कबी दिल निसानी मगर तस्बिर साभार सेतो पाटि बाट |
कबि दिल
निसानी मगर ! घर पस्चिम अर्थात धौलागीरी ईलाका ! परिचय भएको छैन तर फेसबुकमा मित्रता आदान प्रदान
मात्र ! मित्रको कबिता देखेर नै मैले मित्रताको हात बढाएको ! काम के गर्नु हुन्छ के गर्नु
हुन्न, हिजो के गर्नु हुन्थ्यो के गर्नु हुन्थेन त्यो
मेरो चासोको बिषय पनि भएन किनभने आर्काको निजि जीवन माथि सल्यक्रिया गरिनु उचित पनि हैन र
सोधखोज भएमा आदान प्रदान चैँ हुन
सक्छ !
नेपालको
राजनीतिक पार्टीलाई हेर्ने हो भने अहिले चर्चामा रहेको पुर्ब राजा तथा पंचायत समर्थक बाहेक धेरै
पार्टीहरु हत्या र हिँसाको राजनीति गरेर आएका हुन ! ससस्त्र संघर्ष देखि बम काण्डमा भाग लिएको
नेपाली कांग्रेस अग्र पंक्तिमा पर्छ ! हालको
एमालेहरु झापाको नक्सली काण्डले परिचित थिए ! ब्यक्ति हत्या गर्नेमा यो पार्टी
दोश्रो नम्बरमा पर्छ ! तेश्रोमा नेपाल मजदुर किसान पार्टी,जुन पार्टीका वर्तमान अध्यक्ष क.बिजुक्छेले २०४५
सालको भूकम्पको बेलामा भूकम्प पिडितलाई
राहत बाँडन गएका तत्कालिन पंचायती माननीय कर्ण प्रसाद ह्याजुलाई जनता उठाएर कुटपिट र छाताले
घोची घोची दिन दहाडै निर्मम
यातना दिएर हत्या गरेका थिए भने त्यस पछीको माओबादी बितण्डा अनि शान्ति सम्झौता पछिको मदेस
आन्दोलनको बयान त झन के गराई भो ! अझै पनि राजनीतिक पार्टीको आडमा व्यक्ति हत्या गर्ने देखि धन
सम्पति कब्जा र चन्दाको नाममा नगद लिने आतंक कार्य
रोकिएको छैन !
हत्या र
हिंसा अनि जातीयताको दुहाइ दिंदै जनता भड्काउने पार्टीहरुको राजनीति मलाई मन पर्दैन र त्यस्ता
राजनीति गर्नेको म घोर बिरोधिमा पर्छु ! मैले त्यस्ता पार्टी र ति पार्टीका शिर्ष नेता देखि
कार्यकर्ताहरुको बिरोध गर्ने कार्य
अझै अनि छोडेको छैन र जब सम्म तस्ता कार्य गर्न देखि उक्स्याउन छोड्दैनन तब सम्म मेरो बिरोध
जारिनै रहन्छ भलै मलाई जे जुन सुकै नामले उपमा दिउन मलाई केहि फरक पर्ने वाला छैन !
कुनै एक
बिषयमा टिप्पणी गर्ने समयमा मित्र कबि दिल निसानी मगरले मलाई ‘पागल’ को उपमा दिंदा मैले त्यसलाई ठट्टा
गरेको होला भनेर ध्यान दिईन ! दोश्रो पटक पनि त्यस्तै गरि ‘पागल’ को उपमा दिंदा मैले कारण जान्न
खोजे तर न जवाफ दिए न भन्न नै छोडे ! यस्ता मान्छेको संगत गर्नु ठिक छैन भनेर मैले मेरो फेसबुकको
लिस्ट बाट तिनलाई हटाउना साथ एक दिन माओबादी नेता
अर्थात क.मोहन गोपाल बैद्य र सो पार्टीको बिरोध किन गरिस भन्ने आसयको जवाफ पाईयो तर पनि तिनले
मलाई ‘पागल’ भन्न चैँ छोडेनन र अन्तिममा मैले
तिनलाई मेरो वालमा निषेध नै गर्नु पर्यो !
एक दिन
सामाजिक संजाल फेसबुकमा दिल निसानी मगरले पोस्ट गरेको कविता ‘बेस्या’ शिर्षक पोस्ट र सेयर भएको रहेछ !
केहि मित्रको वालमा त्यो देख्ना साथ मैले ‘दिल निसानी मगर’को कविता उत्कृस्ट छ तर राजनीतिक सोच चैँ घटिया छ भनेर प्रतिक्रिया दिए ! तिनले जवाफ
दिए दिएनन त्यो मलाई चासोको बिषय पनि भएन किनभने जब मित्रता नै तोडे पछी के को वास्ता गराई
भो र !
