Home » » मरे पछी ओखती गर्ने चलन ठिक हैन !

मरे पछी ओखती गर्ने चलन ठिक हैन !

Written By खांट्टी कुरा on Thursday, July 24, 2014 | July 24, 2014

बिगत केही दिन दिन देखि नेपालको सबै संचार माध्यमहरुमा 'तरकारीमा अत्याधिक बिषादीको प्रयोग' भन्ने शिर्षकले छायको छ ! यो खबर हाल संचार माध्यमहरुमा आएर जति दिन प्रतिदिन बहसको रुप लिंदैछ त्यो हालै मात्र घटेको घटना भने पक्कै पनि हैन ! 

केहि वर्ष अगाडी नेपालको सुदुर पुर्बको सुनसरी जिल्लामा कृषकहरुले महेन्द्र राजमार्गमा 'पर्बल' (तरकारी) छरपस्ट पारे ! पर्बल लगायत अन्य सिजन अनुसार तरकारीको खेतीमा सुनसरी जिल्ला अब्बल मानिन्छ ! त्यस्तै काभ्रे जिल्लाको पाँचखालमा पनि त्यस्तै घटना देखियो !

अत्यधिक उत्पादन अनि समयमै तरिका बजारमा पुर्याउन नसक्दा किसान द्वारा तरकारी राजमार्गमा फ्याँकिएको देख्दा संचारकर्मीले जिज्ञासा राख्दै सोधे 'यसरि फाल्नु भन्दा त बरु बस्तुलाइ दिएको भए हुन्थ्योनि' ! संचारकर्मीको यस्तो जवाफमा किसानले कुनै लाज सरम र संकोच नै नमानी जवाफ दिए 'यो तरकारी हाम्रो बस्तुलाई खुवाएर बस्तु मार्नु छ र ? कुरो बुझ्दा तरकारीमा अत्याधिक बिषादीको प्रयोग गरिएको रैछ तर त्यस्तो कार्यमा रोकथाम गर्ने अनि कृषकलाई त्यस्तो गर्नु हुन्न भनेर सम्झाउने देखि बुझाउने सम्म कोहि कसै बाट भएन ! तै चुप मै चुपमा यो घटना त्यसै सेलाएर गयो !
(साभार:सेतोपाटी बाट)

कालिमाटी अर्थात देसको राजधानीको मुख्य तरकारी संकलक तथा बितरण केन्द्र ! कालिमाटीमा स्वदेस देखि बिदेससम्म बाट तरकारी देखि फलफुल एवं माछा मासु सम्म ल्याएर संकलन को साथै बिक्रि वितरण सम्म गरिन्छ भने उक्त स्थानमा कृषि मन्त्रालय देखि बाणिज्य बिभागले समेत प्रत्यक्ष अनुगमन गर्ने गरेको छ !
हेर्दा ताजा, हरियो, चिल्लो तथा आकर्षक देखिने राजधानी भित्रिएको तरकारीमा बिषादीको आउने देखि उक्त तरकारी देखि फलफुल सम्मको प्रयोग गर्दा उपभोक्ता बिरामी पर्न थालेसी सरकारले जब तरकारी देखि फलफुल सम्ममा अनुगमन तथा जांच पड्ताल गर्दा तरकारीमा अत्याधिक बिषादीको प्रयोग र उक्त तरकारी देखि फलफुल सम्म मानव मात्र नभएर पशुपंक्षी सम्मले प्रयोग गर्नु हुन्न भन्ने थर हुना साथ त्यस्ता तरकारी तथा फलफुलको आयातमा जब प्रतिबन्ध लाग्न थालियो तब पिडित किसानहरुबाट छुट्टै बहसको बिषय निस्किन सुरु भयो !

१.      तरकारीमा बिषादी प्रयोग गर्नु हुन्न भने कृषि मन्त्रालयको प्राबिधिक बाट यस तर्फ किसानहरु लाई सचेत किन गरईयेन ?

२.      तरकारी देखि फलफुल मात्र नभएर खाधान्न उत्पादनमा कृषिको प्राबिधिक बाट निरन्तर अनुगमन किन भएन ?

३.      परम्परागत खेति प्रणालीलाइ सुधार गरि अर्ग्यानिक खेति गर्न किसानहरु लाई प्रोत्साहन किन गरिएन ?

४.      किसान द्वारा हाल उत्पादन गरिएको तरकारी, फलफुल देखि अन्य खाधान्न प्रयोग गर्न नमिल्ने हो भने त्यसको क्षतिपूर्ति भरपाई सरकार द्वारा   हुन्छ  कि हुँदैन ?

माथि उठाईएको चारै बुँदाहरुलाई अध्ययन गरेर हेर्ने हो भने किसानहरुले उठाएको बिषय अत्यन्त सान्दर्भिक छ ! देसमा बिषादी भित्र्याउने, वितरणमा अनुगमन एवम किसानलाई सर सल्लाह दिने देखि प्रयोग गर्ने तरिका सम्मको जानकारी दिने काम सरकारी निकाएको हो भन्ने जानकारी हुँदाहुँदै पनि यस्ता गम्भीर घटनामा किन खेलाँची गरियो ? कृषि मन्त्रालय अन्तरगत रहेर काम कार्य गर्ने कृषि प्राबिधिकहरुको कामको अनुगमन हुन्छ भने यस्तो घटना किन र कसरि भयो भनेर सरकारी निकायले छानबिन गर्ने कि किसान नै दोषी हो त्यसैले यस्ता तरकारी प्रयोगमा रोक लगाउनुनै उचित हुन्छ भनेर कालिमाटीको तरकारी बजारमा बसेर आदेस मात्र गिराउने हो ?

भविष्यमा यस्ता घटना पुन: दोहरिन नदिन तरकारी, फलफुल देखि खाधान्न लगाएत मासु माछामा समेत व्यापक अनुगमन हुनु जरुरि छ भने त्यसको साथ साथै सरकारले संचार माध्यम देखि कृषकलाई भेला जम्मा गरेर बिषादीको प्रयोग र त्यस बाट हुने हानि नोक्सानीको बारेमा किसान संग अन्तरक्रिया, छलफल देखि अर्ग्यानिक खेतीमा प्रोत्साहन हुनु पनि उत्तिकै जरुरि भई सकेको छ भने बिदेसबाट आयात हुने सम्पूर्ण खाधान्न, तरकारी  फलफुल देखि माछा मासुमा समेत कडा चेक जांच हुनु जरुरि छ किनभने बिदेसबाट आउने चिजबस्तु सबै बिषादीमुक्त छ भन्ने कुनै ग्यारेन्टी छ र ? त्यसैले 'मरे पछी रुवाबासी गर्दै बाच्छकि भन्ने आसमा ओखती' गर्ने परिपाटी देखि संस्कारको पूर्ण निषेध हुनु अत्याधिक जरुरि छ ! 
..
क्राईम चेक साप्ताहिकको मिति २०७१ श्रावण ८ गते बिहिबारको अंकमा प्रकाशित !
(स्थानाभावले पत्रिकामा तस्बिर प्रकासित गरिएको छैन)
-janakdangol@gmail.com

Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger