निजामती कर्मचारी र
पुलिसले जनतालाई दुख दियो, घुस खायो, तस्कर सीत मिलेर राजस्व घाटा गर्यो आदि आदि इत्यादि ! दैनिक जसो जनताको
मुखबाट निस्किने उद्गार हो यो भने यस्तै आसयको समाचारले सबै खाले पत्रपत्रिकाहरु
दिनहुँ रंगिएको हुन्छ !
नेताहरुको कठालोमा
समातेर यो प्रश्न सोध्ने हिम्मत गरुन पैला ! रास्ट्र सेवक निजामती देखि प्रहरी
कर्मचारीहरुले घुस किन खायो ? यदि खाएको हो भने तिनीहरु माथी किन
कारबाही गरिएन ?
तर नेताहरुले जवाफ
दिन सक्दैनन किनभने २०४६ साल पछी अधिंकास हिजो पार्टीका झोला बोक्ने झोले देखि
तिनका आसेपासे र आफ्ना मतदाताहरुलाइ निजामती देखि प्रहरी सम्ममा भर्ना गर्न
भ्याएका छन !
|
(तश्विर : फेसबुक बाट साभार) |
नेपालीले निमकको सोझो
गर्छन ! कहिले पनि निमक हराम गर्दैनन ! यो बंशाणूगत हो र यसैको फाइदा लिएर गोरा
बिस्व बिजेता भयो ! बिदेसमा काम र दाम देकाछन ! अहिले पनि बिदेसा नेपाली भनेसी काम
दिन्छन ! यहि फाइदा कांग्रेस देखि कम्युनिस्ट सम्मले पनि मज्जैले उठाएका छन !
२०४६ साल भन्दा अगाडी
सम्म सुकेनासले भेट्या त्यो ज्यानहरु आज बम पाउरोटी जस्तो चिल्ला र पुक्क भाका छन
! हेटौडामा बनेको हात्ती छाप चप्पल लाउने त्यो ज्यानले आज बिदेसी महंगा जुत्तामा
पाउ कस्ट गर्छन ! करोड भन्दा घटीको महलमा बस्दैनन !
करोडको महलमा बस्न र
सोहि अनुसारको लवाइ ख्वाई गर्नलाइ देस र जनता लुट्न पर्छ र त्यो काममा तिनका
हनुमानहरुले मज्जैले साथ दिएको छन ! आफ्ना मणिप्लान्टको जरा उखेलेर फाल्न के
तिनीहरुलाई बहुला कुकुरले टोकेका छन ?
जनताहरु बिरोध गर्दै
गर्छन ! बिरोध गर्ने जनताको नैसर्गिक अधिकार हो ! बिरोध गर्न, बोल्न, ताल परेको खण्डमा
आगजनी देखि तोडफोड गर्न दिन्छ्म भनेर कबुलेका छन ! सरकारी सम्पति नासिउन या भासिउन
तिनका पुर्ख्यौली बिर्ता हैन क्यार ! तिनलाई के को टाउको दुखाइ !
लेखाइ एकदम निम जस्तै
कडा छ ! यस्तो हुनुमा म नेता र तिनका हनुमानहरुलाई पटक्कै दोष दिन्न ! दुध खुवाएर
पालेको साँप भन्ने जान्दाजाँदै पनि पटक पटक जिताएर त्यो ठाउँमा पुर्याउने जनता
दोषी कि राज्य खोक्रो पार्ने पार्टीका नेताहरु दोषी ?
बोल्न पाएनौ भनेका
हैनौ ? बोल्न दिएका छननि मज्जाले तर बोलेर मात्र पेट भर्छ ? छात्तिमा हात राखेर भनम त के दियो २०४६ साले प्रजातन्त्र देखि ६३ साले
गणतन्त्रले देस र जनताहरु लाई ?
हिन्दिमा एउटा उखान छ
'आ बैल मुझे मार' भन्ने अर्थात 'आइज साँढे मलाइ हान' ! जानाजानी 'साँढे' जन्माएर, पालेर, हुर्काएर बढाएसी आज आएर 'साँढे' ले हानेर रगतपच्छे बनायो भनेर 'गोही' रोदन गर्ने कि राज्य
र जनताको रगतले मोटाएर उन्मत्त भाको ति साँढेहरु लाइ समातेर कान्जीहाउसमा लगेर
थुन्ने ?
~janakdangol@gmail.com
मन पर्छ भने www.facebook.com/khattikuro लाइ LIKE गर्नुहोस !