आज मिति
२०७१ साल श्रावण ७ गते बुधबार नेपालको चर्चित अन लाईन पत्रिका सेतोपाटिमा कबि दिल निसानी मगरले
ने.क.पा ड्यास माओबादी पार्टीका अध्यक्ष क.बैद्य लाई बडो आक्रामक तरिकाले प्रस्न सोध्नु भएको
रहेछ ! हेर्नुहोस http://setopati.com/blog/14663/?fb_action_ids=628962443877791&fb_action_types=og.comments&fb_source=aggregation&fb_aggregation_id=288381481237582
सेतो पाटी ! उनलेसोधेको प्रस्नको मुनि मैले
प्रतिक्रिया पनि दिएको छु !
अब प्रस्न
गर्ने मेरो पालो कबि दिल निसानी मगरलाई ! २००७ साल भन्दा अगाडी देखिनै नेपालमा जुन ससस्त्र
देखि निसस्त्र क्रान्ति भयो त्यो क्रान्तिले देस र जनतालाई के दियो ? कम्युनिस्टको रातो किताब घोक्न
नेपालमा आधिकारिक रुपमा २००६ साल देखि सुरु
भएको हो ! सुरुमा सहाना/साधना प्रधान देखि अन्य केहि महानुभावहरु बाट जन्माईएको कम्युनिस्ट
नामको राजनीतिक पार्टी आज किन र कसरि ३ दर्जन
भन्दा बढी हुन पुग्यो ? २०५२ सालको कथित जनयुद्धमा तपाईले पनि भाग लिनु
भएको रैछ त्यो कुरा तपाईको लेखाई बाट पुस्टि हुन्छ ! जनयुद्धको दौरानमा के के
भयो के के भएन त्यो बेली बिस्तार गर्नु जरुरि छैन किनभने भोगाई र देखाई म जस्तै करोडौ करोड
नेपालीले भोगी सकेको छ र अझै पनि
भोग्दैछन !
हिजो आफ्नै
देसको सेना र प्रहरीलाई दुस्मनको बिल्ला भिराएर ज्यान लिन र दिन पछी नपरेको कुरा पनि के मैले
बताउनु पर्ला र ? हिजो क. प्रचण्ड जति पुजनीयथ्यो शान्ति सम्झौता पछिको
स्थितिपछी तिनै ब्यक्ति कसरि दानब भए र बनाईए त्यो पनि आफ्नैहरु बाट ! जब क.प्रचण्डले गरेको
देस, जनता र आफ्नैहरु माथिको धोका र षडयन्त्र बुझ्न
नसक्नेले पछी फेरी के पाउछौ र के दिन्छन भनेर क.बैद्यलाई समर्थन गर्नु भयो ?
भोको पेटले
क्रान्ति गर्न सकिदैन ! त्यहि बुझेर लाखौ नेपालीहरुको हुलमा परदेस भासिनेमा म जस्तै गरि तपाई
पनि पर्नु हुँदो रैछ ! परदेसबाट छुट्टीमा घर तपाई जसरि जानु हुन्छ म पनि त्यस्तै गरि जान्छु !
अस्ति, हिजो र आजको त्यो दृश्य देख्न नसकेर आज तपाई
आफ्नै जन्मदाता (तपाईले क.बैद्यलाई ड्याडी भन्नु हुन्थ्यो) प्रति आक्रामक हुन बाध्य हुनु भयो ल
भन्नुस मित्र तपाईले मलाई दिनु
भयको पटक पटकको ‘पागल’ को उपमा जायज रैछ कि नाजायज भने
अवसरबादी, देस द्रोही निमकहराम नेताहरुको पछी
लागेर आफ्नो जवानी र उर्जासिल समय बर्बाद गरेर अन्तिममा मुग्लान भासिन बाध्य हुने तपाई ‘पागल’ कि म ‘पागल’ जवाफ दिनु भए आभारी हुने थिए !
तपाइले
सेतोपाटीमा क.विप्लबको बारेमा जुन धारणा लेख्नु भाको छ त्यो अझै पनि गलत छ किनभने विभिन्न
सक्तिकेन्द्र धाउनेहरु रास्ट्रबादी नेता हुन सक्दैन र क.विप्लब स्वयमले एक दिन “हो मैले ‘र’ को नेतालाई भेटेको हो भनेर दिएको बयान नेपालको सबै पत्रिकामा
कुनै दिन छापिएको थियो भने अझै पनि जुन क्रान्तिको सपना देखाईएको छ त्यो सपना देखाउनेहरु
भनेका आफु शक्तिमा पुग्नलाई पुन: दोश्रो क.प्रचण्ड
बन्दैछन र तिनले देखाएको सपना देख्नेहरु भनेका चैँ माहापागलहरुको जमाते हुन ! देसले अब
क्रान्ति धान्न सक्दैन र फेरी पनि
क्रान्ति गर्नु भनेको देसमा गृहयुद्ध निम्त्याउनु हो भने यस्ता कुराहरु बुझ्ने र नबुझ्ने त्यो
व्यक्तिको सोचाईमा भर पर्छ र पछी पुन: आलाप बिलाप भरिएको प्रसस्ती सुन्नु भन्दा बेलैमा होस्
पुर्याएको राम्रो हैन र ?
..
-janakdangol@gmail.com