Sunday, June 01, 2014

छिमेकीलाइ अनुरोध !

(साभार:गुगल बाट)
घरमा सौचालय छैन ! हामि गरिब मान्छेहरुको त्यो बनाउने औकात पनि छैन ! सौच गर्न जाने भनेकै खेतबारीमा हो ! यो रहर नभएर हाम्रो बाध्यता हो ! सौच (दिसा) गर्न गएकी हाम्रा १४ र १६ बर्षका दुई छोरीहरु कहिले पनि नफर्किने गरि गए हजुर ! ति पापीहरुलाई कठोर भन्दा कठोर संजाय होस !
माथि लेखिएका शब्दहरु कुनै चलचित्र तथा नाटकको पटकथा हैन ! आज भन्दा ४ दिन अगाडी अर्थात सन २०१४ मे २८ तारिख बुधबारको दिन नेपालको दक्षिणी छिमेकी भारतको उत्तर प्रदेस राज्य, बंदायु जिल्ला कटरा सादतगंज गाउँका १४ र १६ बर्षका दुई नाबालिक केटीहरु घरमा सौचालय नभएको कारणले गर्दा साँझ पख घर नजिकैको खेतमा सौच(दिसा) गर्न जाँदा गाउँकै युवाहरु द्वारा बलात्कारमा परे ! बलात्कारमा पछी बलात्कारिहरुले आफु अपराध बाट जोगिन आत्महत्याको रुप दिनलाई रुखमा झुन्ड्याई दिएर कलिलै अबस्थामा ति दुइ अबोध चेलीहरुले यो धर्तीबाट बिदा लिनु बाध्यतामा परे !
सामुहिक बलात्कार अनि बलात्कार पछिको हत्यामा भारत पनि निकै अगाडी छ ! घटना घटछ तर घटनालाई सकभर दबाउन खोजिन्छ ! जब घटनाले सामाजिक संजाल देखि मिडिया सम्मले उग्ररुपमा प्रस्तुत गर्न थाल्छन तब बहिरो सरकारले हतारमा आयोग बनाउने देखि अन्तिममा उच्च जाँचको लागी केन्द्र सरकारलाइ सिफारिस सम्म गर्ने गर्दछन ! बितेका बर्ष देखि महिनाहरुमा यस्ता घटनामा संलग्न हुने बलात्कारीहरूलाइ मृत्युदण्ड देखि आजिबन काराबास सम्मको संजाय दिएको देखिन्छ तर पनि अपराधमा न्यूनीकरण हुनुको सट्टा अपराध झन् मौलाउंदै गएको देखिन्छ ! किन हुन्छ त यस्तो ?
नेपालको दुवै छिमेकी रास्ट्रहरु उत्तरका चिन देखि दक्षिणका भारतसम्म आणविक सस्त्र अस्त्रले सुसज्जित भै सकेका छन ! बिकासको मामलामा दक्षिण भन्दा उत्तरले तिब्र फड्को मार्दै बिश्वमा दोश्रो स्थान ओगटन सफल भएको छ ! उत्तरको कुनै पनि जघन्य घटनाहरु संचार माध्यममा त्यति छिटो देख्नु सुन्न र पढ्न पाइदैन तर दक्षिणको कुनै पनि घटना घटेको मिनेट नबित्दै ब्रेकिंग न्युज बनेर समाचारमा छाउछ भने सेकेन्डमा सामाजिक संजालमा अपलोड हुन्छ !
नेपालको हरेक आन्तरिक देखि बाह्य सम्ममा दक्षिणको पुरा हस्तक्षेप छ ! सात साले क्रान्ति देखि ६३ साले क्रान्ति सम्ममा भारतको पूर्ण सहयोग छ ! यदि भारतले नैतिक देखि आर्थिक सहयोग नगरेको भए नेपालमा कुनै पनि क्रान्ति सफल हुँदैन थियो भने उसको आर्को छिमेकी बंगलादेसलाइ त उसले सेना नै पठाएर पाकिस्थान बाट स्वतन्त्र गराई देको थियो !
आफ्नो छिमेकीका आफ्नो समर्थनमा रहेका राजनीतिक पार्टीहरुलाई नैतिक देखि आर्थिक सहयोगका साथ सत्ता परिवर्तन गर्न लगाउने अनि आफ्नो बसमा पार्न असिना सरि धन बर्षा गर्नुको साटो भाइचाराको सम्बन्धमा उच्च बिस्वास राख्दै छिमेकीमा गर्ने खर्च आफ्नो देसको आन्तरिक बिकासमा लगाएको भए आज सौचालयको अभावमा ति दुइ छोरी चेलीले अनाहकमा प्राण गुमाउनु पर्दैन थियो !
उत्तरि क्षिमेकी सित भन्दा दक्षिण क्षिमेकी सित नेपालको धार्मिक देखि साँस्कृतिक मात्र नभएर रोटि देखि बेटी सम्मको साइनो छ ! यताको छोरी चेली हरु उता र उताको छोरी चेलीहरु यता बिवाह गर्नु त्यो सदियौ देखिको चलन हो भने सौचको अभावमा नजिकैको खेत खलिहानमा जाँदा बदमासहरुको कुकृत्यमा परेर यताको छोरी चेलीले पनि त त्यो समस्या कुनै दिन भोग्न नसक्लान भन्ने के ग्यारेन्टी छ र !
क्षिमेकीमा जे जे घटछ त्यो यता नेपालका ले पनि टिप्छन र नक्कल उतार्छन ! चाहे त्यो आर्थिक हुन या राजनीति अथवा सामजिक काम हुन वा अपराध ! अपराध चाहे यताका ले गरुन या उताकाले गरुन त्यो अक्षम्यनै हुन्छ भने एक असल छिमेकीको नाताले मित्र देसलाइ यसै लेख मार्फत अनुरोध गर्न चाहन्छु ! छिमेकीमा अस्थिरता फैलाउन खर्च गरिने त्यो अमुल्य धन अबोप्रान्त आफ्नै देसको सुदुर गाउँ देहातको बिकासमा खर्च गरियोस र भविष्यमा सौचालयको अभावमा छोरी चेलीहरुले अनाहकमा मृत्यु बरण गरेको समचार सुन्न नपरोस भन्ने आग्रह गर्दछु ! जब भारत सम्पूर्ण रुपमा सम्पन्न भएर धन संचिति हुन्छ भने मात्र छिमेकीको बिकास कार्यमा लगाउनु होस किनभने आफ्नै देसको गरिब जनताको करको पैसा अन्य देसको अस्थिरतामा खर्च गर्नु पनि एक किसिमको पाप नै हुन जान्छ भन्ने कुरा मनन गरौ !

  • janakdangol@gmail.com