Monday, July 28, 2014

गजल !

(गजलकार: समा श्री)
गजल।समा श्री 
 
याद गर्दै बितेका छन केही मिठा पलहरु 
घरी घरी तड्पाउछन् निश्ठुरीका छलहरु 

थाहा छ त्यो भमरा हो फूलसंग रमाउ'थ्यो 
हाँगा बाटै हराएछन् कलिला ति फलहरु


आँशु धुँन्छु भन्दै थिएँ मिर्मिरे त्यो हुनु अघि 
अलपत्र भए कति अन्जुलीमै जलहरु 

जोस देख्थेँ अंगालेर उडाइलाने हो कि भनि
श्रावणमै सुक्दा रै'छन् खहरेका भलहरु