(पुर्व राजा ज्ञानेन्द्र) |
राजाको शाही कदम पनि बाध्यात्मक अवस्थामा भएको थियो । प्रतिनिधिसभाले काम गर्न सकेन । त्यसपछि राजाले सबैलाई मौका दिनुभएकै हो । शेरबहादुर देउवा, सुर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, एमाले सबै सरकारमा गएकै हुन । उनीहरुले मौका पाएकै हुन । तैपनि माओवादी समस्या समाधान भएन । मुलुकमा झन् झन अराजकता, अशान्ति, हत्या र हिंसा बढ्दै गयो । उता, माओवादीले पनि म सोझै राजासँग बार्ता गर्छु भन्न थाले । त्यसपछि राजाले पनि मुलुकमा शान्ति र अमन चयन कायम हुन्छ की भनेर मलाई पनि मौका देउ भनेर शाही कदम चाल्नुभएको हो ।
राजाले आफै कार्यकारी भएर शासन चलाउन थालेपछि निश्चय नै केही कमजोरी भए । विदेशी मित्रहरुलाई बुझाउने मामलामा केही कमजोरी भएकै हो । जनतालाई पनि सही कुरा बुझाउन नसकेकै हो । मिडिया जति सबै राजाप्रति पूर्वाग्रही भए । त्यस्तोमा राजामाथि चौतर्फी दबाब प¥यो । त्यसपछि राजाले सात दल र माओवादीकै सहमतीमा संसद पुनस्र्थापना गर्नुभएको हो । राजाले आफ्नो घोषणामै अब मुलुक सात दलकै मार्गचित्र बमोजिम चलोस् भन्नुभएको जगजाहेरै छ ।
त्यसबेला राजा र दलहरुबीच संवैधानिक राजतन्त्र राख्ने भनेर सम्झौता भएकै हो । भारतका एकजना वरिष्ठ नेता त्यसको साक्षी छन् । राजा, सात दल, माओवादी, विदेशी मित्रहरु सबैको रोहबरमा राजतन्त्र नहटाउने सम्झौता भएपछि राजाले वैशाख ११ गतेृ प्रतिनिधिसभा पुनस्र्थापना गर्नुभयो । राजाबाटै संसद पुनस्र्थापना भयो, राजाबाटै गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री नियुक्त गरियो, राजा सामु नै गिरिजावावुले सपथ खानुभयो । सम्झौता नभएको भए त्यस्तो हुन्थ्यो र ?
तर, पछि बेइमानी भयो । राजाबाट पुनस्र्थापीत संसदले नै उहाँको अपमान गर्न थाल्यो । राजनीतिक बेइमानी भयो । यो कुरा जनताले पनि बुझेका छन् । दलहरुले असंवैधानिक तवरले गणतन्त्र घोषणा गरे । यत्रो २५० वर्ष पुरानो एउटा नेपाली धरोहर, नेपाली सम्पदा र नेपाली मौलीक संस्कृतिसँग जोडिएको संस्थालाई एकाएक जनताको आम राय नलीइकन हठा्त हटाउने काम भयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राजतन्त्रको पक्षमा अडिग छ । हाम्रो मान्यता छ, नेपालमा राजतन्त्र गएकै छैन । नेपाली जनताले राजतन्त्र हटेको कुरामा विश्वास गरेकै छैनन । राजतन्त्र फेरी पुनस्र्थापीत हुने संभावना जिवितै छ । काँग्रेस, एमाले र एमाओवादी पाँच छ वर्ष बितिसक्दा पनि गणतन्त्र संस्थागत गर्न सकेका छैनन । अनी यी दलहरुको आपसी खिचातानी, सत्ता संघर्ष र तुच्छ स्वार्थमा अलमलीने रवैयाका कारण यीनले गणतन्त्र संस्थागत गर्लान भन्ने विश्वास पनि कसैमा छैन ।
आखिर गणतन्त्र आएर नै के भो खै ? महंगी बढेर विकराल अवस्थामा पुगेको छ । बेरोजगारी व्यापक मात्रामा बढेको छ । सरकारले पेट्रोल, पानी, दुधको मुल्य बढाएर जनताको ढाड सेकेको छ । गणतन्त्र आयो भनीएपछिका दिनमा मुलुकको सार्वभौमसत्ता, अखण्डता र अस्मितामा सबैभन्दा बढी संकट आएको छ । विदेशी चलखेल बढेर हाम्रो मुलुक एउटा ‘गिनी पिग’मा परिणत भइसकेको छ ।
