खै एउटा पर्चा पाम त हजुर - छिमेकी लाल बहादुर दाइको आग्रह !
"त भाते के होस ? बिधार्थी त हैन होलास ! मजदुर किसान के होस ? स्व.रुपचन्द्र बिस्टको हप्काई ! पुन: भने मेरो पर्चा पढ्ने भए त मजदुर/किसान होस् भने २० पैसा ले ! हैन भने उ त्यहा भितोमा टास्देको छु ! त्यहि गएर हेर"
लाल बहादुर दाइ, तामांगको छोरा भए रिसले आगो ! एक त चुनावको बेला भोट माग्न आको छ त्यहि माथि भाते र साते भन्छ ! त्यसको पर्चा पढ्न लाइ मैले उल्टो पैसा दिनु पर्ने ? लाल बहादुर दाइले कड्केर भने, चुनाउमा उठने तिमि, भोट तिम्लाई चाहिने अनि तिम्रो पर्चा पढ्न लाइ मैले उल्टो पैसा दिनु पर्ने ?
त भातेको दिमाग छैन ! दिमाग नभाको भाते सित बहस गरेर सकिन्न भनेर रुपचन्द्र बाटो लागे !
२०३८/३९ सालको घटना हो यो ! स्व.रुपचन्द्र बिस्ट रास्ट्रिय पंचायतको सदस्य पदको लागी चुनाउमा उठेका थिए ! थोत्रो सुन्तला रंगको स्कुटर, आधा लिटरको रंगको बट्टामा गहुको माडा र दुइ इन्चिको ब्रुश, एउटा कपडाको झोला, त्यो झोला बोक्ने उनका सहायक अन्दाजी १३/१४ बर्षको फुच्चे केटा ! स्व.रुपचन्द्र बिस्टको चुनाव प्रचार गर्ने तरिका ! न उनले माइक फुक्दै हिडे न मलाइ भोट देउ भनेर माग्दै हिडे तर उठे र जिते पनि !
अघिलो पटकको संबिधान सभाको निर्वाचनमा गोरखा बाट जितेका एमाओबादी पार्टीका तिन नम्बरका नेता क.नारायणकाजि श्रेष्ठ यसपाली मकवानपुरको ३ नम्बर क्षेत्रमा आएर स्व.रुपचन्द्र बिस्टको प्रतिलिपि गर्दै हिडेका रैछन ! स्व.बिस्ट चिल्ला गाडीमा सुट पाइन्टमा सजिएर हिडेको कहिले पनि देखिएन ! बिकट गाउँमा गएर पहिला गाम्लेको घरा श्रम गरेर त्यस पछी संगसंगै बसेर नुन खोर्सानी र ढिडो खाने स्व.बिस्ट र बासमती खाने काजीको बिचमा तुलना गर्न मिल्छ ? जब तुलना गर्न मिल्दैन भने 'स्व.रुदाने' को नाम भजायेर एमाओबादीक नेता नारायणकाजि श्रेष्ठले रुदानेको गाम्घरा गएर उनैको सिको गर्दै पर्चा त्यो पनि १० रुप्पेमा बेच्दै भोट माग्ने आँट कसरि गर्दैछन ?

No comments:
Post a Comment