२०५२ सालमा जनयुद्ध संचालन गर्नु भन्दा पहिला स.ज.मो नेपालबाट ४४ बुंदे माग देउवा सरकारलाइ बुझाइएको हो ! जनयुद्द सुरु भये पछी मात्र ने.क.पा माओबादी भन्ने भूमिगत कम्युनिस्ट पार्टी देखियो र त्यो पार्टीको १ नम्बरी नेता भनेर हस्ताक्षर सहित क.प्रचण्ड भनेर देखिन सुनिन आयो !
क.प्रचण्ड भनेको को हो ? पुष्प कमल दाहाल भन्ने कुन व्यक्ति हुन ? भनेर बिस्तृत शान्ति सम्झौता हुनु भन्दा अगाडी सम्म १/२ जना गिने चुनेको व्यक्ति बाहेक अरु कोहि कसैलाई थाहा थिएन !
कास्की जिल्ला बाट चितवनमा सपरिवार बसाइ सरेका व्यक्ति त छबिलाल दाहाल हुन ! स्कुल कलेज देखि मास्टरी पेसा सम्ममा छबिलाल दाहाल भनेर लेखिए पछी सरकारी मान्यता प्राप्त सबै कागजातमा त्यहि नाम नै हुनु पर्छहैन छ !
कम्युनिस्टहरुको प्राय भूमिगत हुँदा छद्म नाम राख्ने गर्छन तर सान्ति वार्ता वा राजनितिक परिवर्तन पछी सक्कली परिचयमा आउछन ! नेपालका सबै कम्युनिस्ट नेताहरुले त्यहि नै गरेका छन ! गुरु क.बैद्य र चेला .प्रचण्ड बाहेक अरु सबै सक्कली नामनामेसीमा छन !
सक्कली नाम प्रयोग नगरी नक्कली नाम बाट आजको मिति सम्ममा देखिने क.प्रचण्ड अथवा क.पुष्पकमल दाहाल भन्ने एमाओबादी पार्टीको अध्यक्ष भन्ने बुझियो तर छबिलाल दाहाल चैँ को त ?त्यस्तै क.बैद्य भनेको को हो ?
भोलि कानूनी घोडा चलाउँदा म क. प्रचण्ड पनि हैन, म क.पुष्पकला दाहाल पनि हैन ! मेरो नाउँ छबिलाल दाहाल हो नपत्याय लौ हेर भनेर स्कुलको प्रमाण पत्र देखि कलेज सम्म अनि तत्कालिन श्री ५ को सरकारले देको जागिरको नियुक्ति पत्र र निलो बाक्लो गाता भाको नेपाली कागजमा हस्तलिखित प्रमाणित भाको नेपाली नागरिकताको प्रमाण पत्र पेस गर्दियो भने त्यतिखेर के हुन्छ ? यहि बुहोरा क.बैद्य भन्नेले पनि गर्दिए भने ?
कानूनले न्याय दिंदा पहिला सबुद हेर्छ ! सबुद प्रमाणले यो व्यक्ति फलाना ठाउँ बस्ने फलाना हो भनेर भन्दिएको खण्डमा यतिखेर के हुन्छ ? हस्ताक्षर नक्कली, नाम नक्कली अनि काम नक्कली भाको व्यक्तिले भनेको आँखा चिम्म गरेर पत्याउने अहिलेका सबै नेता देखि तिनकै पार्टीका नेता देखि कार्यकर्ता यो संसारकै एक नम्बरको बेवकुफ हुन कि हैनन ?
कि मैले गलत लेखे ?
अब जवाफ दिने कस्ले ? जवाफदेही हुने को त ?
0 Comments:
Post a Comment