राजतन्त्र भएकै कारण मुलुकले उन्नती गर्न नसकेको भन्ने दलहरुको तर्क त प्रमाणीत भएनन नी । हिजो राजतन्त्र भएको बेलामा जनताले दुःख नपाएको हैन । राजतन्त्रमा कमी कमजोरी थिए । तर अहिले गणतन्त्र आएपछि त त्यसबेला भन्दा चौखण्ड सास्तीजनताले पाइरहेका छन् । राजतन्त्रमा भन्दा चौबर भ्रष्टाचार अहिले भएको छ । सुडान घोटालादेखी कुरा हामीले सुनेकै हो । भनेपछि समस्या राजतन्त्रमा हैन रहेछ भन्ने त स्पष्ट भयो नी ।
यो कुरा जनताले बुझेका छन् र ढिलो चाँडो राजतन्त्र फर्कन्छ भन्नेमा उनीहरु ढुक्क छन् । यसो भन्दैमा अब शक्रिय राजतन्त्र फर्कने हैन । कुनै न कुनै रुपमा राजतन्त्र मुलुकमा चाहिन्छ । कस्तो खालको राजतन्त्र कायम गर्ने ? सेरोमोनीयल, सांकेतीक वा सांस्कृतीक भन्नेबारेमा छलफल गर्न सकिन्छ । दलहरुले गणतन्त्र संस्थागत गर्न सक्नेछैनन । संविधान लेख्नेबेलासम्म मुलुकको परिस्थितिमा धेरै परिवर्तन आउनेछ । राजा फर्कीने संभावना बढेको छ ।
राप्रपा नेपालले राजा ज्ञानेन्द्रसँग कुनै सल्लाह गरेर राजतन्त्रको लाइन लिएको भने हैन । राजासँग मेरो खासै भेट पनि हुँदैन । कुनै पार्टीमा सहभागी हुँदा भेट हुनुबाहेक हाम्रो खासै भेट हुँदैन । म त्यसरी भेटन पनि जान्न । राजतन्त्र हाम्रो आस्थाको कुरा हो । हामी आफ्नो आस्थाले प्ररित भएर यसमा अडिग भएका हौं । यहाँ गणतन्त्र ल्याउने दलले राम्रो काम गरेको भए हामी पछि पथ्र्यौ होला । तर उनीहरुले सही काम गरेनन, नेपालमा गणतन्त्र अफाप भएकै कारण गएको निर्वाचनमा हाम्रो पार्टीले सफलता हासील गरेको हो । यसबाट पनि जनता राजतन्त्रको हाम्रो लाइनको पक्षमा छन् भन्ने बुझिन्छ ।
छिमेकी मुलुक भारतमा नरेन्द्र मोदीको लहर आएको छ । त्यसो भन्दैमा मोदीले नेपालमा राजतन्त्र फर्काइदेलान भनेर हामीले आश गरेको होइन । नेपालमा जनताको चाहना, हाम्रो आफ्नै नीति, शक्रियता र संकल्पका आधारमा राजतन्त्र स्थापीत हुने हो । हामी आफ्नै बर्कतले राजतन्त्र स्थापीत गर्छौं । हो, छिमेकमा मोदी आउँदा हिन्दुत्वका पक्षमा माहौल भने सिर्जना भएको छ । हामीले अंगीकार गरेको हिन्दुत्वको विचारलाई १ अर्ब २५ करोड जनसंख्या भएको भारतले अनुमोदन गरेको छ । निश्चय नै त्यसबाट हामीलाई हौसला प्राप्त भएको छ ।
निश्कर्षमा भन्नुपर्दा नेपालमा कुनै न कुनै ढंगको राजतन्त्र स्थापीत हुने र नेपाल हिन्दु राष्ट्र हुने संभावना प्रवल छ । त्यसले नै मुलुकको सँकटको हल गर्नेछ र नेपाल राष्ट्र र नेपाली जनतामा एकता कायम गर्नेछ ।
(राप्रपा नेपालका नव निर्वाचीत उपाध्यक्ष राजीव पराजुलीसँग कुसुम भट्टराईले गरेको कुराकानीमा आधारित)
- See more at:
http://www.ratopati.com/2014/05/29/133048.html#sthash.8JP7Cnf4.EIri1XDV.dpuf