाराजको जय, जय, जय' बनायो !

हिजो ३ हुँदा नेपालमा २ राजा त्यस पछी ३ हट्यो र सो ठाउँमा साबिक बमोजिमकै श्री ५ ! ६३/ ६४ ले श्री ५ लाई पनि हटाको भन्छन तर अहिले सम्मन संबिधान सभा बनाएर श्री ५ पूर्ण रुपमा हट्यो भनेर घोषणा गर्न सकेका छैनन ! श्री ५ भन्ने पदलाई पूर्णरुपमा खारेज गर्ने अस्त्र भनेको संबिधान हो ! सभा चैँ बसेका जस्तो गर्छन तर संबिधान चैँ हिन्दि सिरियल 'सास बहु' जस्तै भाग १ बाट २ मा पुगेको छ,

तर,
यो आठ बर्षमा अचम्मको परिवर्तन पनि भाको छ त्यो हो ३/५ नभएर श्री १००८ स्वामीकै तौर तरिकामा श्री ६०१ को अभ्युदय ! के लाई चाहियो बाईसे र चौबिसे राज्य ६०१ हुँदाहुँदै ! हुकुमी सैलीमा सासन गर्न पाउँदा पाउँदै पनि तुरन्त का तु. संबिधान बनाएर आफ्नै खुट्टा बन्चरो हान्नु छ र !

पहिरो आउन कि बाढी, पहाड खसुन कि जमिन धसुन मुम्बैया भाषा 'बाल मतलब ! मात्र दखिनेस्वर देउता रिसाम्नु भएन ! दखिनेस्वर देउता रिसायो भने त उल्का र अचम्म हुन्छ ! हो त्यहि भएर कान्तिपुरा अहिले यो २/३ दिनमा जे जति उल्का र अचम्मको साथ् 'मोदी महोत्सब' भै रहेको छ त्यो मोदी देउता खुसि पार्नु हो भने सर्खारी नजरका ऐरे, गैरे देखि नत्थु खैरे सम्मले सामाजिक संजालमा उफ्रिदैमा केहि हुन्छ ?
-janakdangol@gmail.com
Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger