Home » » रक्ति प्रसस्ती !

रक्ति प्रसस्ती !

Written By खांट्टी कुरा on Wednesday, July 30, 2014 | July 30, 2014


भुतपुर्व घाम पार्टीको जुझारु युवा नेता कम्रेट आंगकाजि सेर्पाले घाम पार्टीलाई तिलान्जली दिनुभो ! त्यसरी तिलान्जली दिनेमा वांह मात्र नभर कुनै समयमा घाम पार्टीको २ नम्बर नेता बन्न सफल कम्रेट असोक राई देखि कान्तिपुरे साउबाहरु सम्म थिए ! 

त्यत्तिकै चैँ पक्कै पनि किन घाम पार्टीलाई गनेस थापाले भकुण्डोमा किक हान्याझैँ हान्थे र निम त एउटा चाहियो ! बाहुन क्षेत्री बाहेक अरु जातिचैँ अब आदिबासी जनजाति बन्नु पर्छ भन्ने घर सर सल्लाह गरेर सुपरहिट आरोप तय गरियो ! हाम्रो घाम पार्टीमा उग्र बाहुनबाद भको कारणले गर्दा आजाट हाम्ले घाम पार्टीलाई बाइबाइ गरेमा छम भुल चुक लिने दिने !

कौरेस जन्माउने जन्मदाता मध्येको एक जना कान्तिपुरे साउबा स्व. गणेसमान पनि हुन ! हात खुट्टा चलुन्जेल र गालामा रक्ति हुन्जेल सय थरि पद्बिले विभूषित गर्ने पनि अहिलेकै क देखि ज्ञ सम्मका नेता देखि कलमेहरु सम्म हुन ! चित्तुंनको कुर्चि काण्ड घटार लौह पुरुख फलामेम्यान लाई कहिले उठ्न नसक्ने गरि थला  के पार्देका थिए बुढाले थर्काई हाले आफ्नै लवजमा 'मने हाम्रो कौरेस पार्तिमा बाहुनबाद हाबी भो' ! 

स्व.फलामेम्याँनकै त्यहि भाका टप्प टिपेर 'बाहुनबाद' को घनघोर आरोप लाम्दै घाम पार्टीबाट जोरी खोजेर त निस्के तर लाटा सिधा र सोझा जनतालाई के को ललिपप देखाउने ! ललिपप भनेको गुल्यो जिनिस हो ! बिना गुल्यो नचटाई जनताले किन जिन्दाबाद र मुर्दाबाद भन्थे ! संसारको छानो भंच्च माउण्ट एभरेस्ट भन्ने सर्माथालाई ! त्यै सर्माथाको फेदा जन्म्या हुन भू.पु घामे नेता आंगकाजि शेर्पा ! सर्माथाको सप्पै युवा देखि युवतीको काम भनेको सर्माथा चढेर नाम देखि दाम कमाम्ने हो !

सर्माथा चढ्ने देखि चढाम्न खप्पिस मुन्छी तर नामको अगाडी सामन्ती भाका 'काजि' त्यस पछी लोक लाई देखाम्न 'किसान' अनि पुर्खाले न्वारान गर्देको आंग भन्ने नाउँ लाई तिलान्जली दिंदै थरको पुछ्रो शेर्पा अर्थात "काजि किसान शेर्पा" लेख्न मन पराम्ने बिद्द्वान नेताको दिमाखा सानदार आइडिया फुर्यो त्यो हो "क्षेत्री बाहुन काटिन्छ, आलो रगत चाटिन्छ" ! २०४६ साल पछी अलिअलि बोल्न छुट भाको भोलेनाथको देसा ६३ पछी त जे बोलेनि जे गरेनी छुट भसी काट्ने र चाटने शब्द कुना चैँ ठुलो भो र ! १२ बर्ष सम्म काटेकै थिए र त्यो काटेको रक्तिलाई पशुहरुले चाटेकै पनि हुन !

यस्तो सुपरहिट माहाबाणी "क्षेत्री बाहुन काटिन्छ, आलो रगत चाटिन्छ" स्वदेसमा सुपरफ्लप भर क्यार्ने अम्रिका देखि युरोपा सुपर हिट देखि मेघा हिट सम्म भकै हो ! यहि "क्षेत्री बाहुन काटिन्छ, आलो रगत चाटिन्छ" माहाबाणीले गर्दा काजि किसान शेर्पालाई बिदेस सयर पनि भ्याई नभ्याई भकै हो ! नाम देखि दाम सम्म दिने बडो गज्जबको माहाबाणी रच्च "क्षेत्री बाहुन काटिन्छ, आलो रगत चाटिन्छ" भन्ने युक्ति ! 

त्यै नारालाई सार्थकता दिनलाई हो कि राच्च्नितीयाँ सत्तुर मित्तुर हुन्न केहि हुन्न भनेर हो अस्ति किसान नाउँको शेर्पा नेता क्षेत्री नेताहरुको बाहुल्य भाको सामन्ती पार्टी गाईको नेता संग हात मिलाम्न गारैच्चन ! नेपाला त्यै मात्र यौटा पार्टी हो जुन पार्टीमा बाहुनबाद छैन भंच्चन ! कतै त्यो हात मिलाको जस्तो गरेर रक्ति परिक्षण गर्न गाका त हैनन ? नाराको अगाडी नै क्षेत्री छ ! होस गर्नुस है गाई पार्टीको ठुला नेता ! 
..
क्राईम चेक साप्ताहिकको २०७१ श्राबण १५ गते बिहिबारको अंकमा प्रकासित !


Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger