Home » » होस गर नेपाली जनताहरु !

होस गर नेपाली जनताहरु !

Written By खांट्टी कुरा on Tuesday, April 29, 2014 | April 29, 2014

(तस्बिर साभार: गुगलबाट)
पश्चिमा इसाईहरुले एसियाली रास्ट्र दक्षिण साउथ कोरियालाई मुख्य अखाडा बनाएर सम्पूर्ण एसिया महादेस भरिननै ब्यापकरुपमा इसाई धर्म फैलाउदै छन ! नेपालमा हिजो आज छ्यापछ्याप्ती रुपमा धर्म परिवर्तन गराउंदै हिंडेका भर्खरका गोरी सुन्दरी कोरियन केटिहरु भेटिनु त्यसैको परिणाम हो !
दक्षिण कोरियाको कथित ईसाई धर्मगुरु भन्नेको ता बासनै काठमाण्डौमा छ भने त्यो कामलाइ पूर्णरुप दिन राजनीतिक पार्टी 'परिवार दल' खोलेर त्यसमा पुर्ब गणतन्त्रे मन्त्रि एकनाथ ढकाल भन्ने लागेका छन र बिदेसिको कृपाले गर्दा तिनी नेपालको मन्त्रि बन्न समेत सफल भै सकेका छन !
हिजो पंचायतको पालामा नेपालमा बिदेसी धर्म परिवर्तनमा कडाइका साथ रोक लगाइएको थियो ! बिदेसीलाई यो काम सह्य नभएर नेपालका राजनीतिक पार्टीलाई धन दौलत देखि समर्थनको लोभ लालच समेत दिएर पंचायती ब्यबस्था फाल्नलाई आन्दोलन गर्न लगाए ! राजनीतिक पार्टीले जनता भड्काए, उचाले ! आन्दोलन सफल पनि भयो र पंचायती ब्यबस्था बर्खास्त पनि गरे तर यो चौबिस बर्षमा जनताले के पाए ? नतिजा सबैलाई देखि भोगी सकेका छम !
पंचायत ब्यास्था किन फाल्न लगाए भन्ने कुराको चासो कसलाई छ र नेपालमा ! नयाँ नेपाल बनाइ देका छ्म भनेसी सप्पै मक्ख छन र यो नया नेपालले एक दिन आफ्नै देसमा सरणार्थी बन्ने दिन आउंदै छ र त्यो दिन पुर्पुरोमा हात राखेर बस्नुको अर्को कुनै बिकल्प छैन ! हेर्दै जानु होला ! त्यो दिन टाढा छैन तर सम्पूर्ण देसबासीहरु एक जुट भएर पुराना गल्ति सच्याउने हो भने समस्यालाइ रोक्न सक्छौ र त्यसको लागी आँट गर्न सक्नु पर्दछ !
मुस्लीम बहुल रास्ट्र हो मलेसिया र यो एसियाको दक्षिण पुर्बी भागमा पर्छ ! याहाँ पनि ब्यापकरुपमा क्रिस्चियन धर्मको प्रभाव फैलिंदैछर यस्तो धर्म परिवर्तनको यो कामलाइ दक्षिण भारतीय र चिनियाँ आप्रबासीहरुले फैलाउंदैछन ! बिभिन्न लोभ लालच दिने देखी  दक्षिण कोरियाको भ्रमणमा समेत लैजाने गर्दा रैछन ! परार साल स्थानीय मलायुहरुले सहन नसकेर राजधानी कुवालाल्म्पुरमा रहेको चर्च समेत तोडफोड गरे तर वर्तमान सरकारले धार्मिक सद्भाव बिग्रेला भनेर चर्चको मर्मत गरिदियो !
जब स्थानीय केहि प्रतिसत जनता देखि सत्तामा रहेका राजनेता र त्यो पार्टीका केहि व्यक्तिहरु चरम लोभ लालचमा पर्छन त्यस पछी त्यो देस बिस्तारै अधोगतिमा जान्छ भन्ने कुरा हाम्रा छिमेकी रास्ट्र भारत, पाकिस्थानलाइ हेरे पुग्छ भने नेपालको त झन के कुरा गराई भो र चौबिस बर्षमा देखि भोगी सकेको कुरालाई के बयान गर्नु !
होस गर नेपाली जनता हो गाउँ गाउँ टोल टोलमा लोभ लालचमा परेर इसाई धर्म धारण गर्दै चर्च खोल्ने होडबाजीमा लागेका छौ त्यसले गर्दा एक दिन एउटा हातमा आँसु र आर्को हातमा भातको गाँस होला !
उखानै छ नि नेपालमा


अगी रांड जानिन
पछी रांड मानिन
बाघ लाग्यो घिच्याउन
रांड लाग्यो चिच्याउन
पेज मन पर्छ भने www.facebook.com/khattikuro लाइ LIKE गर्नुहोस !

बि.स.२०७१ साल बैसाख १६ गते मंगलबार,
©जनक मान डंगोल janakdangol@gmail.com
Share this article :

1 comment:

  1. सहि कुरा लेख्नु भएको छ !

    ReplyDelete

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger