Home » » बाबुराम भट्टराइका अढार्इ कराेड जनता !

बाबुराम भट्टराइका अढार्इ कराेड जनता !

Written By खांट्टी कुरा on Wednesday, July 30, 2014 | July 30, 2014

Bharat Dahal

पढार्इ सकेर नेपाल फर्किंनु भन्दा अगाडी भारतकाे शासकवगर्गले सन् १९८३ मा बाबुरालार्इ बिहारकाे राँची स्थित सैनिक क्याम्पमा एउटा विचारगाेष्ठी गर्न लगाएर नेपाल पठाएकाे थियाे। साे गाेष्ठिमा अतिथिका रूपमा झलनाथ खनाल, पद्मरत्न तुलाधर, भरतमाेहन अधिकारी, निर्मल लामा, टंक कार्की लगाय थुप्रै व्यक्तिहरू बाेलार्इएका थिए। उनलार्इ त्यसैबेला भारतद्वारा अाफ्नाे मान्छेका रूपमा expose गरिएकाे हाे। स्वयं भारतीयहरूले नपाउने साे सुविधा उपयाेग गरेर नेपाल पसेपछि बाबुराम भट्टराइ विदेशी गुप्तचरका रूपमा विवादीत ऋषिकेश शाहकाे मानव अधिकार संगठनमा संगठित गरिएर प्रशिक्षित गरिएका थिए।

तर,
जानकारी नपाएर हाे वा के कारणले हाे ०४२ सालमा नेकपा (मशाल)काे विभाजन भएर माेटाे र पातलाे मसाल बनेपछि पातलाे नेकपा (मसाल)ले उनलार्इ २०४३ सालमा काड्माडाैं जिल्ला सदस्यका रूपमा राख्याे, जुन कमिटीकाे सदस्य म पनि थिएँ। त्यसै कमिटीकाे सदस्यका रूपमा बरिष्ठ अधिवक्ता सिन्धुनाथ प्याकुरेल, मणी थापा, पूर्व महान्यायाधिवक्ता मुक्ती प्रधान पनि थिए। कमिटीकाे सेक्रेटरीमा हाल बैद्य नेतृत्वकाे माअाेवादीकाे बुद्धिजीवि फाँट हेर्ने हुकुमबहादुर सिं थिए। त्यसैबेला बाबुराम संकास्पद व्यक्ति भएकाे कुरा उठिसकेका्े थियाे, जसकाे यथार्थता अहिले मार्क्सवाद, देशकाे सँस्कृति र इतिहासमाथि उनले सुरू गरेकाे विष बमनका रूपमा प्रकट भैरहेकाे छ। मसालले उनलार्इ संकास्पद गतिविधि देखाएकाे अाराेपमा ०४५ सालतिरै हुनुपर्छ, कार्वाही पनि गरेकाे थियाे। त्यहाँबाट कार्वाहीमा परेपछि उनी विद्राेहकाे नाैंटंकी देखाउँदै प्रचण्डहरूसंग एकता गर्न अाएका थिए।

उनमाथि लागेकाे भारतीय गुप्चरकाे अाराेप माअाेवादी कालभरि पनि जारी रह्याे। कसैले दलिय झगडामा अाफ्नाे फाइदाका लागि मात्र यस्ताे अाराेप उठाउने गरेकाे भएतापनि याे अाराेपमा असत्यता थिएन भन्ने कुरा त्याे बेला नांगाे रूपमा उजागर भयाे, जब सीपी गजुरेल, माेहन बैद्य लगायतका व्यक्तिहरूलार्इ खाेजिखाेजि पक्रने र थुन्ने अभियान चलाएकाे भारतले पार्टीभित्र कार्वाही पर्नासाथ बाबुरामकाे जीवन रक्षाका लागि अभियान चलाउन लगायाे र बाबुराममाथिकाे कार्वाही विनासर्त फुकुवा नगरे नराम्राे हुने चेतावनी दिएर साे कार्वाही फुकुवा गर्न लगायाे।

स्वार्थका कारणले सत्ता सपना र भारतीयहरूकाे चंगुलमा फसिसकेका प्रचण्डले पनि यस्ताे कदम चाल्न बाध्य भए। संगसंगै दिल्ली भ्रमण गएका अाफ्नाे देशकाे परराष्ट्र मन्त्रिलार्इ समेत संगै बस्न नदिएर विप्पा संझाैता गर्ने, नेपालका विमानस्थलहरूमा भारतीय वायूसेनाका टुकडीहरू राख्ने प्रस्ताव श्रीमती मार्फत क्याबिनेटमा लैजान लगाउने यीनै बाबुरामले अाफूसंग अढार्इ कराेड नेपालीहरू छन् भन्दा कसलार्इ हाँसाे लाग्दैन ? उनकाे नयाँ शक्तिमा अटाउने जनता भनेका लैनचाैरले पटकेका रूपमा प्रयाेग गरेका सूचना लेखनदासहरू मात्र हुन्।
Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger