नेपालको कथित नागरिक समाज देखि मानव अधिकार हुँदै राजनीतिक पार्टीको नेताहरुको मुख्य काम भनेको बिदेसिको ईसारामा 'राजतन्त्र'को जरो उखेल्नु थियो ! जुन काम यिनीहरुले गरेर देखाई सके ! अब नेपालमा राजतन्त्र नै नभए पछी किन र कसको लागि बिरोध गर्ने ? आ-आफ्नो भागमा परेको काम सकिए पछी यी सबै अहिले बेरोजगार भएर बसेका छन !
नेपालको जनताको दुख: र दर्दको लागि भनेर यिनीहरुले पार्टी र संघ संस्था खोलेका हुन कि हैनन ? हो भने देस आज किन विभिन्न समस्या समस्यैमा फस्दै गइ रहेको छ ? जनताको दैनिक समस्या भनेको रोजीरोटी हो भने त्यस पछी बती यातायात आदि क्रमसः पर्छ भन्ने कुरा यिनीहरुलाई थाहा छ कि छैन ?
पानि, बत्ति, पेट्रोलियम पदार्थको चरम हाहाकार, खाध्य पदार्थमा अत्याधिक मिसावट हुँदा पनि न जनता बोल्न सक्छन न यिनले केहि गर्न सक्छन भने यो गल्ति कसको ? गल्ति गर्ने हामि जनताहरुनै हौ कि हैनौ ? यिनका चिप्ला र गुलिया भाषणको प्रभावमा परेर पटक पटक ब्यबस्था बदलिएर के पायौ ?
हाम्रो गाम्घरा एउटा चल्तीको उखान छ नि ...
..
अगी रांड जानिन
पछी रांड मानिन
बाध लाग्यो घिच्याउन
रांड लग्यो चिच्याउन
पछी रांड मानिन
बाध लाग्यो घिच्याउन
रांड लग्यो चिच्याउन
..
भन्ने,
सरकारमा बसेकाहरु जानाजानी पेट्रोलियम पदार्थमा मुल्य वृद्धि गर्छन ! देखावटीरुपमा आफ्ना भात्री संघ संघठनलाइ बिरोध गर्न लगाउछन ! "आफै बोक्सी अनि आफै झाँक्री" बनेर देखाउछन ! बिरोध हुन्छ भन्ने पनि थाहा छ नि !जनताको मन जित्न मुल्य घटाउछन वा फिर्ता लिन्छन अनि केहि दिन पछी आपूर्ति बन्द गर्न लगाउछन ! लाज नमानिकन सजिलै संग भन्छन चरम घाटा र बक्यौता तिर्न नसकेर पेट्रोलियम पदार्थको आपूर्ति बन्द भो !
बोनस खाने बेलामा निगम कहिले पनि घाटा देखिन्न त ! यदि निगम घाटा छ भने बोनस कसरि खाइयो र खुवाइयो ? बक्यौता तिर्न नसकेको भन्नु मतलब उधारोमा कारोबार गर्नु हो ! उपभोक्तालाइ उधारोमा तेल बाडेको छ ? पैसा तिरेर पनि आफुले भने जति तेल किन्न पाइदैन भने यो बक्यौता र बोनसको कुरा काहाँ बाट कसरि आयो ? छ कोहि सित यसको जवाफ ?
त्यसैले हुँदो खाँदोको देसको माटो सुहाउँदो पंचायती ब्यबस्था फालेर के पायौ ? नेपाल भनेर बिस्वलाइ चिनाई दिने राजतन्त्र फ्याक्न किन आन्दोलन गरेउ ? जब सम्म यी दुइ कुरामा केन्द्रित रहेर आत्मालोचना गरिदैन तब सम्म देसले कुनै निकास पाउदैन ! बरु देस कुनै दिन सिक्किम झैँ कुनै देसमा गाभिन सक्छ ! गर्न खोजेका नै यहि हो ! नक्कली पहिचान र संघियताको नारा त्यसै लाउन लगाएका छैनन ! बेलैमा सबैलाई चेतना भया ! मरे पछी ओखती गरेर के फाइदा ?
बि.स.२०७१ साल बैसाख ८ गते सोमबार,©जनक मान डंगोल janakdangol@gmail.com
पेज मन पर्छ भने www.facebook.com/khattiuro
लाइ LIKE गर्नुहोस !
0 Comments:
Post a Comment